
नेपालको संविधान २०७२को कार्यान्वयनसँगै नेपालमा ५वटा दलले राष्ट्रिय मान्यता प्राप्त गरेका छन् । यद्धपी नेपाली कांग्रेसको बैशाखीमा नया“ शक्तिका बाबुराम भट्टराई, एमालेको बैशाखीमा राष्ट्रिय जनमोर्चाका दुर्गा पौडयाल, राप्रपाका राजेन्द्रलिंगदेनले विजय प्राप्त गरेका छन् । एउटा मात्रै कम्युनिष्ट पार्टी–नेमकिपाले आफ्नै स्वतन्त्र पहलमा भक्तपुरको शहरी क्षेत्रमा आफनो वर्चश्व राख्न सफल भएको छ ।
अहिले निर्वाचनको सबै मत परिणाम बाहिर आएको छ तर “वाम गठबन्धन”लाई सरकार हस्तान्तरण गर्न वर्तमान सरकारका प्रधानमन्त्री तयार देखिएका छैनन् । यसो गरेर उनले संसदीय व्यवस्थाको असली रुप प्रदर्शन गरेका छन । नेपालको संसदीय व्यवस्थाको असली रुप भनेको नेपनली जनताबाट अभिमत लिने तर काम चाही विदेशीको इशारामा उनीहरुकै फाइदाका लागि गर्ने । अहिले पनि यसका पछाडि देउवा एक्लो छैनन् । सिंगै सिंगै दिल्ली यसका पछाडि उभिएको छ भन्दा फरक नपर्ला । उसले सजिलै केपी ओलीको नेतृत्वको सरकारलाई सरकारमा जान दिने छैन । प्रथम उसले यो काम प्रचण्डलाई उपयोग गरेर सके “वाम गठबन्धन”लाई नै तोडन चाहन्छ, नसके प्रचण्डमार्फत उसले एमालेभित्र आफ्नो हैसियत खोज्न कोशिस गर्ने छ ।
प्रचण्डमार्फत आन्तरिक केही सम्झौता नभई–खासगरी अब आउने केपी सरकारको चीनप्रतिको झुकावमा ब्रेक लगाएर मात्रै उसले नया“ आउने केपी नेतृत्वको सरकारलाई मान्यता दिने प्रक्रिया मिलाउ“दै छ । यसका लागि प्रचण्ड नै उसका उपयुक्त माध्यम र साधन बन्ने छन् । किनभने विगतमा उसले प्रचण्डबाट काफी सहयोग प्राप्त गरेको छ । मधेसी मोर्चाहरुका दुई घटक र नेपाली कांग्रेसले शेरबहादुर देउवामार्फत यो सन्देश पु¥याइसकेको कुरा पनि बाहिर प्रेशमा आइसकेको छ कि केपी होइन् प्रचण्डको नेतृत्वमा सरकार । तर नेपाली जनमत अहिलेलाई केपीको पक्षमा देखिएको छ । मधेसी मोर्चाहरुका दुई घटक र नेपाली कांग्रेसमार्फत भारतले प्रचण्डलाई सरकारको नेतृत्वगर्ने लालचासहित यो प्रस्ताव ल्याएको हो ।
हुन सक्छ निर्वाचनमा एमाले र माकेले बा“डेको ६० र ४०को भागबण्डालाई सरकार बनाउनेमा पनि त्यही सम्भावनालाई अगाडि ल्याउन पनि भारत प्रचण्डलाई सल्लाह र सुझाव दिन चाहन्छ । शेरबहादुर देउवाको यो सरकार हस्तान्तरण गर्नका लागि गरेको नौटंकिले माथि उल्लेख गरिएका सम्भावनाहरु तर्फ पनि संकेत गर्दछ । किनभने प्रचण्ड जुन बेला जे सुकै निर्णय गर्न सक्ने नेतामा बदनामी कमाएका नेता हुन् । हुनत इतिहासबाट केही नया“ पाठ सिक्नै सकिदैन् भन्ने होइन् र प्रचण्डबारे पनि त्यो सम्भावनालाई नकार्न सकिदैन् ।
जसरी विगतमा भारतीय नाकाबन्दीलाई सहर्ष स्वीकार नगरी नेपाली स्वाभिमानलाई केही उचा उठाउने कामबापत वर्तमान परिणाम प्राप्त गरेका केपीओली यति छिट्टै भारतको दवावमा प्रत्यक्षत झुक्ने छैनन् तर “वाम गठबन्धन”भित्र दिल्ली माकेमार्फत बलियोगरी छिरेको छ,, त्यसलाई उनी कसरी व्यवस्थापन गर्न सफल हुने छन् हेर्न बा“की नै छ । अबको राजनीति भारतका लागि झन हितकर छ, किनभने “लोकतान्त्रिक गठबन्धन” उसको पूर्णत पकडमा छ र प्रचण्डमार्फत एमालेभित्रका दिल्लीसमर्थकहरुलाई “वाम गठबन्धन”को रुपमा उपयोग गर्न सकेमा भारत निश्चिन्त बन्ने छ । अर्को सम्भावना भारत केपीसित तत्कालका लागि अन्य नभई दुईवटा कुरामा विश्वस्थ हुन चाहन्छ,–प्रथम भारतसितको परम्परागत परनिर्भरता र चीनसितको दुरी ।
अनि दोस्रो नेपालको जलस्रोत खासगरी माथिल्लो कर्णाली, कोशी अपरडयाम्, अरुणआदि नदीमाथि उसको हैकमको निरन्तरता । यसका लागि सम्भवतः प्रचण्डको सिंगापुर, हङकङआदि देशको अनौपचारिक भ्रमण, जहा“ उनले यी विषयमा भारतीय नेताहरुलाई आश्वस्थ बनाउन सकुन कि अब बन्ने “वाम गठबन्धन”को सरकारले भारतको इच्छामा खासै नकारात्मक असर पार्ने छैन्, नकार्न सकिदैन्् । जे होस अब नेपालको भावी संसदीय राजनीति दुई गठबन्धनको चौघेरामा गोलचक्कर लगाउने स्पष्ट छ । राष्ट्रिय जनमोर्चा, नया“ शक्ति राप्रपाआदि एमालेको बैशाखीमा टेकेर संसदमा पुग्न सफल देखिएका छन् । केबल देश र जनताका लागि संसदमा बोल्ने एउटैमात्र राजनीतिक दल–नेमकिपा रहन गएको छ, तै पनि एक जना संसदको आधारमा ।
त्यसैले अबको लागि नया“ वैकल्पीक राजनीति शक्तिको आवश्यकता छ र त्यो सम्भावना मरिकेको छैन् । जसको नेतृत्व नेकपा(क्रान्तिकारी माओवादी) र नेकपा(विप्लव)को क्रान्तिकारी एकताबाट मात्रै सम्भव देखिएको छ । नेकपा(मसाल)ले एमालेको बैश्ाँखी टेकेर एक सिटका लागि लोभगर्दै त्यो विगतको सम्भावनालाई धुमिल बनाएको छ । यो देशभक्त क्रान्तिकारी मोर्चामा आउने नेमकिपाको सम्भावनालाई अझै नकार्न सकिदैन् । उसको त्यो सम्भावना जीवितै छ । यसरी नेपालको भावी राजनीतिलाई जनताको बीचमा ल्याउनका लागि राष्ट्रियता, वर्गसंघर्ष र जातिय उत्पीडनका लागि गरिने वर्ग संघर्ष र सडक संघर्षको विकल्प छैन् । र यसले नेपालको राजनीतिमा केही महत्वपूर्ण परिवर्तनहरु आउने सम्भावनालाई नकार्न सकिदैन् ।
त्यसको नेतृत्व पनि कम्युनिष्टहरुकै हातमा गएको छ । र यसका लागि क्रान्तिकारी कम्युनिष्टहरुको नेतृत्वमा देशभक्त गणतन्त्रवादी तथा प्रगतिशीलहरुको बीचको एकता अनिवार्य शर्त बन्न गएको छ ।
hukumsingh2012@yahoo.com







