क्रान्ति सम्भव छ र छैन, क्रान्ति गर्नु पर्छ र गर्न सकिदैन, कम्युनिस्टहरु बीचमा चल्दै आएका र चलिरहेका वहस हुन् । यी वहस रणनीति र अमूर्ततामा कम कार्यनीति र मूर्ततामा बढी हुने गरेका छन् । बहसको तिक्ष्णता र पेचिलोपन पनि रणनीति र अमूर्ततामा कम कार्यनीति र मूर्ततामा बढी हुने गरेको छ । आजको कम्युनिस्ट वहस र एकता पनि यसैमा केन्द्रित छ ।

सिद्धान्त, रणनीति र अमूर्ततामा क्रान्ति हुन्छ र गर्नुपर्दछ भन्ने विषयमा कम्युनिस्टहरु बीच कुनै असहमति र अस्वीकृति रहेको छैन र अहिले पनि छैन । प्राय सवैले क्रान्ति हुन्छ र गर्नुपर्दछ भन्ने नै आउछ तर जब क्रान्तिलाई व्यवहारमा कार्यन्वयन गर्ने, रणनीतिलाई कार्यनीतिमा ठोस गर्ने र अमूर्ततालाई मूर्तरुप दिने समय आउछ त्यसपछि कम्युनिस्टहरुमा एकता पनि नयाँ बन्न थाल्छ सङ्घर्ष पनि पर्न थाल्छ । आपसका पुराना एकता पनि बदलिन पुग्छन् सङ्घर्ष पनि बदलिन पुग्दछन् । अझ यसो भनौं जब क्रान्तिको ठोस र मूर्तरुप अगाडि आउछ तब कम्युनिस्टहरु बीच सामान्य अवस्थामा रहेको सैद्धान्तिक र रणनैतिक एकता विभाजित हुनु पुग्दछ र नयाँ एकता नयाँ सङ्घर्ष बन्न पुग्दछ ।

कम्युनिस्टहरु कम्युनिस्ट पार्टी निर्माण गर्ने र क्रान्ति सङ्गठित गर्नेबारे प्राराम्भमा एकमत रहन्छन् । सामान्यत सामन्त दलालहरुको विरोध गर्दासम्म पनि एकमत नै रहन्छन् तर जब सामन्त र दलालस“ग या राज्यसत्तास“ग सङ्घर्ष पर्न थाल्दछ र त्यसलाई क्रान्तिसम्म उठाउनु पर्ने हुन्छ तब एकथरीलाई लाग्न थाल्छ कि क्रान्ति भनेको जवरजस्त लाद्ने विषय कहा“ हो, केही नेताहरुको धारणा बन्ने वित्तिकै सुरु गरिहाल्ने कुरा कहा“ हो ? क्रान्तिको लागि त बस्तुस्थिति न तयार र परिपक्व हुनु प¥यो । क्रान्तिको लागि जनता तयार हुनु प¥यो, दुश्मन कमजोर हुनु प¥यो, पार्टीको सम्पूर्ण तयारी पुग्नु प¥यो, अन्तर्राष्ट्रिय परिस्थिति अनुकुल चाहियो आदि । यी आधार तयार नहुँदै क्रान्तिको कुरा गर्नु भनेको परिस्थिति नबुझ्नु, आवेग प्रधान बनाउनु, नेताको इच्छा लाद्नु हुन जान्छ यस्तो क्रान्ति गर्नु उचित हुँदैन । तर त्यहीनेर अर्काथरी कम्युनिस्टलाई लाग्दछ की क्रान्ति भनेको स्वतस्फूर्ततामा घट्ने घटना कहाँ हो र, यो स्वत भइहाल्ने कुरा पनि होइन, क्रान्ति त सचेततापूर्वक सङ्गठित गरिने र धक्कापूर्ण तरिकाले अगाडि बढाइने र सफल हुने कार्य हो । यसको बुझाइमा क्रान्तिको लागि क्रान्तिकारी सिद्धान्त, क्रान्तिकारी पार्टी, जनता, अन्तर्राष्ट्रिय परिस्थिति सबै चाहिन्छ र अनुकुलता पनि हु“नैपर्दछ तर यि आधारहरु भएर मात्र पुग्दैन । सिद्धान्त त उत्पीडित राष्ट्र र पुँजीवाद चलेका देशमा यि आधार कायम हुन्छन् नै तर क्रान्ति सबैमा छैन त । यसको अर्थ हो क्रान्ति सामान्य आधारहरुकै भरमा भइहाल्ने कार्य होइन यसको लागि असल नेताहरुको टिम, उत्साही कार्यकर्ता र उनीहरुको धक्कापूर्ण र साहासिक पहल अनिवार्य नै हुन्छ । यसर्थ क्रान्तिको लागि स्वतस्फूर्ततामा फस्नु हु“दैन बरु योजनाबद्ध ढङ्गले हाम फाल्न तयार हुनुपर्दछ । तब कम्युनिस्टहरु बीचको एकता एकतामा अटाउन सक्दैन र त्यो सङ्घर्षमा बदलिन पुग्दछ । एकथरी विभिन्न तर्कहरुको सहारामा क्रान्तिलाई तत्कालीन योजनाबाट सुदुर भविश्यको विषय बनाउन लागिपर्दछन् । अर्काथरी चाही विभिन्न तर्क र तथ्यहरुको मद्दतमा क्रान्तिलाई तत्कालीन कार्य सुचिमा ढाल्न र कार्यन्वयन तर्फ जान जोड गर्दछन् फलत कम्युनिस्टहरुको सङ्घर्ष घनघोर बन्न पुग्दछ । कहिले काही यही कारणले फुट र एकता घट्न पुग्दछ ।

याे पनि हेर्नुस्-‘जातीय मुक्तिबारे विप्लवको धारणा, ‘उत्पीडित जातीहरुलाई मुक्ति दिनुपर्छ अनि मात्र देश बलियो हुन्छ’

इतिहासतः माक्र्सदेखि लेनिन हुँदै माओसम्मका बीचमा क्रान्तिका ठुलठूला वहस हु“दै आएका छन्, वहस सिद्धान्तमा भयो, रणनीति र कर्याक्रममा पनि भयो । तर फुटकै कारण भने मूर्त कार्यनीति र तत्कालीक कार्य योजनामा आएर भएको छ । वैज्ञानिक समाजवादका श्रजक कार्ल माक्र्स र बाकुनिन बीचको फुट, माक्र्स र लासालहरु बीचको सङ्घर्ष लेनिन र मस्र्तोभ, लेनिन र ट्रटास्की बीचको फुट हुँदै माओ र छनतुस्यु, लिलिसान, वाङमिङ, माओ र लिउसाओचिसम्मको सङ्घर्ष र फुट यही विषयसँग जोडिएको छ । यो मात्र होइन चाहे स्टालिन र ट्रटास्की बीचको सङ्घर्ष होस चाहे तेस्रो अन्तराष्ट्रको सङ्घर्ष सबैमा कार्यनी र कार्य योजना नै प्रमुख मामिला बनेको छ ।

कम्युनिस्टहरुको सङ्घर्ष र एकताको विषयलाई र हाम्रै देशको कम्युनिस्ट इतिहासलाई अध्ययन गर्दा पनि बुझिन्छ कि मुख्य सङ्घर्ष र फुटको कारण क्रान्तिको कार्यनीति र कर्याक्रममै परेको छ । कमरेड पुष्पलालले गठन गरेको एकीकृत कम्युनिस्ट पार्टीमा मनमोहन, केशरजंग र तुल्सीलालस“ग भएको सङ्घर्ष र फुट होस या पुर्व मालेको झापा विद्रोह ताक भएको फुट होस, चाहे चौथो महाधिवेशन मै आएको फुट चाहे पुर्व एकता केन्द्रमा आएको फुट्नै होस सबै नै क्रान्तिको कार्यनीति र कार्यक्रममै केन्द्रित रहेर भएका छन् ।

यतिवेला नेपालका कम्युनिस्टहरु बीच जे जति अन्तर रहेका छन् ति पनि बढी भन्दा बढीको बीचमा कार्यक्रम कार्यनीति र कार्यन्वयन मै रहेको छ । यसरी विश्लेषण गर्दा निस्कर्ष निकाल्न सकिन्छ कि कम्युनिस्टहरु बीचका ठुलठूला एकता र ठुलठूला सङ्घर्ष, कार्यनीति, कार्यक्रम र मूर्त प्रयोगमा गएर हुन्छ ।

निकट भविश्यमा नेपालमा क्रान्ति सम्भव छ या छैन, क्रान्ति सशस्त्र विद्रोह मार्फत सम्भव छ या छैन, लोकतान्त्रिक गणतन्त्रमा नै रहेर यसलाई सुदृढ र संस्थागत गर्ने या जनगणतन्त्र तर्फ जाने, संयुक्त मोर्चाको निर्माण देशभक्त गणतन्त्रवादीस“ग गर्ने या पुरानै कायम राख्ने भन्ने विषयमा तत्कालको हाम्रो वहस केन्द्रित भइरहेको छ । सिद्धान्त त यि विषयमा कुनै पनि कम्युनिस्टको विमती र विरोध छैन र हुने कुरा पनि भएन तर यहा“ तत्काल यि विषयलाई प्रयोगमा ल्याउनेस“ग जोड्दा, मिल्दैनथ्यो र मिलेको छैन । यसले प्राय सबैमा मुख्यतः माओवादी पार्टीमा वहस भइरहेको छ र यो दुइलाइन सङ्घर्षसम्म बन्न पुगेको छ ।

तत्काल जनगणतन्त्रमा जाने कार्यक्रम र त्यसको निम्ति सशस्त्र सङ्घर्षको कार्यनीति अपनाउनुपर्ने विषयमा वहस हु“दा एमाले पुरै असहमत बनेको छ । उसको तर्कमा क्रान्ति लादेर हुने कुरा पनि होइन र अहिले यो सम्भव नै छैन । त्यो गर्नु भनेको मुर्खतापूर्ण कदम हुन्छ । आजको आवश्यकता भनेको संसदीय व्यवस्थामा रहनु, अभ्यास गर्नु र यहीबाट देशको सुधार गर्नु हो । यस वहसमा हाम्रै पार्टीभित्र पनि कैयौं कमरेडहरुलाईलाई लागिरहेको छ कि जनगणतन्त्र तर्फ जाने कुरा त सही छ, सशस्त्र विद्रोह पनि सही हो तर त्यता तर्फ जाने र विद्रोहलाई प्रयोगमा लगिहाल्ने वेलात भएको छैन । अहिले नै हामी त्यतातिर सोझियौं भने हतारो मात्र हुन सक्दछ । हतारोले क्रान्ति सफल हुने परै रहोस गणतन्त्रसम्मको उपलब्धी पनि हातबाट गुम्न सक्छ । लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र अधिकतम प्रगतिशिल संविधान निर्माण गर्नेतिर जोड दिनु उपयुक्त हुन्छ । अझ हाम्रो जस्तो पार्टी जो संविधानमा सबै भन्दा ठूलो दलको रुपमा उपस्थित छ, संविधानसभा र नयाँ संविधानको प्रस्ताव स्वयम्को छ, जनताको समर्थन र अपेक्षा पनि यसै दलस“ग छ, जनताको संविधान निर्माणमै मुख्य जोड दिनुपर्दछ । विद्रोह या क्रान्ति त संविधान निर्र्माण असम्भव भए पछि मात्र अपनाउन सकिन्छ । राजनैतिक कार्यनीतिमा यो दृष्टिकोण र विचार एक प्रकारले सही नै लाग्दछ तर यसलाई गहिरीएर केलायो भने यो दृष्टिकोण र विचारले सुधारको कार्यनीतिलाई त पकडेको छ तर क्रान्ति सम्पन्न गर्ने या सशस्त्र विद्रोह मार्फत सत्ता कब्जा गर्ने या भनौं सर्वहारा वर्गीय सत्ता निर्माणलाई छोडेको छ ।

अर्को तर्फ अन्य पार्टीमा नगन्य भए पनि हाम्रो पार्टीमा भने क्रान्ति सम्पन्न गर्ने दृष्टिकोण र विचार, सिद्धान्त र रणनीतिको तहमा मात्र होइन कि कार्यनीति र कार्यक्रममै प्रयोग गर्न सकिने स्थिति छ भन्ने मत छ । यसको धारणा छ कि क्रान्तिको पूर्ण सफलताको लागि जरुरी पर्ने थुप्रै आधार र पक्षहरु हामीस“ग मजवुत रुपले विद्यमान छन् ।

जस्तो कि क्रान्तिको विजयको लागि चाहिने आधारहरु –
१. सही र वैज्ञानिक विचार छ
२. मजवुत र क्रान्तिकारी पार्टी छ
३. विशाल जनताको सहभागिता छ
४. खारिएको अनुशासित जनमुक्ति सेना छ
५. जनताका बीचमा फैलिएका ब्यापक जन वर्गीय सङ्गठनहरु छन्
६. देशभक्त, वामपन्थी र गणतन्त्रवादीहरुको सहयोग छ
७. बुद्धिजिवी, उद्योगपति, कर्मचारीहरुको सहयोग र समर्थन छ ।
क्रान्तिका यी आधार भइसके पछि हामीस“ग थप केही आधारहरुको मात्र जरुरी देखिन्छ । त्यसरी अभाव या अपुग आधारहरु उल्लेख गर्दा
१. जनमुक्ति सेनामा संख्या र गुणको कमि
२. अन्तर्राष्ट्रिय कुटनैतिक सन्तुलनमा कमि
३. नेपाली सेना र राष्ट्रवादी शक्तिहरुस“गको मूर्त सहकार्यमा अभाव
४. मित्र शक्तिहरुस“ग संयुक्त मोर्चा निर्माणको अभाव छन् ।

यदि हामी माओवादी र अन्य अग्रगामी शक्तिहरु एक भएर उल्लेखित अपुग आधारहरु तयारी गर्ने या पूरा गर्नेतिर सक्रिय भयौं भने जनगणतन्त्रको लागि हुँने क्रान्तिलाई निकट भविश्यमै सम्पन्न गर्न सकिन्छ । यहा“नेर प्रश्न उठ्न सक्छ यि आधारहरु पूरा गर्ने भन्ने त सही हो तर कसरी पूरा गर्न सकिएला ? निश्चय नै यि आधारहरु पूरा गर्न कठिनाई छ परन्तु पार्टी एक ढिक्का भएर डटेमा सम्पूर्ण शक्तिहरुलाई समुचित परिचालन गरेमा धेरै गाह्रो कुरा छैन । तयारी गर्न सकिन्छ र क्रान्तिलाई सम्पन्न गर्न सकिन्छ ।

याे पनि हेर्नस् –जनमुक्ति सेनाबारे विप्लवको धारणा

क्रान्तिवारेको यो कार्यनैतिक र मूर्त वहस दुइलाइन सङ्घर्षमा यसरी उठेको छ कि पार्टी एकतावद्ध भइरहला वा फुटमा पुग्ला भन्नेसम्म छ हाम्रो दृष्टिमा यो वहस निकै पेचिलो बन्नेछ । जस्तो कि माथि पनि उल्लेख गरियो कि कार्यनीतिको वहसमा नै पार्टी एकतावद्ध हुने र फुट्नेसम्म हुने गरेको छ । तर हामीले यतिवेला देखेको र महसुस गरेको फरक यथार्थतता यो हो कि माओवादी नेता र कार्यकर्ताहरु मुलरुपले भन्दा क्रान्ति सम्पन्न गर्नुपर्दछ, पुरानो सत्ताको स्थानमा नयाँ सत्ता निर्माण गर्नुपर्दछ र त्यो कार्य सशस्त्र विद्रोह मार्फत (हलाकी त्यो नेपाली खालकै हुन्छ) मात्र पूरा गर्न सकिन्छ भन्नेमा एकमत छ । क्रान्ति या सशस्त्र विद्रोह सम्भव छैन कि भन्ने मत पार्टीमा भए पनि त्यो निकै कम छ या पुरै अस्वीकार गर्ने तहमा छन् । बरु अलि केही बढी संख्या नया“ आधार निर्माणवारे अर्कमन्यता खालको छ त्यसले आधार तयार भएमा जानु पर्दछ त भन्दछ तर तयार कसरी गर्ने भन्नेमा अस्पष्ट छ । यदि हामीले मेहनत गरेर तयारीलाई अगाडि बढायौ या सफलता पायौं भने पार्टीको प्राय हिस्सा क्रान्तिमा हाम फाल्नेमा शंका छैन ।

संक्षेपमा राख्दा क्रान्तिवारे आजको वहसको केन्द्र निकट भविश्यमा क्रान्ति सम्भव छ या छैन मूर्त कार्यनीतिमै यो सम्भव छ या छैन भन्नेमा छ । हाम्रो विचारमा क्रान्ति सम्भव छैन सुधारको बाटो नै उपयुक्त बाटो हो भन्ने धारा र मत पनि पार्टी वाहिर र पार्टीभित्र छ तर, यो मुलधारको रुपमा छैन र यो सही पनि छैन । यो धाराले सम्भव छैन भन्ने पुष्टी गर्न जे जस्ता तर्कहरु गरेको छ ती नितान्त सुधारात्मक र कमजोर खालका छन् जुनरुपले जनयुद्धको सारसँग मेल खाँदैन ।

क्रान्ति सम्भव छ भन्ने नभइ क्रान्ति आवश्यक छ र अझ अपरिहार्य आवश्यकता छ भन्ने सारतत्वलाई हामी बुझ्नु पर्दछ । किन कि क्रान्तिबिना वर्गसत्ताको अधिनायकत्व बदल्न असम्भव छ । हामीसँग क्रान्तिका मजबुत आधारहरु छन् त्यसमा केही आधारहरुको कमी भए पनि ती आधारहरुलाई पूरा गर्ने भरपुर सम्भावना छ । यसको लागि पार्टी र पार्टीको नेतृत्व पंक्तिलाई रुपान्तरण गर्न र सम्पूर्ण पंक्तिलाई एकताबद्ध गर्न सक्नैपर्दछ ।

 ‘कम्युनिस्ट अाउटलुक ‘मा विप्लवकाे केही वर्षअघि प्रकाशित लेख सान्दर्भिक ठानेर प्रकाशित गरेका छाैं ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार