प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको मतदान प्रक्रिया आज सकियो । पहिलो र दोस्रो चरणको मतदान प्रक्रिया सकिएसँगै अब मत परिणाम केही दिनभित्र आइसक्ने छ ।

लेखक ।

निर्वाचनकाे बेला देखा पर्ने गार्इजात्रालार्इ इंगित गरेर हुनुपर्छ कुनैबेला कांग्रेसका नेता गणेशमान सिंहले काठमाडौंका बासिन्दालाई भनेका थिए- ‘काठमाडौंका जनता भेडा हुन्, यी मान्छेहरु अन्न होइन घाँस खान्छन् ।’ सिंहको भनाई त्यति जिम्मेवारीवोधपूर्ण नदेखिएपनि त्यसभित्र केही बाहिरी सत्यता देख्न सकिन्छ ।

यो सत्य होकि जनता कहिल्यै भेडा हुन सक्दैनन् र होइनन् पनि । तर शक्ति, सुविधा र सत्ताले उनीहरुलाई भेडा बनाइन्छ । संसारमा पुँजीवादी संसदीय व्यवस्थामा यही भएको छ ।

अमेरिकामा त्यही भएकाे छ । त्याे बेलायतमा त्यही चक्र लागू गरिन्छ । अनि यही भारतमा पनि त्यही नाटक निकै पटक चलिरहन्छ । संसारभरिका पुँजीवादी देशमा यही नाटक चल्ने गर्छ ।

अमेरिकामा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प हुन् या डेक्रोक्रेटिकका बाराक ओबामा सबैले सत्ता, शक्ति र सुविधाको दुरुपयोग गरेर निर्वाचन जितेका हुन् । शक्ति, सत्ता र सुविधाको रुपमा अहिले उनीहरुले पैसालाई दुरुपयोग गरेका छन् । जुन उनीहरूकाे हरेक ४ वर्षकाे राष्ट्रपतीय चुनावमा हामी त्यही प्रक्रिया देख्न अभिशप्त हुन्छाैं ।

बेलायतमा हेरौं, त्यहाँ लिवरल पार्टी होस् या कन्जरभेटिभ पार्टी, तिनै पार्टीका नेताहरुले त्यही शक्ति र सत्ताको दुरुपयोग गरेर निर्वाचन जित्ने गरेका छन् । यता भारतमा हेर्ने हो भने भारतीय जनता पार्टी र कांग्रेस आईले त्यही फर्मुला लागू गरेका छन् ।

बेलायतबाट आयातित वेस्ट मिनिस्टर प्रणाली अर्थात् वुर्जुवा संसदीय व्यवस्था पैसावाल धनीहरुको पक्षमा मात्र हो भन्ने कुरा संसारभरि र छिमेकी देश भारतहुँदै नेपालको २५ वर्षको संसदीय व्यवस्थाकालको अवधि हेरे पुग्छ ।

संसारबाट असफल संसदीय व्यवस्थालाई असफल प्रयोगशालाको रुपमा नेपालमा २५ वा ३० वर्ष गरियो तर हुन सफल सकेन । जुन हुनै सक्दैनथ्यो । त्यसैको भद्धा प्रहसन यसपालीको निर्वाचनमा गरियो । यसबाट आउने परिणाम उही हाता लाग्यो शून्य हुने निश्चित छ ।

मतपरिणाम जुन पार्टीको पक्षमा आएपनि, जोजसले जितेपनि यो निर्वाचनमा प्रयोग गरिएको सर्वसाधारणको मतले हार्नेछ । स्वाभिमानी जनताको मत  व्यर्थैमा खेर जानेछ । जसरी २५- ३० वर्षमा खेर गएकै थियो । अब कम्तिमा ५ वर्षका लागि देशलाई लुट्ने भ्रष्ट, ठग र दलालहरुको हातमा यो मत दुरुपयोग हुनेछ ।

त्यसैले पनि यो निर्वाचन कुनैपनि हालतमा देश र जनताको पक्षमा छैन र हुनेछैन ।

निर्वाचनका क्रममा कांग्रेस, एमाले र माओवादी केन्द्रलगायतत जो जति सहभागी बने उनीहरुले निर्वाचनका क्रममा खर्च गरेका करोडौं र अर्बाैको रकम अब कसरी संसदमा पुग्ने र त्यो असुल्ने भन्नेमा उनीहरुको जोड हुनेछ ।

किनकि उनीहरुको त्यो बाध्यता हो । इतिहासमा उनीहरुले गर्दै आएको जागिर पनि हो । किनकि यही व्यवस्थाले उनीहरुलाई त्यही गर्न सिकाएको छ ।

हुन सक्छ केही व्यक्ति र पात्र राम्रा होलान् तर पात्र र व्यक्तिको कुरा होइन यहाँ व्यवस्थाको कुरा हो । सत्ता र संस्कृति बदल्नेको कुरा हो ।

नेपाली जनताले ७० वर्षदेखि गर्दै आएको संघर्षलाई बीच बाटोमा ल्याएर अलपत्र पार्ने कांग्रेस, एमाले र माओवादी केन्द्रका कारण आज देश नराम्रोगरी भड्खोलामा फस्न पुगेको छ ।

जनतालाई परिवर्तनका मीठा मीठा आश्वासन बाँडेर थोरै पनि वचन पूरा नगर्दा जनतामा बेचैनी पैदा भएको छ । त्यसैको परिणाम नेपालका ७० लाख युवा विदेशिएका छन् । नेपालमा रहेका त्यही संख्याका युवाहरु बेरोजगार छन् ।

के यो समस्या यही व्यवस्थाले हल गर्न सक्छ ? सक्दैन । किनकि यो व्यवस्थाले गर्न सक्दैन भनेर नेपालमा कांग्रेसले चार चार पटक हतियार उठायो । एमालेले झापा संघर्षको बेला बन्दुक उठायो ।

त्यो भन्दा ठूलो स्केलमा सशस्त्र संघर्ष तत्कालीन नेकपा माओवादीले ०५२ सालबाट दश वर्षसम्म चलाएको जनयुद्ध थियो । त्यो युद्धले नेपालको वुर्जुवा पुँजीवादी संसदीय व्यवस्थाको विकल्पमा नयाँ जनवादी व्यवस्थाका लागि भनेर आन्दोलनको तीर सोझ्एको थियो ।

तर विडम्बना, कांग्रेस एमाले र माओवादी केन्द्र कालान्तरमा उही पूरानो व्यवस्थालाई जोगाउन कम्ममर करे लाग्न पुगे । त्यसैको अभिव्यक्ति यही २५-३० वर्ष या अहिलेको निर्वाचनमा व्यक्त गरिरहेका छन् ।

याद रहोस् यो निर्वाचनले देशमा शान्ति, समृद्धि र विकासको मूल ल्याउनेछ भनेर  कसैले भन्छ भने त्यो सोह्रैआना झूठ हुनेछ । जो ३० वर्षमा भएन र अब हुनेवाला पनि छैन । निर्वाचनका क्रममा अघि र पछिका जनआक्रोश र प्रतिरोधका जुन स्वरुपहरु देखा परे त्यसले नेपालमा अब ठूलो आन्दोलनको आँधी आउने कुरालाई कुनै पनि ताकतले छेक्ने छैन ।

किनकि वास्तविक शान्ति, प्रगति र समृद्धिको बाँधक बनेकै यही पुँजीवादी संसदीय व्यवस्था हो । यो व्यवस्था रहुञ्जेल देशमा कहिल्यै शान्ति आउने छैन ।

सबैलाई चेतना भया ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार