दिल्लीबाट इस्लामावाद जम्मा ७०० किलोमिटर टाढा छ-लण्डन र जिनिभाबीचको दूरीभन्दा पनि कम।

उड्डयन दृष्टिले यो एकदमै छोटो यात्रा हो। तर तपाईँ भारतीय राजधानीबाट पाकिस्तानी राजधानीसम्म सीधा यात्रा गर्न सक्नुहुन्न। यी दुई राजधानीबीच सीधा उडान छैनन्।

यो, सात दशकयताको आपसी आशंका र तनावको एउटा सानो उदाहरण मात्रै हो। एउटा उदाहरण हेरौं: क्रिकेट। भारत र पाकिस्तान केही साताअघि च्याम्पियन्स् ट्रफीको उपाधिका लागि भिडेका थिए।

दुवै देशमा क्रिकेट असाध्यै लोकप्रिय छ। तर त्यो खेल दक्षिण एसियामा नभइ लण्डनमा भएको थियो।

भारत र पाकिस्तान एकअर्काको भूमिमा क्रिकेट खेल्दैनन्। तथापि उनीहरु संसारका विभिन्न भागमा एकदिवसीय प्रतिस्पर्धामा उत्रिएका छन्।

संस्कृति र इतिहास मिल्दोजुल्दो भएको भएपनि उनीहरु केवल प्रतिस्पर्धी मात्रै होइनन्, दुश्मन झैं छन्। भारत र पाकिस्तानले स्वतन्त्रता पाएको ७० वर्षमा उनीहरुले तीनवटा युद्ध लडिसकेका छन्।

कति चाहिँ चार वटा भन्छन् तर सन् १९९९ मा जब ती दुई मुलुकका सेनाले अन्तिमपटक लडेका थिए, त्यतिबेला युद्धको औपचारिक घोषणा भएको थिएन।

भारत र पाकिस्तानबीचको तनाव संसारकै सबैभन्दा लामो भूराजनीतिक तनाव हो। यसका कारण दुवै मुलुकले आ-आफ्नो पारमाणविक अस्त्र विकास गरेका छन्।

यो असजिलो तनाव क्षेत्रीय विवादभन्दा बढी जस्तो देखिन्छ: यो बृहत खतराले भरिएको छ।

भारत र पाकिस्तानले एकै समयमा स्वतन्त्रता पाए। भारतमाथिको ब्रिटिश शासन सन् १९४७ अगस्ट १५ मा समाप्त भयो।

महिनौं लामो राजनीतिक गतिरोधपछि ब्रिटेनले मुलुकलाई दुई भागमा विभाजन गर्ने सहमति जनायो।

ठूलो संख्यामा रहेका मुसलमान अल्पसंख्यकहरु हिन्दु बाहुल्य भारतमा अप्ठ्यारोमा पर्न सक्ने भन्ने चिन्ता सम्बोधन गर्न छुट्टै र मूलत: मुसलमान राष्ट्र पाकिस्तान सिर्जना गरियो।

भारतका राष्ट्रवादी नेता जवाहरलाल नेहरु(बायाँ), ब्रिटिश इण्डियाका भाइसरोय लर्ड लुई माउण्टब्याटेन(बीचमा) र अल इण्डिया मुस्लिम लीगका अध्यक्ष महुम्मद अलि जिन्नाह(दायाँ) सन् १९४७ मा विभाजनबारे कुरा गर्दै।

पञ्जाब र बंगालजस्ता भारतका सबैभन्दा ठूला प्रान्त पनि विभाजनमा परे। स्वतन्त्रताको दुई दिनपछि मात्रै नयाँ अन्तर्राष्ट्रिय सिमाना कहाँ पर्छ भन्ने विस्तृत खाका सार्वजनिक गरियो।

विभाजनले आधुनिक समयको सबैभन्दा ठूलो संकट निम्त्यायो। कसैलाई संख्या यकीन छैन तर करिब १ करोड २० लाख मानिस शरणार्थी बनेको बताइन्छ।

एउटा पीडादायी रक्तपातमा मुख्य-मुख्य समुदायका व्यक्तिहरु दुवै आक्रमणकारी र पीडित थिए। ५ लाखदेखि १० लाख मानिस मारिएको हुनसक्ने अनुमान गरिएको छ।

यसका लागि कसैलाई जिम्मेवार पनि बनाइएन। मेलमिलाप प्रक्रिया पनि भएन। तर के भएको थियो भन्ने विषय लामो समयसम्म मौनतामै हरायो।

के भएको थियो भन्नेबारे चलचित्र र साहित्यमा प्रतिविम्बित भयो। इतिहासविद्हरु शुरुमा विभाजन वरपरको राजनीतिमा केन्द्रित भए।

धेरैपछि मात्रै उनीहरु मानिसहरुले विभाजनताका भोग्नुपरेको पीडामा केन्द्रित भए। विभाजनले भारत र पाकिस्तानको सम्बन्ध विषाक्त बनायो र समग्र दक्षिण एसियाको भूराजनीतिलाई असर पार्यो।

सन् १९७१ मा भारतीय सेनाको सहयोगमा पूर्वी पाकिस्तानले स्वतन्त्रता पायो। अर्को नयाँ मुलुक बांग्लादेशको जन्म भयो। भारत र पाकिस्तान स्वतन्त्रतापछिको अर्को समस्या कश्मिर थियो।

मुसलमान बाहुल्य उक्त राज्यका महाराजा, जो हिन्दु थिए, उनले कश्मिर भारतको अंश हुनुपर्ने निर्णय गरे। केही महिनामै भारतीय र पाकिस्तानी फौज कश्मिरको नियन्त्रणका लागि लडाइँमा उत्रिए।

उक्त जटिल द्वन्द्व अहिलेसम्म पनि समाधान भएको छैन र अरु विषयभन्दा यसले दुई मुलुकबीचको सम्बन्धलाई बढी सताएको छ।

भारतीय शहरहरुमा आतंकवादी शैलीमा हुने गरेका आक्रमणहरुमा संलग्न अतिवादी संगठनहरुलाई पाकिस्तानले सघाइरहेको भारतले आरोप लगाउने गरेको छ।

पाकिस्तानले पनि बलुचिस्तानमा भएका पृथकतावादी गतिविधिलाई भारतले साथ दिएको बताउने गर्छ। दुवै देशका नेताहरुले समयसमयमा भेटघाट गरेका छन्।

सम्बन्धमा सकरात्मक मोड आउन लागेको बेलाबेलामा आशाहरु पनि जागे। तर अहिले भने सम्बन्ध निकै चिसो छ।

हिन्दी बीबीसीबाट ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार