भारतीय प्राेफेसर एसडी मुनीले नेपाल फर्केकै भोलिपल्ट नेपाललाई धम्कीपूर्ण भाषा प्रयोग गर्दै नेपाल र प्रधानमन्त्री अाेली चीनतिर फर्किए त्याे उनका लागि खतरनाक हुने चेतावनी दिएका छन् ।

भारतीय पत्रिका द क्विन्ट डटकम मा एसडी मुनीले एउटा सनसनीपूर्ण लेख लेखेर यस्ताे चेतावनी दिएका हुन् ।

सो लेखमा उनले पुरानै ‘बडेभाइ’ चरित्र प्रदर्शन गर्दै भनेका छन्- ‘ओलीलाई थाहा छ कि चिनियाँ कार्ड खाली देखाउने दाँत मात्रै हो, त्यसको आर्थिक प्रयोजन छैन । उनलाई थाहा छ कि भारतको सहयोगविना नेपाली जनतालाई गरेको विकासको वाचा पूरा गर्न सकिँदैन । भारतलाई धेरै चिढ्याइयो भने माओवादीसँगको गठबन्धनमा पनि समस्या आउने कुराको आँकलन उनले गरेका छन् ।’

आफ्नो लेखमा उनले भनेका छन्- ‘ओलीको भ्रमण र नेपाल-भारत सम्वाद कत्तिको सफल भयो भन्ने कुराको मापन दुवै पक्षले आफ्ना वाचाहरूको कत्तिको पालना गर्छन् भन्नेमा निर्भर रहनेछ । ओलीका लागि आफ्नाो दुई प्रमुख राजनैतिक हतियार, राष्ट्रियता र चिनियाँ कार्डको प्रयोग गरेर भारतबाट फाइदा लिन सजिलो हुने छैन । तर, नेपालमा राजनैतिक र सामरिक वृत्तमा ठूलो लगानी गरिसकेको चीनले ओलीलाई त्यसै छाड्ने छैन । भारतले पनि आˆना आधारभूत सुरक्षा चासोहरूमा सम्झौता गर्ने छैन ।’

तथापि केपी ओलीको भारत भ्रमणले दुई देशको सम्बन्ध सुधारमा सकारात्मक भूमिका खेलेको उनको दाबी छ । प्रोफेसर मुनीको लेखलार्इ अनलाइनखबरले अनुवाद गरेकाे सारसंक्षेप यस्तो छः

ओलीको भारत भ्रमण हेर्दा धेरैजसो सङ्केतहरू सकारात्मक छन् । राजनाथ सिंह विमानस्थलमा लिन आए, राष्ट्रपति भवनमा बस्न पाए अनि सेनाको सलामी पनि पाए र मोदीसित लामो र खुलस्त वान अन वान वार्ता पनि गरे । १२ बुँदे संयुक्त वक्तव्यमा सम्बन्धलाई नयाँ उचाइमा लाने कुरा गरियो र रेल र जलमार्ग सम्बन्धि सम्झौताहरू पनि भए ।

भ्रमणको मुख्य उद्देश्य दुवै देशवीच विश्वासको वातावरण निर्माण गर्नु थियो, जुन नेपालमा संविधान जारी भएपछि बिग्रिन गएको थियो ।
भारतले समावेशिता र धर्म निरपेक्षताको मुद्दामा नेपाली नेताहरूले ठगेको ठानेको थियो ।

भारतले ओली र उनको दल नेकपा एमालेलाई आफ्नो एजेण्डा लागु हुन नदिने प्रमुख शक्तिका रुपमा हेरेको थियो त्यसैले उसले हरसम्भव प्रयास गरेर ओलीलाई आफू रिसाएको सन्देश दिइरहेको थियो ।

ओलीले दृढ निश्चयका साथ प्रतिक्रिया जनाए । उनले भारतविरोधी भनेर व्याख्या गर्न सकिने नेपाली राष्ट्रवाद उजागर गरे । भारतको स्वार्थमा काम गर्न तयार भएका दलहरूलाई हराए ।

त्यतिमात्र नभएर चिनियाँ कार्ड पनि भारतलाई देखाए । ओलीलाई यसो गर्न सजिलो यस कारण पनि भयो कि नेपालमा पहिलेदेखि नै भारत विरोधी भावना बढ्दो थियो ।

मोदी र ओलीले जे गरे, त्यो केही सोचविचार नगरेर हठातको निर्णयमा गरेका थिए । तर, कोठामा एउटा अदृश्य हात्ती पनि थियो- चीन ।

चीन भारतको कमजोरीको फाइदा उठाउन तयार थियो । तर, आर्थिक र सामरिकरूपले दक्षिण एसियामा प्रवेश गर्न लालायित थियो । उसको बेल्ट एण्ड रोडले दक्षिण एसियाली देशहरूलाई निकै आकषिर्त गरेको छ ।

तर, नेपाल र भारतकावीच रही आएको भूगोल, सभ्यता र सामाजिक सम्बन्धहरूका कारण दुई देशवीच रहेको असमझदारी धेरै समय टिक्न सकेन । ओलीले चुनाव जितेपछि भारत ड्यामेज कन्ट्रोलमा लाग्यो । मोदीले फोन गरेर ओलीलाई बधाइ दिए र सुष्मा स्वराजलाई पठाएर सबै कटूता त्याग्न आग्रह गरे । ओलीले पनि सकारात्मक सन्देश दिए र परम्पराअनुसार भारतलाई नै आˆनो विदेश भ्रमणको पहिलो गन्तव्यका रुपमा रोजे ।

काठमाडौंसम्मको रेल विस्तार परियोजनाको घोषणा गरेर भारतले चीनसँग आफूले नजित्ने प्रतिस्पर्धाको थालनी गरेको छ ।

चीनले सन् २०२२ सम्म काठमाडौमा रेल गुडाउने वाचा गरेको छ । तर, भारतको रेलको सर्भे २०१९ मा मात्रै सकिनेछ । ओली चाहन्थे कि भारतले पनि ५ वर्षमा रेल कुदाउने वाचा गरोस् । तर, भारत यसो गर्न सक्दैन ।

अबका आगामी दिनहरू हेरेर थाहा हुनेछ कि तीन देशवीचको सम्बन्धले कस्तो दिशा लिनेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार