
बीसौँ शताब्दीको सुरु तथा पहिलो र दोस्रो दशकमा युरोपले पहिलो विश्वयुद्ध भोग्यो । कारण अरू केही थिएन, त्यो पुँजीवादमा आएको महासङ्कटलाई टार्ने वा लुकाउने पुँजीवादी योजना थियो । त्यो पुँजीवादी अर्थशास्त्रको गलत नीतिको उपज थियो । उत्पादन, विनिमय र उपभोग पुँजीवादका मुख्य सर्त हुन् । यहाँ एउटा प्रसङ्ग लिन जरुरी छ । जमिनबाट खनिज निकाल्न जर्मनी र फ्रान्सले श्रमिकहरू अफ्रिकाबाट ल्याउने गर्दथे । दोस्रो, विनिमय उपभोगका लागि अर्थात् उत्पादित सामान तिनै अफ्रिकी देशहरूमा निर्यात गरिन्थ्यो ।
तत्कालीन साम्राज्यवादी फ्रान्स र जर्मनीको बीचमा खानी मजदुर अफ्रिकाबाट आफ्नो देशमा लैजाने तथा अफ्रिकाको औपनिवेशिक भूगोलका विषयमा विवाद भयो र त्यो नै पहिलो विश्वयुद्धको मुख्य कारक तत्व बन्न पुग्यो । पहिलो विश्वयुद्धको अन्त्य जर्मनीका लागि अपमानपूर्ण तरिकाले भयो । जर्मनीमा अन्धराष्ट्रवाद पलाइरहेको थियो र त्यसको गर्भमा फासिवादी एडोल्फ हिटलरको विकास भइरहेको थियो भने अर्कातर्फ हिटलरका आदर्श गुरु बेनिटो मुसोलिनीको उदय पनि पहिलो विश्वयुद्धको कारणले युरोपको पुँजी अनुत्पादक क्षेत्रमा केन्द्रित भएको थियो । त्यसको साइड इफेक्टका रूपमा १९३२÷३३ तिर महासङ्कट आयो र जर्मनी तथा इटालीलाई फासिवादतर्फ बढ्न त्यो आर्थिक महासङ्कट उत्प्रेरक बन्यो नै ।
हिटलर, मुसोलिनी र फासिवाद
कुनै देश बलियो हुनु र शासक बलियो हुनु एउटै कुरा होइन । देश बलियो नहुँदा पनि शासक बलियो हुन सक्छ । त्यस्तै भयो जर्मनी र इटालीमा पनि । हिटलर र मुसोलिनीले सबभन्दा पहिले आक्रामक विदेश नीति अपनाए । विशेषगरी भूगोल विस्तार गर्ने नीति अपनाए भने आन्तरिक रूपमा निरङ्कुश सर्वसत्तावाद चलाए । हिटलरले कम्युनिस्टहरूको रातो झन्डा तथा समाजवादको नारा चोरे र शक्तिशाली बने । उनले जर्मनीभित्र रहेका यहुदीहरूको सफाया अभियान चलाए साथै कम्युनिस्ट तथा समाजवादीहरूको पनि ।
त्योसँगै युरोपमा फासिवाद तीव्र रूपमा फैलियो । जर्मनी र इटालीबाट सुरु भएको फासिवादले पश्चिममा बेल्जियमदेखि पूर्वमा रुसका पेट्रोग्राद हुँदै मस्को, कालान्तरमा पर्लहर्वरदेखि पूर्वमा जापानका हिरोसिमा र नागासाकी तथा दक्षिण पूर्वी सिङ्गापुरसम्म प्रभाव जमाएपछि त्यसले भुसको आगोको काम ग¥यो । फलस्वरूप फासिवादी दमनबाट करिब ४ करोड मानिसको ज्यान गएको अनुमान गरिन्छ ।
फासिवाद भनेको के हो ?
फासिवाद भनेको चरम दक्षिणपन्थी ९ाबच चष्नजत mयखझभलत० आन्दोलनको रूप हो । यो समाजवादको ठीक उल्टो धारा हो । फासिवादले राष्ट्रको प्रभुत्व, आर्थिक रूपमा प्राइभेट (निजी) सम्पत्तिको पक्षधरता लिने गर्दछ । दार्शनिक रूपमा यसका निम्नआधारहरू हुन् ः
१. आफ्नो राज्य मात्रै सबै थोक हो ।(everything is state)
२. आफ्नो राज्यभन्दा अरू केही होइन । (Nothing agnist the state)
३. राज्यको प्रतिद्वन्द्वी कोही छैन । (Nothing agnist the state)
फासिवाद प्रतिद्वन्द्वीसँग शून्य सहनशीलता राख्ने गर्दछ । यसले नेतृत्वलाई अधिभूतवादी तरिकाले बुझ्ने गर्दछ । यसले राष्ट्रलाई माथि पु¥याउने मात्रै सोच्छ तर व्यक्ति–शासकलाई प्रधान मान्ने गर्दछ । शासन अति केन्द्रीकृत÷सर्वसत्तावाद र निरङ्कुश सरकार यसका लक्षण हुन् । त्यस्तै बलियो नेतृत्व, विपक्षीमाथि चरम नियन्त्रण, अति नियन्त्रित समाचार अर्थात् सञ्चारप्रणाली, खुला अर्थनीति तथा समाजवादी अर्थनीतिको विरोध, समाजवादी अर्थप्रणाली शासकको चाहनाअनुसारको र सर्वसत्तावादी नेतृत्वको चरम व्यक्तिवादी गौरव वा विजय फासिवादका मुख्य विशेषता हुन् । अर्को शब्दमा फासिवाद अन्ध राष्ट्रवाद (Chauvenism) हो । यसले राष्ट्रमा होइन, व्यक्ति (Crucial role of Heroes) मा विश्वास गर्दछ ।
यो फासिवादको अन्तर्राष्ट्रिय अनुभव हो तर आज नेपालमा पनि दुईवटा नाम मात्रैका कम्युनिस्ट पार्टी तर सारमा दक्षिणपन्थी पार्टीको जमघट भयो । त्यो जमघटपछि अवसरवादीहरूको जमघटबाट निर्मित कथित नेकपाका नेताहरूमा दम्भ बढ्नुका साथै उनीहरू पनि हिटलर र मुसोलिनीको बाटोमा हिँड्न थालेका छन् । यसको अर्थ उनीहरू देशलाई फासिवाद उन्मुख गराउँदैछन् । दक्षिणपन्थी एमाले र अवसरवादी माओवादी केन्द्रको मिलनपछि बनेको नेकपाका दुवै अध्यक्ष केही नयाँ विशेषता तर सारमा उही हिटलर तथा मुसोलिनीको पथमा लाग्ने सङ्केत देखापरेको छ ।
प्रचण्ड–ओली र सामाजिक फासिवादको खतरा
माथि एडोल्फ हिट्लर र उनका गुरु बेनिटो मुसोलिनीको चर्चा गरियो । यो अन्तर्राष्ट्रिय भोगाइ हो तर नेपालमा पनि त्यो दोहोरिन सक्ने खतरा प्रबल रूपमा देखापरेको छ । यसका धेरै लक्षणहरू हिटलर र नयाँ पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नीति, कार्यक्रम र नेतृत्वको व्यवहारमा समानता देखिन थालेको छ ।
हिटलर र नेकपा (ओली–प्रचण्ड) का बीचमा के छ समानता ?
१. हिटलर कमजोर आर्थिक पृष्ठभूमिबाट उदाएका नेता थिए । ठीक ओली र प्रचण्डको पनि आर्थिक आधार एउटै हो जुन हिटलरसँग मेल खान्छ ।
२. फौजी मोर्चाबाट राजनीतिक यात्रा
हिटलर पहिलो विश्वयुद्धमा जर्मन सैनिक थिए यता ओली झापा विद्रोहबाट उदाएका नेता हुन् भने यता प्रचण्ड आफैँ विद्रोहको नेतृत्व गरेका व्यक्ति हुन् । यसलाई दोस्रो समान लक्षणका रूपमा बुझिएको छ ।
३. ठगी
हिटलर आफैँमा कम्युनिस्ट वा समाजवादी थिएनन् तर सुरुसुरुमा आफ्नो पार्टीमा जनताको आकर्षण नभएपछि उनले जनतालाई झुक्याउन कम्युनिस्टहरूले प्रयोग गर्ने रातो रङको झन्डा प्रयोग गरे । दोस्रो, हिटलरले जनतालाई आफ्नो पक्षमा ल्याउन समाजवादको नारा उराले । त्यस्तै अभ्यास ओली र प्रचण्डको हकमा पनि छ । ओलीले वर्गशत्रुको सफायाको नारा उरालेर जनतालाई भ्रमित पारेका थिए भने यता प्रचण्डले पनि राज्यसत्ता कब्जाको नारा दिएर करिब १७ हजार जनताको रगतको खोलो बगाउँदै पार्टी नै एमालेमा विलय गराए । यसलाई जानकारहरूले ठगी भन्ने गरेका छन् ।
४. चोरी
हिटलरले कम्युनिस्टहरूको झन्डा चोरे र झन्डाको रातो रङ पनि चोरे । यता नेपालमा ओली–प्रचण्डले पार्टीको नाम नै चोरे । केही दिनअघि नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले प्रचण्ड र ओलीले हुबहु आफ्नै पार्टीको नाम चोरेकोमा आपत्ति जनाउँदै विज्ञप्ति नै जारी गरेका थिए । अर्को, हिटलरले समाजवादको नारा उरालेजस्तै प्रचण्ड–ओलीले पनि नेपालमा त्यही समाजवादको नारा उरालिरहेका छन् ।
५. हिटलरको गोयबल्स शैली र प्रचण्ड–ओलीको सञ्चार नीति
हिटलरका सञ्चारमन्त्री गोयबल्स र ओली नेतृत्वको सरकारको समाचार प्रसारण गर्ने शैली पनि एउटै देखिएको छ । दोस्रो विश्वयुद्धको बेला जर्मनीका दस लाख सेनामध्ये रुसको लेनिनग्रादको युद्धमा ४ लाख जर्मन सैनिक मारिइसकेका थिए । यसरी रुस विजय भएपछि जर्मनी सेना पश्चिम भाग्दै गरेको बेला गोयबल्सले आफ्नो सरकारी रेडियोबाट जर्मनी सेनालाई पहिलेको युद्धभन्दा केही अप्ठ्यारो परे पनि जर्मनीले रुसमाथि विजय गरेको घोषणा गरेका थिए । यता ओली नेतृत्वको सरकारले पनि भारतीय प्रधानमन्त्री मोदी नेपाल भ्रमणमा आएको बेला त्यस्तै गोयबल्स शैलीमा नेपाली जनता मोदीको अभिनन्दन गर्न आतुर रहेको (अग्निप्रसाद सापकोटाको भनाइ) हल्ला फिँजाए जब कि नेपाली जनता मोदीलाई सामाजिक सञ्जालमा सत्तोसराप गरिरहेका थिए ।
६. हिटलरको गैरकानुनी सुधार शिविर र ओली–प्रचण्डको हिरासत
हिटलरले दोस्रो विश्वयुद्ध चलिरहेको बेला जर्मनी, पोल्यान्डलगायत देशहरूमा यातनाशिविर निर्माण गरेका थिए । ती शिविरमा एकैपटक १० लाखदेखि ३० लाखसम्म यहुदी र अन्य युरोपेली देशका सर्वसाधारण जनतालाई निर्मम यातना दिएर मारिएको थियो । मानिसलाई कोइला भट्टीमा जिउँदै पोलिन्थ्यो । यहुदी बालबालिकालाई हिटलरका सेनाले जिउँदै पर्खालमा फाल्ने गर्दथे । त्यहाँ मानवअधिकार भन्ने नै थिएन । ओली नेतृत्वको सरकारले पनि नेपालमा ठीक त्यस्तै गर्ने लक्षण देखाएको छ । ओली प्रधानमन्त्री बनेको दोस्रो दिनदेखि शान्तिपूर्ण कार्यक्रम गरिरहेका विप्लव नेतृत्वको नेकपाका २०० जना युवासहित स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली र सोही पार्टीका पोलिटब्युरो सदस्य पदम राईलाई सडकमा हुल जम्मा गरेको मुद्दा लगाएर १० दिनसम्म थुनामा राख्यो । त्यस्तै सिन्धुलीमा सोही पार्टीका विद्यार्थी सङ्गठनका केन्द्रीय सदस्यको थुनामै प्रहरीले यातना दिएर हात भाँच्यो । पूर्वसभासद् किरण राईसहित ७ जनालाई बसिरहेको ठाउँबाट बिनाकारण पक्राउ गरेर सार्वजनिक मुद्दा लगाई ४ पटक अदालतपरिसरबाटै गिरफ्तार गरिसकेको छ । देशैभरबाट नेपालका नेता–कार्यकर्तालाई पक्राउ गरी थुनाभित्र निर्मम यातना दिइँदै आएको छ ।
जनयुद्धकालमा २०५८÷५९ सालतिर सरकारले दिने प्रकृतिको यातना रामबहादुर थापा नेतृत्वको गृह प्रशासनले दिँदै आएको छ । केही दिनअघि सर्वोच्च अदालतले समेत थुनामुक्त गर्नू भनेर दिएको आदेशलाई कुल्चिँदै मजदुर अध्यक्ष अमर झाँक्री तथा नेकपाको युुवा सङ्गठनका अध्यक्ष बाबुराम राईलाई अदालत परिसरबाटै पक्राउ गरेको छ । १५ जना पत्रकारलाई समेत स्थानीय निर्वाचनका बेला गैरकानुनी तरिकाले हिरासतमा लिएको थियो । यसरी नेपालभित्र रहेका मानवअधिकारवादीहरूले पनि गैरकानुनी हिरासत तथा थुनाभित्र प्रहरीले दिइरहेको चरम यातनाका विषयमा एक शब्द बोलेका छैनन् । ओली प्रधानमन्त्री बनेपछि काठमाडौँमा प्रदर्शन गर्न प्रतिबन्ध लगाउने तयारी गरिएको छ । शान्तिपूर्ण रूपमा प्रदर्शन गर्न पाउनु नागरिकको अधिकार हो । काठमाडौँका ६ स्थानबाहेक अरू ठाउँमा प्रदर्शन गर्न नदिने सरकारको तयारीलाई फासिवाद उन्मुख कामका रूपमा बुझिएको छ ।
७. राजनीतिलाई अपराधीकरण तथा पृथकतावादका रूपमा प्रचार गरेर दमन गर्ने षड्यन्त्र
सन् १९२३ मा हिटलरले २५ बुँदे प्रतिबद्धता जाहेर गरे । उनले घोषणा गरे– जर्मनीलाई कम्युनिस्ट र यहुदीहरूले बर्बाद पारे । तसर्थ जर्मनीलाई स्वाधीन बनाउन यहुदी, कम्युनिस्टहरू तथा समाजवादीहरूलाई नष्ट पार्नु वा सफाया गर्नुपर्छ । ठीक त्यस्तै ओली प्रधानमन्त्री बनेदेखि नै सरकारको विरोध गर्ने कुरा सह्य नहुने बताउँदै आएका छन् ।
जसरी हिटलरले समाजवादी आन्दोलनलाई अपराधका रूपमा लिए त्यस्तै ओलीले आज कुनै विशेष राजनीतिक दलको राजनीतिक आन्दोलनलाई पृथकतावादको आरोप लगाएर भीषण दमन गर्ने सङ्केत देखाएका छन् । हुँदाहुँदै नेकपाका शीर्ष २४ जनालाई नेतालाई इन्काउन्टर गर्ने तयारी गरेको भन्ने समाचार सञ्चारमाध्यममा आएका छन् । यसरी ओली पनि हिटलर र मुसोलिनीको बाटो पछ्याउन थालेका छन् ।







