मैले चुनवाङ मिटिङ नजाने निर्णय गरेँ ।
मैले मात्र होईन क. अनवरतले पनि नजाने निर्णय गर्नुभयो । कमसेकम दुई जना त भयौ साथी साथी । मनमा सन्तोष भयो । चुनवाङ जाने नजाने भन्ने प्रश्नमा म दोमनमा थिए । मलाई धेरै पहिले देखि माओवादी जनयुद्ध गलत दिशामा गैरहेको छ भन्ने अनुभुति भैरहेको थियो । त्यसका लागि सयौ घटनाहरु छन् । सयौ परिघटनाहरु छन् । जस्को इतिहासले खोजविन गर्ला र एउटा निष्कर्ष देला । आखिर दुईजनाव्यक्तिले दिएको सहि पनि नहुन सक्छ र सहि पनि हुन सक्दछ । तर इतिहास गतिशील छ । यो एउटै ठाउँमा अडिन सक्दैन । घाम, पानी, आरोह–अवरोह गर्दै अगाडि बढ्छ । इतिहासमा भएका राम्रा नराम्रा सबै प्रवृतिलाई सतहमा ल्याउछ । सत्य जति छोप्न खोजेपनि छोपिन्न ।
यो मौतकवाद निर्णय हो । सत्य र न्याय उद्घाटित हुनै पर्दछ । सत्य र न्याय स्थापित भएन भने समाज अगाडि बढ्दैन । यो सत्य हो । आखिर हामी सबै सत्यको खोजमा लागेका हैनौ र ? सत्यको खोज र अनुसन्धानमा लागेको नाममा सत्यलाई बेचेर खाने, भुटेर खाने, लुटेर खाने पनि तर त्यो क्षणिक हुन्छ र अस्थाई हुन्छ । हामीले बुझेको समाज विकास, हामीले बुझेको न्याय र अन्यायको लडाईको अर्थ यहि होइन र ।
निश्चित रुपमा चुनवाङ मिटिङ सत्य र असत्यको लडाई थियो । चुनवाङ मिटिङ रगत र बलीदान को जगमा अभिएको थियो । चुनवाङ मिटिङको कथा भित्र थुप्रै पटकथाहरु पनि छन् । ती पटकथा भित्र फुन्टिवाडको मिटिङ पनि जोडिएको छ । लावाङ मिटिङ पनि जोडिएको छ । मैसुरको मिटिङ पनि जोडिएको छ । दिल्लीमा गिरफ्तार भएका मातृका यादव, सुरेश आले र उपेन्द्र यादव पनि जोडिए का छन् । यता सिलगढीमा गिरफ्तार किरण र मडासमा गिरफ्तार गौरव र पटना गिरफ्तारीको कथा पनि जोडिएको छ । त्यसको रोचक प्रसङ जुन दिन मातृका यादव, सुरेश आलेहरु सुरेश अलिकै दिल्ली डेरामा गिरफ्तार हुनु भयो । त्यो गिरफ्तारीको तयारी क. प्रचण्डलाई गरिएको थियो । तर त्यस दिन प्रचण्ड पत्नी सीताले आज साझँ नजाउ सुरेश आलेको डेरामा, भोली जाउला भनिन् । यदि साँझै गएको भए प्रचण्ड गिरफ्तार हुने थिए भन्ने कुरा स्वयम प्रचण्डले भन्नुहुन्थ्यो र सीता दुरदर्शी महिला रहेछिन भन्दै हामी सबैले बधाई दिएका पनि थियौ ।
त्यो घटनाले माओवादी पार्टीको जीवनमा नै परिवर्तन आयो । क. प्रचण्डलाई नै गिरफ्तार गर्न खोजिएको हो । एच. क्यू लाई क्याप्चर गर्न खोजिएको हो । यो ‘रअ’ र जे.वि डिजाई हो भन्ने कुरा पनि पार्टीभित्र तुफानको रुपमा उठेका विषय हुन् । झण्डै मा … विस्तारवादले स.कू गिरफ्तार गरिसकेको भन्दै अब आधार इलाकामा स. कू आउनु पर्दछ भन्दै दवाव दिने कमरेडहरु आज क. प्रचण्डसँग छन् । कैयौ कमरेड प्रचण्ड भन्दा भिन्न क्याम्पमा अहिले राजनीति गरिरहेका छन् । उनीहरु सबैले यी घटनाहरुको मुल्याङकन गर्लान । तर मातृका यादव त्यो पार्टीबाट विद्रोह गरि बाहिर आईसकेका छन् । मैले ०६८ जेष्ठ महिनामा मातृकासँग त्यो गिरफ्तारी को प्रसङ्ग उठाएर ‘के त्यो दिन प्रचण्ड कमरेड सुरेश आले कहाँ आउने योजना थियो ।’
तर मातृका जीले आत्मविश्वासका साथ भन्नु भयो । अहँ त्यहा आउने कुरा थिएन । हामी प्रचण्डसँग विदावादी भैसकेका थियौ । भारतीय पुलिसहरुलाई मातृका यादवलाई पनि गिरफ्तार गरयौ भन्ने समेत थाहा थिएन । जब भारतीय प्रहरीले नाम सोध्यो । मैले मातृका यादव भनेपछि उनी दङ्ग परे । म आउने कुरा त उनीहरुलाई थाहा थिएन भने प्रचण्डको प्रश्नै त्यहाँ थिएन । भन्ने जवाफ वँहाले दिनुभयो । अहिले मलाई मातृका यादवको यो तर्क सुनेपछि प्रचण्डलाई गिरफ्तार गर्न खोजियो भन्ने कुरा प्रायोजित रहेछ भन्ने कुरा प्रष्ट भएको छ । तर मलाई लाग्थ्यो त्यसबेला किरण सिलगढीमा गिरफ्तार हुने प्रचण्ड र बाबुराम दिल्ली बस्ने, यो के हो ?
जे होस यस्ता घटना भनौ या दुर्घटना पार्टी भीत्र चलिरहेकै थिए । अब पार्टीले भारत छोडौ अभियान चलायो । प्रचण्ड, बाबुराम कमरेडहरु रुकुम, रोल्पा जाने निश्चित भयो । प्रचण्डलाई गिरफ्तार गर्ने ‘र’ को योजनाबाट आतिदै । मैसुरको मिटिङ्गको हेडओभरबाट पटनाको गिरफ्तारीको रन्को बीच फुन्टिवाङ मिटिङ्गमा हामी गैरहेका छौ । हामी खुसि छौ । हाम्रो नेतृत्व आधार इलाका आउदै छ । अब जनयुद्धले नयाँ उचाई थप्ने छ । नेताहरु दिल्ली बम्बै, कलकता बस्दा त जनयुद्ध आँधी, तुफान जस्तै बढिरहेको छ । डढेलो लागिरहेको छ । अब नेताहरुको देशफर्क अभियानले देश मुक्ति चाडै हुने छ । अब आउने फुन्टिवाउ मिटिङले भारतका विरुद्ध सुहङ युद्धको घोषणा गर्ने संकेत हामीले पाइसकेका थियौं । अब जनयुद्ध राष्ट्रिय युद्धमा परिणत हुदै छ । अब भारतका विरुद्ध सबै देशभक्त सयुक्त मोर्चामा ल्याउन आवश्यक छ । आदी कुराहरु पनि चलिरहेका छन् । हाम्रो यात्रा फुन्टीवाङतर्फ दौडिरहेका छन् ।
फुन्टिवाङ, थवाड भन्दा उत्तर पूर्वको गाउँ सुन्दर छ । गाउँ, त्यस्मा पनि फुुन्टिवाङमा पार्टी केन्द्रीय समितिको मिटिङ हुदै छ । जनमुक्ति सेना केन्द्रीत छ । भारतबाट नेताहरुको आगमन रोल्पामा भएको छ । गाउमा चहल –पहल छ । गाउँका बाटाहरुमा ढुङ्गा बिच्छाएको छ । स्याउ बेच्नेहरुले बेचिरहेका छन् । गाउँको परिवेश रमणीय छ । पूर्व तर्फ जलजला मुस्कुराइरहेको छ । आकाशमा उडिरहने हेलिकोप्टरको आवाजले हामीलाई मनोरञ्जन दिइरहेको छ । यदि हेलीले बमहरु बर्सायो भने लुक्ने वंकरहरु बनेका छन् । को कहाँ लुक्ने भन्ने पनि निश्चित छ । फुन्टिवाङ मिटिङको लागि सुन्दर सभागृह बनाइएको छ । वास्तवमा सभाहल सुन्दर छ ।
कुनै आर्किटेक इन्जीनियरले बनाए भन्दा पनि सुन्दर वास्तवमा त्यो कुनै आर्किटेकले बनाएको होईन । स्थानीय जनता, पार्टी र सेनाका साथीहरुको श्रृजना हो सभागृह । सभागृहमा माक्र्स–एङगेलन–लेलिन स्टालीनका फोटाहरु टासिएका छन् । क. प्रचण्ड पनि कहाँ कम नेता हुन र, प्रचण्डपथका जन्मदाता, नेपाली क्रान्तिmका नायव उहाँको सुन्दर फोटो पनि टासिएको छ । वहाँका कोटेशन पनि टासीएका छन् । त्यसबेला प्रचण्डपथलाई कम मुल्याङ्कन गर्ने र अधिकार मुल्याङकन गर्नेहरु बीच चर्को अन्तरविरोध थियो । प्रचण्डपथको कम मुल्याङकन गर्नेहरु दक्षिणपन्थी, सुधारवादी हुन् भनिन्थ्यो ।
प्रचण्डको अधिक मुल्याङकन गर्नेहरु असली क्रान्तिकारी, अब्बलदर्जाका सर्वहारा गनिन्थे । विचरा हामीहरु प्रचण्डपथलाई कम मुल्याङकन गर्ने दोश्रो दर्जाका क्रान्तिकारी थियौं । हामी क्रान्तिका पहलकर्ता होइनौं । क्रान्तिका सहयोगकर्ता जस्ता थियौ । विशेष गरेर कमाण्डर कमरेडको चुरिफुरि भिन्दै थियो । मलाई अहिले पनि संझना छ । सेटिलाईट फोन कम्मरमा भिर्नेहरु, एम १६, एके ४७ बोकेका जनमुक्ति सेनाहरुलाई गार्ड बनाएर फुन्टिवाङ मीटिङको तल माथि गर्नेहरु आफुहरुलाई फोनमा व्यस्त भएका जस्ता देखिन्थ्ये ।
कठै बरा । प्रचण्डलाई हामी पि. वि.एमहरुले भेट्न पाउनु पनि दर्शन गरे झै लाग्थ्यो । प्रचण्डलाई भेट्नेहरुको लाईन थियो र हुन्थ्यो । विचार व्ग्ल् को डाक्टर साप । पत्नी इन्जिनीयर साप भने कसैलाई भेट्न पनि डराइरहेका हुन्थ्ये । एउटा समातेर पढिरहेको जस्तो बहाना गर्नु उनको क्रान्तिकारीता पहिचान थियो ।
चहल, पहल छ । फुन्टिवाङमा प्रचण्ड मैसुरको बदला लीन कस्सीएका थिए । सि.सि. एम. । वि.वि.एम हरु आफ्नो पक्षमा तानो प्रकृया चलिरहेको थियो । प्रचण्डपथवालाहरुको फूर्ति फूर्ति नै छ । उनीहरु शासक हुन् । प्रचण्डलाई नायक नठान्नेहरु शाषित हुन् । उनीहरुलाई रौनक छाएको छैन । फून्टिवाङमा वादल र प्रचण्ड एक भए रे । अब नेतृत्वको केन्द्रीकरण गर्ने रे । पार्टी, सेना मोर्चाको एकल जिम्मेवार प्रचण्डले ल्याउने रे । हल्ला पहिल्यै चलि सक्यो । बैठक चल्यो । विचारा शुसिल पटना गिरफ्तारीको घटनामा ‘शंका’ भएको भन्दै वि.पि सि.सि. बाट निकालिए ।
अर्का वीचारा बाबुराम कमरेड पार्टी सेना र संयुक्त मोर्चाको जिम्मेवारी केन्द्रीकरण गर्ने निर्णय भएपछि रन्थनिएर स्थानीय समितिबाट २ घण्टा राजीनामा दिनु भयो । पुनः प्रचण्डले फकाए पछि स्वीकार गर्नुभयो । यो लेखक माथि पनि माक्र्सवादबाट विचलित भएको, जुझे विचारधाराको कुरा गरेको क्रान्ति पार्टी र नेता प्रति अविश्वास गरेको, गगां कावेरी यात्रामा पार्टी नीति विरुद्ध लेखेको, प्रचण्डपथलाई अस्वीकार गरेको भन्दै कमरेडहरु खनिन सम्म खनिए । जुन कुरा मलाई आज पनि ताजै छ । आज म ति साथीहरुको अनुहार संझिरहेको छु । संझिरहेको छु उनीहरु किन प्रचण्ड कमरेडको त्यति धेरै प्रसंग गरेका रहेछन् । उनीहरु भित्र क्रान्ति थियो । कि प्रतिक्रान्ति ? उनीहरु भित्र सर्वहारावर्गको स्वार्थ थियो कि हिनतावोधबाट प्रैदा भएको शासक बन्ने प्रवृति ? यस्तै आरोह अवरोहबाट फुन्टिवाङ बैठक सिद्धियो । मैले मेचीकोशीको जिम्मा आफै छोडि दिए र म साँस्कृतिक मोर्चाको राम्रो गर्ने प्रस्ताव आफै राखे ।
तर फुन्टिवाङमा भिन्नमत माथि जुन व्यवहार गरियो । मनोवैज्ञानिक आक्रमणबाट जे शन्देस दिन खोजियो । मलाई लाग्यो – स्टालीन जन्मी सके । युद्धसरदारहरु हुर्किसके । अब हामी जस्ता इमान्दारहरुको ठाउँ छैन । हामी जस्ता कविहरुको ठाउँ छैन । फुन्टिवाङमा मैले भनेको थिए । ‘अन्तिम’ सम्म कविताको शक्तिले पनि संघर्ष गर्ने छु । म कवितामा झरे । म वि.पि.एम. बाट कवितामा झरे । विचरा बन्दुकका अगााडी कविता । मलाई लाग्यो पाचौ महाधिवेशन दोहोरियो । चौथो विस्ताररिक बैठक दोहोरियो । अन्तरसंघर्ष वर्गसंघर्षको प्रयोग भयो र हुने संभावना धेरै देखियो । आफ्नै साथी साथी जस्ता भएनन् । काठमाण्डौसँगै सुत्ने साथीहरु त भावनाहिन भैसके छन् । सत्ता शक्ति, बहुमत हुँ भन्नेहरुको चुरिफुरि कम्युनिष्ट पार्टीका विचीत्रै हुन्छ ।
अल्पमत को रक्षा भने पनि अल्पमत वाला भन्नेहरु दोश्रो दर्जाका कम्युनिष्ट हुन्छन् । कम्युपिनष्ट पार्टीमा । फुन्टिवाङमा त्यही भयो । तर मलाई लाग्यो जे हुदै छ । गलत हुदै छ । मैले सुनिलको कारवाहीको बारेमा बैठकाम बोल्छु । भनेर सुनिल सँग भने तर वहाँले तपाई किन भरग्रोमा पर्नु हुन्छ भन्नुभयो । तर मलाई राम्रो लागेन फुन्टिवाङ अन्तरसंघर्षको हिसाबले पनि । वर्गसंघर्षको हिसाबले पनि, अब भारतका विरुद्ध सुहङ्ग युद्ध, दरबारसँगको सहकार्य गर्ने कुरा । यी माक्र्सवादको सहि व्यवस्था थिएन । मलाई लाग्यो । अब भिन्नमत राख्नु पर्दछ । मैले प्रचण्डसँग भिन्नमत राख्न दिन अनुरोध गरे । रोल्पामा तर वहाँले स्वीकार गर्नु भएन । मैले साँस्कृतिक मोर्चाको जिम्मा लिए तर प्रशिक्षण कार्यमा कँहि राखिदिएनन् प्रचण्डवालाहरुले । पछि बाबुरामले ४ बुँदा र १३ बुँदा राख्नु भयो । मैले समर्थन गरे ।
बाबुरामले ४ बुँदा र १३ बुँदा राखे पछि । पार्टी भीत्र चरम संघर्ष भयो । त्यस्को समाधान गर्न लावाङ मिटिङ भयो । लावाङमा बाबुराम माथि कारवाही भयो । माघ १९ राजाले कु गरे । त्यस पछि म उपचारका लागि भारत लागे । पछि बाबुराम पनि दिल्ली आउनु भयो । हामी अल्पमतवालाहरुले बाबुरामसँग पार्टी र क्रान्तिका बारेमा धेरै छलफल ग¥यौं । अल्पमतको बीचारको रक्षा, संगठन को रक्षा । भौतिक रक्षाको पनि प्रश्न उठायौं । अल्पमतको भिन्नै दस्तावेज लेख्ने कुरा गरयो । दिल्लीमा दिनानाथ कहाँ बैठक बस्यौं । अनवरत र म धेरै दिनानाथ कहाँ बस्यौं । विचार दिनानाथ बुढा ‘चोक्टा खान आइकिब बुढी झोलमा डुबेर मरी’ जस्तै भएका थिए । दिल्लीमा उनी ‘अछुत’ जस्तै थिए । तर बुढालाई सम्मान गर्न भने। हामी भने दिनानाथका साथ बस्थ्यौं । दिनानाथ कहाँ बस्नु भनेको नाक चिप्राउनु हुन्थ्यो । वास्तवमा त्यस बेला दिनानाथ माओवादीमा प्रवेश गरेकोमा पछुतो मान्थ्ये । बाबुराम, प्रचण्ड, वादल नेता हुन्छ । दिनानाथ बुढा खाने आएका पात्र हुन् । यस्तो थियो स्थिति ?
‘दैवको लिला’ प्रचण्ड र बाबुराम सपनाको कुरा गरौ विलिन भैसकेका रहेछन् । क्रान्तिको चिन्ताले सिलगुढी लेलमा परेका किरणलाई सम्झिए छन् । सपनामा किरणले ‘तपाइहरुको एकता चाहान्छु’ भन्दै शन्देश दिएका छन् । एकै रात बाबुराम र प्रचण्डले किरणको सपना देख्नु गज्जबको आठौ आश्चर्य भएको छ । हामी लाटाहरु बाबुरामलाई आफ्नो नेता ठान्दै प्रचण्डसँग कसरी संघर्ष गर्ने भन्दै योजना बनाउने –दिनानाथ र टोप बहादरुको दिल्ली वासस्थानमा त्यो कुरा प्रचण्डले विहानै थाहा पाउने विचार, टोप बहादुरले जाडँ पार्टीमा अल्पमतको पोल खोलिदिदा रहेछन् । र भन्दारहेछन् । ‘साथीहरु पार्टी फुटाउ भन्दछन् मैले मिलाएर आए’ बाबुराम पनि के कम ‘अ साथीहरु अलि असन्तोष छन् ’ शंकामा लङका जलायने प्रचण्डका अगाडि सधै यहि कवि नाचिरहेका रहेछन् ।
हामीले दिल्लीमा समग्र आन्दोलनको बारेमा मुल्याङकन गरयौ । बाबुराम र प्रचण्ड बीच टेप प्रकरण भयो । सेनाले प्रचण्डको टेप सुनाई दियो । भारतले ‘बाबुरामको कारवाहि फिर्ता लिए, किरणलाई छोडि दिन्छु भनेको छ ’ हामीले त्यस्को प्रतिवाद गर्नु पर्दछ भनेर बाबुरामलाई भन्यौं । टोप बहादुर र मैले र बुँदा हेडक्वाटरलाई बुझायौं ।
अब चुनवाङ मिटिङ हुने भयो । बाबुरामहरुको कारबाहि फिर्ता भयो । बाबुराम पुन ‘नियुक्ति’ भए । हामीले अल्पमतको बैठक पुनः दिल्लीमा बस्यौं र अल्पमतको रणनीति बनाउने जोड गरयौं । बाबुरामले अब प्रचण्डले धोखा दिदैन भने, हामीले धोखाको कुरा होईन । विचार र लाइनको कुरा हो भन्यौ । अल्पमतको भिननै दस्तावेज बनाउने कुरा भयो । दिल्ली मै प्रचण्डसँग अल्पमतका साथीहरु बसेर जिम्मेवारीको कुरा गर्ने कुरा गरयौ । यदि प्रचण्डहरुले रोल्पा रुकुममा बैठक राखेर अल्पमतको विचार सिद्धाउने षडयन्त्र गर्न सक्दछन् । त्यसकारण आधा साथीहरु बैठकमा जाने आधा साथीहरु भारतमै बस्ने कुराहरु पनि भए ।
प्रचण्डवालाहरुको विश्वास गर्नु हुन्न यिनीहरु औसरवादका भन्दा पीडित हुन जे पनि गर्न सक्छन् । भन्ने कुरा पनि भए । जे जस्तो भए पनि मर्न परे पनि मर्न तयार भएर बैठकमा जाने स्पिरिट हामीले पैदा गरयौं । तर प्रचण्डले हाम्रो अाठ बुँदा स्वीकार गरेनन् । बाबुराम टोप.ब. हरु हामी सँग अर्कै कुरा गर्ने प्रचण्डसँग अर्कै कुरा गरिरहेका रहेछन् । वास्तवमा चुनवाङको सबै डिजाइन दिल्लीम सकिएको रहेछ । मात्र सहिछाप लगाउन चुनवाङ जानु पर्ने उर्दि जारि भयो । प्रचण्ड र बाबुरामले दिल्लीमै गला मिलाई सकेका रहेछन् । जब बाबुरामले पनि धोखा दिएको अनुभूति भयो । प्रचण्ड र बाबुरामको कडा विरोध गर्ने दिनानाथ ‘विरोधको एउटा लाईन लेखेर आउँछु’ भन्दै प्रचण्ड, बाबुरामको फेरो समाउने कुरा गर्न लागे ।
मलाई लाग्यो । जसलाई हामीले हाम्रो मतको नेता भन्यौं । उनीहरु हाम्रा नेता होइनरहेछन् । यी मनुवाहरु प्रचण्डसँग संघर्ष गर्न सक्दैनन् । अब अनवरत र म मात्रै बाँकिरह्यौ । अब हामीले फुन्टिवाङ। मिटीङका सबै घटनाहरुको प्रकृति देखेर । हाम्रै नेताले धोखा दिए पछि । चुनवाङ मिटिङमा उपस्थित हुनु मात्रको वैचारिक राजनैतिक अर्थ कति रहला भन्दै हामीले चुनवाङ मिटिङ बहिष्कार गरयौ । ठिक गरयौ, बेठिक गरयौ । इतिहासले मूल्याङकन गर्ला । तर आज एमाओवादी जहाँ छ । जस्तो छ । कालो छ । गोरो छ । या रातो छ ।
त्यो चुनवाङ परिणम हो । त्यो त्यो चुनवाङ परिणम हो । आज, लाग्छ हामीले ठिक गरयौँ ।







