
सन् १९६४ देखि सुरु भएको कोलम्बियाली सशस्त्र क्रान्तिकारी शक्ति (विद्रोही) र सरकार पक्षबीच भएको ५२ वर्ष लामो सशस्त्र संघर्ष हालै सन् २०१६ को अगस्त २५ मा शान्ति सम्झौतामा पुगेर टुंगिएको घोषणा गरियाे ।
सबै पश्चिमा संचार माध्यमलाई आधार मानेर हेर्दा रेभुलसनरी आमर्ड फोर्स अफ कोलम्बिया (एफएआरसी–फार्क) ले नेपालको शान्ति सम्झौताजस्तै पाँच बुँदे सम्झौता गरेर आधा शताव्दी लामो सशस्त्र संघर्ष सकिएको घोषणा गरेको छ ।
फार्कको भित्री आन्तरिक धारणा के हो ? त्यो अहिलेसम्म बाहिर आएको छैन । तर यो घटनालाई लिएर बीबीसी, सीएनएनलगायत पश्चिमा संचार माध्यमहरुले निकै ठूलो महत्व दिएर समाचार बनाए ।
अनौठो के भयो भने यो सम्झौता कम्युनिस्ट मुलुक भनिने क्युवाको राजधानी हवानामा सम्पन्न भयो । जहाँ सरकारी र विद्रोही पक्षका नेतालाई सँगै राखेर क्युबाली राष्ट्रपति फिडेल क्यास्ट्रोले आफ्नो प्रत्यक्ष उपस्थिति र संलग्नतामा सो सम्झौतामा हस्ताक्षर गर्न लगाए । कुनैबेला त्यही क्युबा र क्यास्ट्रोले कोलम्बियाली क्रान्तिकारी सशस्त्र शक्ति (फार्क) लाई हतियार खरिद, प्रत्यक्ष तालिम र आर्थिक स्रोत समेत दिने गरेको भनेर विभिन्न अन्तर्रा्ष्ट्रिय समाचार एजेन्सीले बताउने गरेका छन् ।

५२ वर्षको युद्धमा के भयो ?
आधा शताव्दी लामो सरकारी र विद्रोही पक्षबीच चलेको सो द्धन्द्धमा लाखौं मान्छे मारिए । सीएफआर डट ओरआजी नामक विदेशी वेभसाइटमा डेनियल रेनविकले तयार पारेको रिसर्चअनुसार ५२ वर्षको कोलम्बियाली सशस्त्र संघर्षमा २ लाख २० हजार मानिस मारिए । त्यही द्धन्द्धमा ५.७ मिलियन अर्थात् ५० लाख ७० हजार मान्छे विस्थापित हुनु परेको र २५ हजार मान्छे अझैं बेपत्ता भएको सोही रिपोर्टमा उल्लेख छ ।
सन् १९६४ मा फार्कले ५० जनाको सशस्त्र टुकडी बनाएर सुरु गरेको सशस्त्र संघर्ष सन् १९७८ मा पुग्दा २ हजारदेखि ३ हजार सशस्त्र शक्ति निर्माण गर्न पुग्छ । त्यो विस्तार हुँदै सन् १९८२ पुग्दा झण्डै ५ हजार सशस्त्र फोर्सको रुपमा तयार हुन्छ । त्यो अझ विकास र विस्तार हुँदै सन् २००१ तिर १६ हजार सशस्त्र शक्तिको रुपमा विस्तार हुन्छ ।
सन् २००७ तिर झण्डै २० हजार सैन्य टुकुडीको रुपमा विस्तार हुन पुगेको फार्कको सेना त्यसपछि भने कोलम्बियाको सरकारले अमेरिकी सैन्य सहयोगमा पूरै देशभरि सैन्य दमन अभियान चलाउछ । सो दमनपछि फार्कले केही नोक्सानी व्यहोर्न पुग्छ । त्यसका बाबजुद पनि कोलम्बियाली सशस्त्र क्रान्तिकारी शक्तिले पूरै गाउँ आफ्नो नियन्त्रणमा लिएर राज्यलाई राजधानी बोगटाभित्र मात्र कैद गराउन पुग्छ ।
ल्याटिन अमेरिकाको उत्तरी क्षेत्रमा रहेको कोलम्बिया सन् १९६५ को समयतिर सशस्त्र आन्दोलन आरम्भ हुँदा त्यहाँको जनसंख्या झण्डै २ करोड मात्र थियो । त्यो सन् २००१ मा आउँदा झण्डै साढे ४ करोड पुग्छ । सन् २०१६ आउँदा कोलम्बियाको जनसंख्या झण्डै ५ करोड पुगेको छ । झण्डै ५ करोड जनसंख्या रहेको कोलम्बियामा २ लाख २० हजार मान्छे मारिनु कम ठूलो मानवीय क्षति होइन ।
सुरुवातमा राम्रो काम गरेको कोलम्बियाली सशस्त्र क्रान्तिकारी शक्ति (फार्क) को पछिल्ला दिनमा शक्तिमा आएपछि उसले लागु औषध ओसारपसार, कोकिनजस्ता अवैध व्यापारमा सारा ध्यान लगाएपछि उसको जनतासँगको सम्वन्ध नराम्रो बन्न पुग्छ । जुन व्यवहारलाई लिएर अमेरिकाले फार्कलाई आतंककारी लिस्टमा राख्छ । साथै कोलम्वियामा लाखौं मान्छे सडकमा आएर फार्कका विरुद्ध प्रदर्शनमा उत्रिन्छन् ।

शान्ति संझाैतामा हस्ताक्षर गर्दा फार्क र सरकारी पक्षका नेताहरू र बीचमा क्युबाका नेता राहुल क्यास्ट्राे ।
प्रचण्ड र फार्कको एउटै प्रकृतिको बाटो
सन् २०१६, २४ अगस्तमा प्रकाशित अन्तर्राष्ट्रिय समाचार एजेन्सी बीबीसका अनुसार सन् २०१२ को नोभेम्बर १२ मा फार्क र सरकारबीच शान्तिवार्ताको पहिलो ढोका खुल्यो । सो वार्तामा ६ बुँदे प्रस्तावमा जेन्टलमेन्ट एग्रीमेन्ट गरिएको हुन्छ ।
सो वार्तामा सरकारका तर्फबाट कोलम्वियाली राष्ट्रपति जुन मेनुयल सान्तोस र क्रान्तिकारी सशस्त्र शक्ति कोलम्विया (फार्क) का पहिलो कमाण्डर टिमोलियोन जिमेनेजको प्रत्यक्ष उपस्थिति रहन्छ । र, यसलाई लिएर हालै सम्झौता भएको बताइएको छ । ती ६ बुँदे प्रस्तावहरु यस्ता छन् ।
पहिलो, भूमि सुधार गर्ने ।
दोस्रो, फार्कको राजनीतिक सहभागिता गराउने ।
तेस्रो, विद्रोही (फार्क) को निशस्त्रीकरण गर्ने ।
चौथो, लागूऔषध बेचविखनमा अन्त्य गरिने ।
पाँचौं, द्धन्द्ध पीडितहरुको अधिकार पुनस्र्था्पित गर्ने र
छैठौं, कार्यान्वयनमा लैजाने ।
सन् १९६४ मा कोलम्बियामा कम्युनिस्ट सत्ता स्थापना गर्ने भनेर खडा भएको फार्क अब अन्तिममा पुगेर के गर्छ भन्ने कुरा उसले अरु कुरा बाहिर ल्याएको छैन । पश्चिमा मिडियाको समाचारलाई आधार मानेर हेर्ने हो भने फार्कका पछिल्ला सबै एक्सनहरु अवैध ड्रग्स ट्राफिकिङ र कोकिन ट्रेड डिष्ट्रव्युसनमा केन्द्रीत गरेको देखिन्छ ।
अब पछिल्ला दिनमा फार्कले कसरी आफ्नो नीति ल्याउछ त्यो भने केही समय हेर्नैपर्छ । तर उसले सरकारसँग गरेका सबै वार्ताका बुँदाहरु हेर्दा नेपालमा प्रचण्डले गरेको विस्तृत शान्ति सम्झौताजस्तै तरिकाले गरेको देखिन्छ । अलिकति प्रचण्डको भन्दा भूमिसुधारको कार्यक्रम प्रगतिशील देखिएपनि त्यो कार्यान्यनमा जाँदा के हुन्छ अहिल्यै भन्न सकिदैन । तर सबै सार हेँर्दा कोलम्बियाको सशस्त्र क्रान्तिकारी शक्तिले अपनाएको बाटो नेपालमा प्रचण्डले समाएको बाटोभन्दा खासै नयाँ देखिदैन ।
फार्कको पूरानो इतिहास
कोलम्बियाली सशस्त्र क्रान्तिकारी शक्ति (फार्क) को पूरानो इतिहास कोलम्बियाली कम्युनिस्ट पार्टी (पीसीसी) हो । यसको स्थापना सन् १९३० मा भएको थियो । रुसमा सन् १९१७ मा सम्पन्न अक्टोबर क्रान्तिबाट प्रभावित भएर कोलम्वियामा कम्युनिस्ट पार्टी निर्माण हुन्छ ।
सन् १९४० देखि १९५० सम्म कोलम्वियाली कम्युनिस्ट पार्टीको लिंकमा कोलम्वियाका ग्रामीण वस्तीमा नियमित तथा अनियमित छामापार शक्ति निर्माण हुन्छ । त्यो विस्तारै ठूलो रुप लिदै गर्दा सन् १९६४ मा पुगेर साना छापामार शक्तिबाट कोलम्वियाली क्रान्तिकारी शक्ति (फार्क) को निर्माण हुन पुग्छ । त्यो बेलासम्म फार्क कोलम्वियाको कम्युनिस्ट पार्टीको सैन्य शक्तिको रुपमा लिने गरिन्छ ।
त्यसपछि विस्तारै सन् १९८० पछि कोलम्वियाली कम्युनिस्ट पार्टी र फार्कको बीचमा अन्तविरोध पैदा हुन पुग्छ । उनीहरु अलग राजनीतिक गतिविधी गर्न पुग्छन् । त्यसको केही समयपछि कोलम्वियाली कम्युनिस्ट पार्टीभन्दा फार्क शक्तिमा उदाउँछ । सन् १९८७ मा पुगेर फार्कले विस्तारै अलग्गै गतिविधी सुरु गर्न थाल्छ । पछि सन् १९९३ मा पुगेर फार्क र पीसीसीबीच औपचारिक रुपले विभाजित हुन पुग्छन् ।
कोलम्वियाबाट नेपालका क्रान्तिकारी माओवादीले के सिक्ने ?
युद्ध र सम्झौतालाई क्रान्तिकारी आन्दोलनमा सापेक्ष रुपले हेर्नु पर्छ । यी दुवै प्रक्रियाबाट समाज रुपान्तरणका निम्ति योगदान गर्न क्रान्तिकारीहरुले ठूलो भूमिका खेल्नु पर्छ । अहिलेसम्म विश्व इतिहासमा लेनिन र माओबाहेक अरु कसैले युद्ध र सम्झौतालाई सही ढंगले प्रयोग गर्न सकेको देखिदैन ।
लेनिनले सन् १९१८ मा गरेको लिटोभस्क सम्झौता होस् या माओले सन् १९४५ मा गरेको छुङकिङ वार्ता र सम्झौता होस् ती दुवै प्रकृति क्रान्तिकारी आन्दोलनमा विश्वका सबै क्रान्तिकारीहरुले अलवम्बन गर्नै पर्ने बाटा हुन् ।
तर पछिल्ला दिनमा खासगरी माओको निधनपछि युद्ध र सम्झौतालाई हेर्ने कोणमा दुई अति देखा परेका छन् । एउटा वार्ता र सम्झौतालाई पूरै नकार्ने र अर्को पूरै सकार्ने । पेरुमा गोन्जालोको नेतृत्वमा रहेको पेरु कम्युनिस्ट पार्टीले तत्कालीन सन्दभर्मा वार्तालाई पूरै अस्वीकार ग¥यो । तर यता फिलिपिन्सको कम्युनिस्ट पार्टीले भने सुरुदेखि वार्तालाई नै प्रमुख ठान्ने गल्ती गर्न पुगेको देखिन्छ ।
फिलिपिन्सको कम्युनिस्ट पार्टी, नेपालको प्रचण्ड र अहिले कोलम्वियाको क्रान्तिकारी सशस्त्र शक्तिले अपनाएको बाटो हेर्दा एउटै प्रकृतिको देखिन्छ । यो क्रान्तिकारी आन्दोलनका लागि घातक बाटो हो । आन्दोलनका सबै पुँजीलाई समाप्त गरेर सम्झौता गर्नु लेनिन र माओको बाटो विपरित कुरा हो ।
यसबाट बचेर युद्ध र वार्तालाई क्रान्तिकारीहरुले सही ढंगले प्रयोग गर्न सक्नु पर्दछ ।
सन्दर्भ स्राेतहरू –
https://en=wikipedia=org/wiki/Colombian_Communist_Partyhttps://www=farc-epeace=org/http://web=stanford=edu/group/mappingmilitants/cgi-bin/groups/view/89http://www=bbc=com/news/world-latin-america-11400950http://www=foxnews=com/world/2016/08/25/colombia-farc-rebels-reach-deal-to-end-half-century-







