माओवादी जनयुद्ध शुरु हुँदा आम मान्छेले भन्ने गर्थे– ‘माओवादी समस्या बल्झेर गयो । के गर्ने ?’ अहिलेका देउवा र खुमबहादुरले भन्ने गर्थे– ‘दमन गरेर दुई चार महिनामा समाप्त गरिहालिन्छ ।’

तर उल्टो भयो । र, सत्य के थियो भने माओवादी जनयुद्ध न समस्या थियो न त दुई चार महिनामा समाप्त नै भयो ।

इतिहासले पुष्टि गर्यो– माओवादी जनयुद्ध समस्या नभइकन समाधान थियो । माओवादी जनयुद्धका कारण नेपालको राजनीतिक आन्दोलनले धेरै हदसम्म समाधान दियो । यद्देपि काम पूरा हुन सकेन । आफ्नै (प्रचण्ड र बाबुरामका) कारणले या उनीहरुको कुबद्धिले पूरा गर्न सकिएन ।

माओवादी जनयुद्धका कारण अढाईसय वर्ष पूरानो सामन्ती राजतन्त्र ढल्यो र गणतन्त्र आयो । के यत्ति नै जनयुद्धको मूल लक्ष्य थियो त ? थिएन । उसको न्युनतम कार्यक्रम थियो– ‘नयाँ जनवादी व्यवस्था । अनि समाजवादहुँदै साम्यवाद पुग्ने ।’

तर पुष्कमल दाहाल प्रचण्डहरु पछि हटे । नेत्र विक्रम चन्द विप्लवहरु अगाडि बढे ।

आज फेरि उही पूरानै कुरा दोह्रयाउँदैछन् संसदवादीहरु । भन्दैछन्– ‘देशका लागि विप्लव समस्या । शान्ति र विकासका नेपाल कम्युनिस्ट पार्टी बाधक ।’

वास्तविकता यो हो कि विप्लव समस्या होइनन् समाधान हुन् । विप्लवले देशको समस्या समाधान गर्ने प्रस्ताव राखेका छन् । देशको गरिबी समाधान गर्ने । पौने तीन करोड नेपालीलाई गाँस, बाँस, कपास, शिक्षा, स्वास्थ्य र रोजगारको ग्यारेन्टी गर्ने ।

देशलाई विदेशी हस्तक्षेपबाट मुक्त पार्ने । देशमा विदेशीहरुको उपनिवेशमा रहेको व्यवस्थालाई अन्त्य गर्ने । स्वाधिन र स्वाभिमानपूर्ण नेपाल निर्माण गर्ने । २५–३० वर्षदेखि नेपाललाई लुट र दोहनको अखडा बनाइएको संसदीय व्यवस्थालाई अन्त्य गर्ने अनि नेपाली माटो र मौलिकतामा वैज्ञानिक समाजवादी व्यवस्था खडा गर्ने ।

देशमा जारी दलालतन्त्र, भ्रष्टतन्त्र, लुटतन्त्र र सबै खाले अन्यायपूर्णतन्त्रको अन्त्य गर्ने । अनि प्रत्येक नेपालीहरुलाई २१ औं शताव्दीको समृद्धशाली र स्वाभिमानपूर्ण जीवनमा बसाउने । नेपालका उत्पीडित वर्ग, जाती, क्षेत्र, लिंग र समुदायलाई उन्मुक्ति दिलाउने ।

प्राकृतिक स्रोत र साधनले भरिपूर्ण नेपालाई केही वर्षभित्र समृद्ध र सम्पन्न नेपाल बनाउने । नेपालका ७० करोड विदेशिएका युवालाई स्वदेशमा फर्काउने र स्वदेशमै रोजगारको ग्यारेन्टी गर्ने ।

यी तमाम समाधानका अभियन्ताहरुलाई समस्या देख्ने संसदवादीहरु कसरी समाधान हुन सक्छन् ?

संसदीय चुनावका नाममा अहिले देशव्यापी भइरहेका स्वतस्फुर्त बम बिस्फोटका घटनाहरु नेपाली जनता यो व्यवस्थाबाट सुन्तुष्ट छैनन् भन्ने हो । बरु समाधानको लागि बाटो खोज । निकास पहिल्याऊ ।

के जर्बजस्ती गर्दैमा चुनाव हुन्छ ? अनि जर्बजस्ती चुनाव गर्दैमा त्यसले समाधान दिन्छ ? ३० वर्षमा समाधान दिन नसकेको संसदीय व्यवस्थाले अहिले दिने भन्ने के त्यस्तो रामवाण ग्यारेन्टी छ ?

तसर्थ, संसदवादीहरुले गंभीरतापूर्वक सोच्नैपर्छ । संसदवादको विकल्प खोच्नैपर्छ ।

१२ बुँदेदेखि शान्तिप्रक्रियामा आउँदा माओवादीसँग संसदवादीहरुले जे जे सम्झौता गरेका थिए, त्यो अक्षरस पालना हुनैपर्छ । नेपालको दलाल सत्ताको अन्त्य हुनुपर्छ । माओवादी खासगगरी (नेकपा)लाई सत्ताका सबै भागमा आधा आधा हिस्सा प्रदान गर्नैपर्छ ।

त्यसका लागि संसदवादीहरुले नेपाल कम्युनिस्ट पार्टीसँग नेपाली समाजको समस्याका गाँठाहरु फुकाउनेबारे वार्ताको ढोका खोल्नैपर्छ । होइन दमन गरेर समाधानको उपाय खोजिए त्यसको परिणाम के हुन्छ भनेर ०५२ साल हेरे मात्र पुग्छ ।

नेपाल कम्युनिस्ट पार्टी नेपाल र नेपाली जनताको समस्या समाधानका लागि वार्ता या जुनसुकै बाटो अवलम्वन गर्न हरदम तयार हुनेछ । सवैलाई चेतना भया ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार