२१ डिसेम्बर अर्थात् पुस ६ गते सर्वहारा वर्गका महान् नेता जोसेफ स्टालिन दिवस हो । यो दिन र यो नामले संसारभरको सर्वहारा वर्ग गर्वको महसुस गर्दछ । बुर्जुवाहरूले जतिसुकै गालीगलौज र लाञ्छनाहरू लगाऊन्, उहाँमा भएको वर्गप्रतिको इमानदारीले यो सबैको खण्डन गरिसकेको छ । उहाँले अपनाएको युद्धकला कति वैज्ञानिक थियो भने त्यो कला व्यवहारमा आएर विजय हासिल नगरेको भए आजको विश्वको मानचित्र अहिले देखिएको जस्तो हुँदैनथ्यो । बुर्जुवाहरू जतिसुकै कराऊन् वा सरापून्, उहाँ नै अहिलेको विश्वको मानचित्रका निर्माता हुनुहुन्छ ।

फासिस्ट, त्रूmर, तानाशाह, कुख्यात हिटलरले साम्राज्यवादीलाई लडाइँबाट जित्नसक्ने स्थिति थिएन र उनीहरू पनि स्टालिनकै साथ लाग्न शरणमा आइपुगेका थिए । सर्वहारा सत्ता जोगाउँदै र विकसित बनाउँदै उहाँले आफ्नो युगको जिम्मेवारी पूरा गर्नुभएको थियो । घाँटीसम्मै आएको प्रतिक्रान्ति र संशोधनवादी षड्यन्त्रकारीलाई वशमा पारेर सर्वहारा सत्ता जोगाउन सफल उहाँलाई परिस्थितिजन्य आइपरेका समस्याहरूसँग जुध्न नसकेको अवस्थामा उहाँको निधनपछि वर्गदुस्मनका रूपमा ख्रुस्चेभ आयो र सर्वहारा सत्ता आधुनिक संशोधनवादको कब्जामा प¥यो । कम्युनिस्टका नाममा संशोधनवादीले सामाजिक साम्राज्यवाद लाद्दा विश्व कम्युनिस्ट आन्दोलनमा ठूलो घात हुँदै गयो र चीनमा माओको योगदानसँगै उठेको कम्यसनिस्ट आन्दोलन देङको छद्म संशोधनवादको कब्जामा परेपछि पछिल्लो स्थितिमा रक्षात्मक अवस्थामा पुग्यो । त्यसपछि पेरु र नेपालको प्रयोगले अलि आशा जगाए पनि फेरिपनि रक्षात्मक अवस्थामानै रहन पुगेको छ ।
उहाँको पूरा नाम सोसोजुगसपिली जोसेफ विसारियोन विच (स्टालिन) हो । उहाँको जोसेफ नामलाई प्यारो गरेर बोलाउँदा जोसेफ भएको र पार्टी नाम स्टालिन हो । उहाँको जन्म युरेसिया ककेससको दिदिलियोमा २१ डिसेम्बर १८७९ मा भयो । बुबा विसारियोन र आमा एकातेरिना हुनुहुन्थ्यो । उहाँ सन् १८८१ मा जारशाही अलेक्जेन्डरको षड्यन्त्र गरी हत्या गरेको अभियोगमा लेनिनका दाइको फाँसीको घटना बुझ्दै क्रान्तिकारी हुनुभएको थियो । सन् १८९४ मा भूमिगत पुस्तकालयमा सदस्य हुनुभयो । सन् १८९६ मा अध्ययनमण्डली गठन र तृतीय दलको सदस्यसमेत हुनुभयो । सन् १८९९मा लेनिनको रचनाबाट प्रभावित भएर खोजी गर्दै सम्पर्कमा रही काम गर्न थालेको उहाँको भनाइ थियो । १८९८ मई २६ मा विद्यालय प्रशासनले शुल्क नतिरेको अभियोग (वास्तवमा राजनीतिक गतिविधि गरेकाले) लगाई निष्कासन गरेको थियो ।
त्यसपछि तिफ्लिसमा जागिर खाँदै वातुनमा पार्टी सङ्गठनको जिम्मेवारी लिएर मजदुर आन्दोलन उठाउन थाल्नुभयो र लोकप्रिय नेता बन्न थाल्नुभयो । उहाँ पार्टीको प्रचारक बन्नुभयो । नेता र जनताका बीचको सम्बन्धका बारेमा धारणा अघि सार्नुभयो । नेताले जनतासँग कहिल्यै डराउनु हुँदैन भन्ने धारणा राख्नुभयो । उहाँको नेतृत्वमा वातुन मजदुर आन्दोलनको केन्द्र बन्यो । उहाँले गुर्जी भाषाको पत्रिका सङ्घर्ष निकालेर क्रान्तिमा महिला सहभागिता बढाउने योजनामा रहेको बताउनुभयो । सन् १९०२ मा पार्टी बैठक भैरहेको स्थानबाट उहाँलगायत नेता पक्राउ पर्नुभयो । सन् १९०३ मा उहाँलाई पुनः साइबेरियामा निर्वासनमा पठाइयो । लेनिनको साथले उहाँ अझ बढी दृढताका साथ क्रान्तिको बाटोमा हेलिनुभयो । निर्वासनको घेरा तोडेर उहाँ पुनः क्रान्तिमा क्रियाशील हुनुभयो ।
सन् १९०४ जनवरी ४ मा एकातेरिना स्वानिद्जसँग विवाह गर्नुभयो र सन् १९०९ मा छोरो याकोवाको जन्मपछि अल्पायुमै उनको निधन भयो । सन् १९०५ मा फिनल्यान्डमा बोल्सेबिक सम्मेलनमा कमरेड कोवा (स्टालिनको नाम) मा पहिलो प्रत्यक्ष भेट भयो । सन् १९०६ अप्रिलमा स्विडेनमा पार्टीको चौथो अधिवेशनमा लेनिन र स्टालिन अल्पमतमा पर्नुभयो । त्यतिबेला मेन्सेबिकविरुद्ध वैचारिक युद्धको घोषणा गरियो । त्यस अवधिसम्ममा ककेससमा सबभन्दा बढी मजदुर आन्दोलन उठ्यो । यसको लेनिनले टिप्पणी उठाउनुभयो, जुन पछि विशाल सोभियत नेतृत्वको आधार बन्यो । स्टालिनले आफूलाई कहिल्यै लेनिनको समकक्षी ठान्नुभएन । लेनिनको नेतृत्वमा हाँकिएको रुसी सामाजवादी क्रान्तिमा उहाँले अतुलनीय योगदान गर्नुभयो । सन् १९१७ अक्टोबर १७ (नयाँ क्यालेन्डरअनुसार नोभेम्बर ७) मा रुसमा समाजवादी क्रान्ति सम्पन्न भयो । यसले एउटा युगको अन्त्य र अर्को युगको सुरुआत ग¥यो ।
कमरेड स्टालिन माक्र्सवाद अर्थात् त्यस समयमा विकासित भएको माक्र्सवाद–लेनिनवादको विकास गर्दै त्यसप्रति कति दृढ हुनुहुन्थ्यो भन्ने उहाँको यो भनाइबाट स्पष्ट हुन्छ– ‘हाम्रा गुरु, हाम्रा नेता इल्यिचलाई सम्झ, माया गर र अध्ययन गर ! इल्यिचले हामीलाई सिकाएअनुसार देश–विदेशका शत्रुहरूसँग लड र तिनलाई परास्त गर ! इल्यिचले हामीलाई सिकाएअनुसार नयाँ समाजको, नयाँ जीवनपद्धतिको र नयाँ संस्कृतिको निर्माण गर ! ससाना काम गर्न कहिल्यै इन्कार नगर किनभने ससाना चीजहरूबाट नै ठूला चीजहरू बनेका हुन्छन् । यो लेनिनको एउटा महत्वपूर्ण आदेश हो ।’
लेनिनवाद २० औँ शताब्दीको महान् आविष्कार हो । योसँग स्टालिनको नाम पनि अभिन्न भएर आउँछ । ‘पश्चिममा केन्द्रवाद (काटस्की) र हाम्रो मुलुकमा केन्द्रवाद (ट्राट्स्की) लगायत सबैखालको अवसरवादका विरुद्ध निर्मम सङ्घर्षमा लेनिनवाद जन्मियो, हुर्कियो र बलियो भयो’, कमरेड स्टालिनको भनाइ थियो । कमरेड स्टालिनलाई प्रस्ट थाहा थियो, क्रान्तिकारी कामकारबाहीहरू जनताका लागि हुनुपर्छ । नेता अर्थात् शासनव्यवस्थाका चालक आउने–जाने कुरा हुन् तर जनता वा मान्छे अमर चीज हुन् । ‘नेताहरू आउँछन्, जान्छन् तर जनता रहिरहन्छन् । जनता मात्र अमर रहन्छन्’, कमरेड स्टालिनले भन्नुभयो ।
पुँजीवादी चरित्रको जातीय तथा क्षेत्रीय आन्दोलनको सार पुँजीपति वर्गको भाग्यसित गाँसिएको हुन्छ । पुँजीपति वर्गको पतनपछि मात्र जातीय आन्दोलन वा सङ्घर्षको विलोप हुन्छ । अनि मात्र उत्पीडितहरूले वास्तविक समानता, एकरूपता, समृद्धि, शान्ति (भत्रगबष्तिथ, जबचmयलथ, उचयकउभचष्तथ बलम उभबअभ) को अनुभूत गर्न सकिन्छ भन्ने उहाँको भनाइ थियो ।
उहाँले भन्नुभयो, ‘प्रत्येक वर्गका आफ्नै प्यारा पर्वहरू हुन्छन्’ । पर्वहरू अर्थात् मानिसका संस्कृतिहरू सङ्घर्षका परिणाम हुन्, जुन वर्गहरूले आफ्ना लागि स्थापित गरेका हुन्छन् । रुसमा भएको समाजवादको विजयले सर्वहारा श्रमजीवी वर्गले नयाँ संस्कृति, संस्कार र चाडपर्वहरू निर्माण गरेको छ । यो कामदारहरूको नयाँ र महत्वपूर्ण उपलब्धि हो ।
जर्मनमा उदाएको त्रूmर फासिवाद फस्टायो र विश्व समुदायलाई आक्रान्त बनायो । बेलायती साम्राज्यवाद र अमेरिकी साम्राज्यवादसमेत उक्त शक्तिसँग आत्तिएको स्थिति थियो । एउटा साहसिक नेतृत्व विश्वले खोजेको थियो । कमरेड स्टालिन त्यही आवश्यकता पूरा गर्नका लागि मानव जातिका लागि मानवतावादीका रूपमा उदाउनुभयो । समाजवादी, मानवतावादी स्टालिन प्रतिक्रियावादी तथा साम्राज्यवादीका लागि आँखाको कसिङ्गर बन्नुभयो । सर्वहारा अधिनायकवादका कट्टर पक्षधर उहाँलाई पार्टीभित्रका अवसरवादी र बाहिरका दुस्मनहरूले आलोचना नगरून् पनि किन ! उहाँको यही सिद्धान्तनिष्ठ व्यवहार र कार्यशैलीले गर्दा सोभियत सङ्घ निर्माण भएको २४ वर्षमै विश्वको महाशक्ति राष्ट्रका रूपमा उदाउन सकेको हो । सर्वहारा वर्गीय समाजवादी रुसले विश्वका श्रमजीवी मानवलाई स्वतन्त्रता, मुक्ति र समृद्धिको सन्देश दिइरहन सकेको हो ।
कमरेड लेनिनको पहलमा स्थापना गरिएको तेस्रो इन्टरनेसनलका रूपमा रहेको कमिन्टर्नको लेनिनको निधनपछि स्टालिनले कुशलतापूर्वक सञ्चालन गर्नुभयो । सन् १९२४ मा कमरेड लेनिनको मृत्युपछि तृतीय कम्युनिस्ट अन्तर्राष्ट्रियको पा“चौँ महाधिवेशन सम्पन्न भयो । यसले ट्राट्स्कीपन्थीको गलत नीतिको व्यापक भण्डाफोर ग¥यो । सन् १९२८ मा तृतीय कम्युनिस्ट अन्तर्राष्ट्रियको छैटौँ महाधिवेशन सम्पन्न भयो । यसमा ट्राट्स्कीले आफू महाधिवेशनमा प्रवेश पाउनुपर्ने मागको निवेदन दिएका थिए । तर उक्त निवेदन अस्वीकृत भयो । सन् १९३५ मा तृतीय कम्युनिस्ट अन्तर्राष्ट्रियको सातौँ महाधिवेशन सम्पन्न भयो । यसमा ६५ वटा कम्युनिस्ट पार्टीका ५१० प्रतिनिधि सहभागी थिए र यसले फासिज्म र युद्धको विरोध गर्ने नीति पारित ग¥यो । जुलाई १९४३ मा दोस्रो विश्वयुद्ध चल्दै गर्दा तृतीय कम्युनिस्ट अन्तर्राष्ट्रियको विघटन भयो । यसमा प्रतिनिधित्व गर्ने विभिन्न मुलुकका नेतृत्वहरूले सर्वहारा वर्गको भूमिकालाई विश्व रङ्गमञ्चमा देखाउन नसकेपछि औचित्यहीन रहन पुग्यो ।
उहाँले सन् १९३८ मा सोभियत सङ्घको कम्युनिस्ट पार्टी (बोल्सेबिक) को इतिहास, लेनिनवादका आधारहरू, माक्र्सवाद र भाषाशास्त्र, सन् १९१६ मा माक्र्सवाद र जातीय सवाल, माक्र्सवाद र राष्ट्रिय प्रश्न, सर्वहारा समाजवाद, भीआई लेनिनजस्ता विश्वविख्यात पुस्तकहरू लेख्नुभयो ।
१९५३ मार्च ५ मा उहाँको निधन भयो । एउटा युगको नेतृत्व गर्ने महान् नेताको अन्त्यसँगै संसारभरका श्रमजीवी जनसमुदाय तथा सर्वहारा वर्गले एकजना मार्गदर्शक, गुरु, आफ्नो वर्गलाई सबभन्दा माया गर्ने प्यारो नेता गुमाए । आजको साम्यवादी आन्दोलनमा उहाँको अभाव खड्किरहेको महसुस भएको छ ।
स्टालिन जिउँदो भइन्जेल प्रशंसक र स्टालिनको सबभन्दा अनुयायी ठान्ने ख्रुस्चेभले सोभियत सङ्घको नेतृत्व हत्याएपछि आलोचक मात्र भएन, वर्गदुस्मनकै व्यवहार ग¥यो । उसले ६१ वटा आरोप र घटिया दर्जाको दुस्मनको संज्ञा दिनसम्म पछि परेन । यस्तो व्यवहार उसको सत्तामा आउने षड्यन्त्र थियो भन्ने प्रस्ट भयो । साम्राज्यवादी दुस्मनहरूले त्यसैमा टेकेर कमरेड स्टालिन मात्र होइन, विश्व कम्युनिस्ट आन्दोलनविरुद्ध नै प्रहार गरे । किरोबको हत्या आरोपसमेत स्टालिनमाथि लगाइयो, जब कि स्टालिन किरोबलाई असाध्यै मन पराउनुहुन्थ्यो । किरोब पनि स्टालिनलाई असाध्यै सहयोग गर्नुहुन्थ्यो । ट्राट्स्की र ओर्लोभ गलत थिए । बुखारिनसँगको मतभेद सामान्य मात्र थियो ।
महान् स्टालिनको निधनपछि उहाँ र कम्युनिस्ट आन्दोलनमाथि संशोधनवादी र प्रतिक्रयावादी आक्रमण भएको बेला महान् स्टालिन र माक्र्सवाद–लेनिनवादको प्रतिरक्षा गर्नु चिनियाँ कम्युनिस्ट पार्टीको कर्तव्य रह्यो । माओले सन् १९५६ मा पार्टीको पोलिटब्युरो बैठकमा पेस गरेको स्टालिनसम्बन्धी प्रस्ताव पेस गर्नुभयो । बैठकले निर्णय ग¥यो, ‘लेनिनको मृत्युपछि पार्टीका प्रमुख नेता कमरेड स्टालिनले माक्र्सवाद–लेनिनवादलाई सिर्जनात्मक ढङ्गले विकास गर्नुभयो र लागू गर्नुभयो । यस सङ्घर्षमा लेनिनवादको विरासतलाई अघि बढाउन ट्राट्स्कीपन्थीहरू, जिनोबियबपन्थीहरूका साथै अन्य बुर्जुवा–दुस्मनका विरुद्ध निर्मम सङ्घर्ष गर्नुभयो र एकजना माक्र्सवादी–लेनिनवादी योद्धाका रूपमा जनतासामु आफूलाई प्रमाणित गर्नुभयो ।’ उहाँले आफ्नो मान्यतालाई अघि सार्दै भन्नुभयो कि ‘लेनिनवाद भनेको साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको माक्र्सवाद हो । अझ खास भन्ने हो भने लेनिनवाद भनेको सामान्यतयाः सर्वहारा क्रान्तिको सिद्धान्त तथा कार्यनीति र विशेषतः सर्वहारावर्गको अधिनायकत्वको सिद्धान्तर कार्यनीति हो ।’
कमरेड स्टालिनबारे चर्चापरिचर्चा व्यापक हुँदै थियो । संशोधनवादी र प्रतिक्रियावादीहरूले यति धेरै स्टालिनको आलोचना गरे र के भ्रम पारे भने कमरेड माओले पार्टी केन्द्रीय सदस्यहरूलाई समेत अझ स्पष्ट पार्नुपार्ने महसुस गर्दै सन् १९५६ नोभेम्बरमा भएको केन्द्रीय समितिको बैठकमा प्रस्ताव राख्नुभयो, ‘…पहिलो कुरा हामी स्टालिनको प्रतिरक्षा गर्दछौँ । दोस्रो कुरा त्यसका साथसाथै हामी उहाँका गल्तीहरूको आलोचना गर्छौं । हामीले ‘सर्वहारा अधिनायकतन्त्रको ऐतिहासिक अनुभवबारे’ भन्ने लेख पनि लेखेका छौँ । स्टालिनलाई बदनाम गर्न र सिध्याउन खोज्ने केही मानिसहरूभन्दा पृथक रूपबाट हामीचाहिँ वस्तुगत यथार्थअनुरूप काम गरिरहेका छौँ ।’ (माओका सङ्कलित रचनाहरूबाट) ।
माओले के पनि स्पष्ट पार्नुभयो भने ‘…उहाँका गल्तीहरू २० वा अझ कम १० प्रतिशत हुन सक्छन् वा ३० प्रतिशतभन्दा बढी पनि हुनसक्छन् । सबै कुरामाथि ध्यान दिएर हेर्दा स्टालिनका उपलब्धिहरू प्रमुख तथा उहाँका कमजोरी र गल्तीहरू गौण रहेका छन् । यस विषयमा हाम्रो दृष्टिकोण ख्रुस्चेभको भन्दा फरक छ ।’ (उही, माओका सङ्कलित रचनाहरूबाट) ।
स्पष्ट हुनुपर्ने कुरा के छन् भने कमरेड स्टालिन जिउँदो हुँदा अहिले जसरी संशोधनवादी तथा प्रतिक्रियावादी कोणबाट आलोचना भएको थिएन । साम्राज्यवादीको ठूलो लगानीमा स्टालिनबाट भएका नियतबिनाका कमजोरीहरूमा टेकेर कम्युनिस्ट आन्दोलनमाथि प्रहार गर्ने नियतले भएका मात्र हुन् ।
दोस्रो विश्वयुद्धमा सबैभन्दा महत्वपूर्ण भूमिका निर्वाह गरेको, अमेरिका, बेलायतजस्ता साम्राज्यवादी शक्तिले समेत हिटलरी फासिवादबाट जोगिन हारगुहार गरेका एकजना कुशल वैज्ञानिक समाजवादी नेता, सर्वहारा वर्गका मार्गदर्शक, मानवतावादका अनुयायी विश्वविख्यात महान् स्टालिनबारे कोहीकसैले फैलाएको भ्रममा पर्नुपर्ने आवश्यकता छैन ।







