
काठमाडौं/ प्रचण्डको ‘नैतिक राजीनामा’ बारे अहिले बजारमा खरो टिप्पणी भइरहेको छ । टिप्पणीहरू निकै तिखा र खरा रहेका छन् । प्रचण्डको ‘नैतिकता’ ले अहिले बजारमा हल्लीखल्ली नै मच्चिएको छ । केही टिप्पणी हेरौँ –
खेम थपलिया लेख्नुहुन्छ –
नेपाल कम्युनिस्ट पार्टीका सयौं नेता–कार्यकर्तालाई पक्रेर जेल हाल्ने, सयौंलाई झुट्ठा मुद्दा लगाउने, मध्यरातमा धरपकड गर्ने, २ वर्षिया बालिका ग्रिसिकासमेतलाई यातना दिने प्रचण्ड राजिनामा दिएर कुलेलम ठोकेछन् । यिनको न्युनतम पनि नैतिकता थियो भने ती सबै कमरेडहरूलाई रिहा गरेर, सयौंको झुट्ठा मुद्दा फिर्ता लिएर पनि त राजीनामा दिन सक्थे । यसकारण प्रचण्डको नियत नै ठीक देखिँदैन । जसले यिनलाई प्रधानमन्त्री बनाएका थिए, उसैको आदेशमा यिनले राजीनामा दिए हुन् । हिजो सँगै जनयुद्ध लडेका सहयोद्धालाई हिरासतमा सडाएर, जनयुद्धकालीन नेता–कार्यकर्ता मारेर, अलि अलि बचे–खुँचेको माओवादी लिगेसीलाई पनि पूरै संसदीय दलदलमा चुर्लुम्म डुबाउँदा पनि नैतिकताको कुरा १ वाह १ दलाल संसदीय व्यवस्थाप्रति त्यत्रो इमानदार । हिजो ५० लाख टाउकोको मूल्य तोक्नेहररूप्रति त्यत्रो बफादारिता । हैकमवादी प्रभुहररूप्रति त्यस्तो सदाचारिता । हिजोका सहयात्रीहरुलाइ जेल नेल झुट्ठा मुद्दा यातना र प्रतिबन्ध । कठै यिनको नैतिकता रु यिनीजति अनैतिक मान्छे सायद यो पृथ्वीमा खोजेर भेट्टाउन असम्भव छ । यिनका विरुद्ध नयाँ शिराबाट संघर्ष चलाउनुको कुनै विकल्प छैन ।
सीताराम केसी लेख्नुहुन्छ –
आज माके समर्थन मेरा फेसबुके साथीहरूले प्रचण्डको प्रधानमन्त्री राजिनामालाई नैतिकता र निष्टाको राजनीतिको सगरमाथा भन्ने अर्थमा विश्लेषण गरेको देखेँ तर मलार्इ तेस्तो लागेन। शान्तिप्रकृयाको १० बर्ष र जनयुद्धकको १० बर्षमा प्रचण्डका दस्तावेज हेर्ने हो भने, उनको नैतिकता र निष्टाको सगरमाथा हिन्दु महासागरमा डुबिसकेको छ। हो, धोका, गद्दारी, विचलन र वर्ग उत्थानवादको सगरमाथाले भने संसारभर प्रदूषण फैलाएको छ। प्रचण्डको नयाँ क्रमभंग के रहेछ भनी साथीहरूका स्टाट्सहरू ध्यान दिएर हेरे। हेर्छु भन्दा त त्यही पालैपालो बाडी चुडी खाउँ भन्ने अर्थ राख्ने काङ्ग्रेससँगको भद्रसहमतिको खुरूखुरू पालना गरी राजिनामा दिएको विषयलाई नैतिकता र निष्टा भनेका रहेछन्। अर्को प्रशंसाको पक्ष पनि रहेछ– प्रचण्डले गिरिजाको राष्ट्रघाति फोहोर पखालिदिए रे, रातारात केपीलाई राष्ट्रवादी बनाइदिए रे, हारेको माकुनेलाई प्रधानमन्त्री बनाइदिए रे, र अब सेरेलाई स्वर्गको बैतर्नी तार्दिन्छन् रे। य तेसो भए १७ हजारको बलिदान यी नै गदालाई गाई बनाउन भएको थियो ? गदा गाई कहिल्यै बनेको छ ? खै वैज्ञानिक समाजवादको सपना ?
मणि शर्मा लेख्नुहुन्छ–
प्रचण्डले इमानदारिताको खडेरी तोड्न राजीनामा दिएको भनेका छन् । जनयुद्धमा जनतासँग गरेको वाचाको इमानदारिता तोडेर जुन व्यवस्थाविरुद्ध जनयुद्ध लडेको हो त्यही व्यवस्थासँग सती गएर कुन इमानदारिता निभाए ? उनको समेत प्रतिनिधित्व गरि गिरिजाप्रसाद र माधव नेपालले भारतीय नेता कर्ण सिंहको रोहवरमा राजासँग भएको सहमतिप्रति ख्वै इमानदारिता देखाएको ? राष्ट्रघातको अविरल श्रृंखलाहरु चलाउने प्रचण्डले राष्ट्रप्रति ख्वै इमानदारिता देखाएको ? क्वीजलिंगका सन्तान कहिले पनि राष्ट्र र जनताप्रति इमानदार हुन् सक्दैनन् । भारतले दिएको प्रधानमन्त्रीको जागिर उसकै आदेशमा छोडेका हुन् । अर्को शब्दमा उनी पजनीमा परेका हुन् । अब अर्का गुलाम आफूलाई भारतका बेटा भन्ने देउपाले पीएमको जागिर पाउनेछन् ।







