युद्धमार्फत सेनाले जितेर गरिने सन्धि सम्झौता बाहेक अरु सम्झौतामा कुनै एक पक्षको हार र जित निश्कर्ष निकालिनु अल्पज्ञान हुन्छ ।

सिंगापुर सम्झौताको ४ बुदे सहमतिलार्इ प्रतिस्प्रधात्मक आचारसंहिता बाहेक धेरै बुझिनु अन्याय नहोला । बन्दी कैदीलार्इ सुपुर्दकी बनाउने कोरिया~अमेरिका सम्बन्ध सुधार गर्ने बुँदा स्वभाविक र विन विन बुँदा हुन् । कोरियाली प्रायदीपलाइ शान्तिपुर्ण र अस्त्र परिक्षणको स्थल नबनाउने सहमति हेर्दा किमको हार र ट्रम्पको जितजस्तो देखिएता पनि यो सारमा तेस्रो पक्ष (दक्षिण कोरीया )बाहेक दुवैलाइ घाटा नै हो ।
कोरियाली प्रादीपमा उत्तर कोरियाले कुनै बम परिक्षण गरेन भने त्यहा शान्ति हुन्छ । शान्ति क्षेत्र भएमा अरुको देशमा युद्धकाे बहानामा अमेरिकी सेना त्यहाँ बसिरहने बहाना पाउँदैन र फिर्ता हुन्छ । त्यसकारण त्यहाँबाट अमिरेकी सेना फिर्ता गराउने किम जोगं उनको स्वार्थ, त्यहाँ कसैको धम्कीबिना अमेरिकालार्इ सिधा सिधा चेक दिएर ट्रम्पको स्याखी झार्ने परिक्षण स्थलबाट किम जोगं उन बन्चित हुनु दुवैको हार र त्यो सौदाबाजीबाट पिल्सिएको दक्षिण कोरिया उम्कने मौका पाउनु दक्षिणको लागि हितकारी कुरा नै हो ।
त्यसकारण ट्रम्पको अब विश्वमा कुनै प्रतिद्धिन्द्धी छैन भन्ने अफबाहा फैलाउनु, किम जोग उनले अब अन्तराष्ट्रिय कद र डिप्लोम्यासीमा पाइला चाले किमको सबै अणुबम परीक्षणका बंकर समाप्त हुन्छन् भनेर बुझ्नु कमजोरी मात्र हुन्छ ।
सम्झौताले किम जोंग उनलार्इ उत्तर कोरियाली भुमिमा परीक्षण गर्न कुनै रोकतोक गरेको छैन । कोरियाली प्रायदीपमा भनेको एउटा निश्चित क्षेत्रमा हो । सम्झौतालार्इ दोहोर्याएर हेरियो भने थप बुझिन्छ ।
१) उमेरमा किम ट्रम्प भन्दा कान्छो भए पनि राजनीतिशास्त्रमा किम भन्दा ट्रम्प कान्छो हुन् । किम पुस्ते राजनीतिबाट उठेको होइनन् भन्ने कुरा किमको परिवारको पाइचार्ट हेरियो भने थाहा हुन्छ । बुवा किम जाेंग इलले जेठो छोरो किम जोगं चाललार्इ देश हस्तान्तरण नगरी कान्छो छोरो किम जोगं उनलार्इ सत्ता सन्चालन गर्ने जिम्मा दिनु दीर्घकालीन रुपमा किम जोंग उनको राजनीतिक क्षमता पुस्ते हस्तान्तरण होइन भन्ने स्पष्ट पार्छ ।
२) किम सत्तामा आएपछि किम जोग उनले १४० जना सैनिक अधिकृतलार्इ राजद्रोहबाट फासि दिनु, बुवा किम जंग इलपछिको दोस्रो दर्जाको आफ्नो पुफाजु च्यांग संस थेइकलार्इ मृत्यदण्ड दिनु किम जोंग उनले गरेको दिर्घकालीन राजनीतिको बाटो फराकिलो बनाउदैछन् भन्ने बुझिन्छ ।
३) विद्यार्थी कालमा स्विजरल्याण्ड जस्तो २ सय वर्षसम्म युद्ध नभएको देशबाट शान्तिको तरिकासहित विकासको मोडेल सिकेर आएका किम जोंग उन जिन्दगीभरि डड्यागं डुडुगं गरेर सत्ता र शक्तिको दम्भमा बाच्ने पक्षमा छैनन । उनी बुवा झै एक दीर्घकालिन विकासको चिन्तक र राज्यको पुज्य ब्यक्तित्वमा आफ्नो करियर बनाउदै उत्तर कोरियाली जनतालार्इ जुच्छेवाद (स्वावलम्बी र आत्मनिर्भर )मार्फत विकासका लागि अन्तराष्ट्रिय नाकाबन्दीलार्इ तोड्ने उपाए खोज्ने थिएनन् । जिन्दगीभरि ट्रम्पलाइ गाली गरेर हैकम मात्र होइन देशप्रति बफादार छन् भन्नलार्इ पनि उनी सिंगापुर पुगेका हुन् ।
४) अहिले उत्तर कोरियामा १२ जना विदेशी जाशुस र ४ जना दक्षिण कोरियाको जासुस प्यांगयोग (राजधानी ) काे हिरासतमा छन् । तिनीहरुमध्ये केही अमेरिकाका पनि छन्, जसलार्इ ट्रम्प आफ्नो देशमा फिर्ता गर्न सहयोग मागिरहेका छन् ।र किमको मनसाय पनि फिर्ता गरिदिने छ ।
त्यसकारण सिंगापुरको भेटलार्इ जसले जसरी बुझेपनि यो भेटघाटमार्फत विश्वले केही क्षणका लागि केही अनुमान र नजरअन्दाज गरेपनि ट्रम्पको राजनीतिक यात्रा धेरैमा ५ साल हो तर किम जोंग उनको अनिश्चितकालिन पदयात्रा भएकोले यो भेटघाटमार्फत किम जोंग उनको डेस्टिनेसन फाेकल्याण्ड युद्धकाे सम्झौता जस्तो कमजोर सम्झौता होइन ।
लगभग ७४ दिनको फाेकल्याण्ड युद्धमा अर्जेन्टिनाले ६४९ सैनिक गुमाएको थियो । ६४९ जनालार्इ जित्न २२५ ब्रिटीश सेनाले साहादत प्राप्त गरेका थिए । सन् १९८२ मा एउटा सन्धिमार्फत् नलड्ने सम्झाैता गरेका थिए । जसलार्इ हारजितको सन्धि सम्झौता भन्ने गरिन्छ ।
यो सिगांपुर वार्ता कुनै एक पक्षको हारजित नभइ एकले अर्कालार्इ चुनौती दिने (फेस टु फेस) साहासिक दुईपक्षीय चक्र भनेर बुझ्दा नै उचित होला ।







