अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पलाई एक अमेरिकी नागरिकले मानसिक रूपमा असन्तुलित र असक्षम भएकाे अाराेप लगाएका छन्।

एक अमेरिकी नागरिक एवं पत्रकार  माइकल वुल्फले एउटा विवादास्पद पुस्तकमा  ट्रम्प केटाकेटी जस्तो भएको र आफ्नो पुस्तकमा उल्लेखित सबै विषय सही भएको दावी गरेका छन्।

ढिलाेगरी गत शुक्रबार प्रकाशित एउटा विवादास्पद पुस्तकका लेखकले ७१ वर्षीय अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प केटाकेटी जस्तो भएको र आफुले भनेको कुरा तत्काल पुरा गरिनुपर्ने उनको बानी रहेको बताएका छन्। अमेरिकी टेलिभिजन नेटवर्क एनबीसी न्युजसँग कुरा गर्दै माइकल वुल्फले आफुले ट्रम्पसंग तीन घन्टा कुरा गरेको दावी समेत गरेका छन्।

तर ट्रम्पले उनीसँग पुस्तकमा छाप्न भनेर आफुले कुरा नगरेको बताएका छन्। सो विवादास्पद पुस्तकले राष्ट्रपति ट्रम्पलाई आक्रोशित तुल्याएको बताइएकाे छ।

उनको प्रशासनका बारेमा लेखिएको उक्त पुस्तक पहिलो पटक हात पार्न ग्राहकहरु राजधानी वासिङगटनमा बिहीबार मध्यरातसम्म लाइनमा बसेका थिए। कानूनी कारवाहीको धम्कीको बेवास्ता गर्दै प्रकाशकले ‘फायर एण्ड फ्युरी’ शीर्षकको सो पुस्तक पूर्वनिर्धारित समयभन्दा चारदिन अघि नै बजारमा ल्याएका छन्।

राष्ट्रपति डोनाल्ड ट्रम्पले उनको प्रशासनबारे लेखिएको र भर्खरै प्रकाशित सो पुस्तकलाई ‘झुटहरूले भरिएको’ भन्दै खारेज प्रतिक्रिया दिएका छन्।लेखक वुल्फलाई आफूले कहिल्यै ह्वाइट हाउसमा प्रवेश नदिएको राष्ट्रपति ट्रम्पको भनाइ छ।

पुस्तकमा ट्रम्पको नेतृत्वविरुद्ध गम्भीर आरोपहरू लगाइएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार