यो पङ्तिकारले अहिले सम्म सरकार, दल, नेताका सम्बन्धमा थुप्रै आलोचनात्मक आलेखहरु लेखेको छ ।

यो पटक राष्ट्रपति चीनतर्फ जादा सम्मानका नाममा आकाशसमेत खाली गराउँदा दिन भरिको उडान र अवतरण अस्तव्यस्त भई देश विदेशको यात्रुहरुले अनेक दुःख पाएपछि यो आलेख मार्फत राष्ट्रपतिको ध्यान आकर्षित गर्न र आगामि दिनमा यस्तो हर्कत नदोहो¥याउन आग्रह गर्दै यो आलेख प्रस्तुत गरिएको हो ।

यो पङ्तिकारले सानो छँदा एउटा गीत खुब सुन्ने गरेको थियो । कोही त भने जाहाजमा सरर, कोही त भने पसिना तरर, हाम्रो नेपालमा । त्यो गीत राष्ट्रपतिका तत्कालिनको पार्टी नेकपा माले पछि एमाले पार्टीका कार्यकर्ताहरुले त्यसवेलाका पञ्चायतका शासक वर्गलाई लक्षित गर्दै यो गीत गाइन्थ्यो । तर आज त्यही पार्टीका राष्ट्रपति जहाजमा मात्र सरर गरेकी छैनन् पुरै आकाशलाई होल्डगरी सयौ उडानलाई प्रभावित हुने गरी आफु उड्ने गरेकी छिन् । यो कम्युष्टि सरकारले बनाएको राष्ट्रपतिलाई लज्जाको विषय हुनु पर्ने हो तर वहाँलाई कुनै त्यस्तो लज्जा भएन किनकी वहाँलाई सम्मानको असीमित भोक जागेको छ ।

लेखक खरेल

ओली सरकार राष्ट्रपतिका समृद्धि र सुखको मूल फुटाउन तल्लीन छ । तर सामान्यजनका भागमा चाहिँ दुःखपछि दुःख थपिदो छ । काठमाण्डौवासीका लागि राष्ट्रपतिको सवारी सडकमा एक आधा धण्टासम्म जाम हुनु नौलो विषय थिएन । अब राष्ट्रपतिका सम्मानका नाममा आकाशसमेत खाली गराउँदा दिन भरीको उडान र अवतरण अस्तव्यस्त हुनुले गणतन्त्रकै बदनामी गराएको छ । शासन व्यवस्था फेरिए पनि शासन शैली नफेरिएको भन्दै यसको व्यापक आलोचना हुँदै आएको छ । सवारीमा सामन्ती शैली अपनाएको भन्दै सर्वसाधारणले पटक पटक आलोचना गर्दा पनि सरकारले यसमा सुधारको प्रयास गरेको छैन । यसकारण गणतन्त्रप्रति नै सर्वसाधारणको वितिष्णा वढ्दै गएको छ ।

वलिदानी जनताको मेहनतबाट मुलुकमा गणतन्त्र स्थापना भएको १२ वर्ष हुन लागेको छ । गणतन्त्रमा जनताका छोरा÷
छोरी राष्ट्रपति जस्तो गरिमामय पदमा पुगेका छन् । आज दोस्रो पटक उनी यो पदमा पुगेकी छिन । उनको शिरमा नांगो आखाँले देखिने श्रीपेच छैन । उनी शीतलनिवास अत्याधुनिक दरवारमा वस्छिन । उनको रक्षार्थको लागि राष्ट्रपतिका आवास वुलेट प्रुफ छ, १८ करोडको वुुलेटप्रुफ मर्सिडिज कार छ, तीन अर्बको हेलिकष्टर छ । उनको सवारीबाट पिडित जनताले अतिशय सोख विलासप्रेमी विद्यालाई रानीको संज्ञा दिएका छन् । रवर स्ट्याम्पको रुपमा लिइन्छ संसदीय व्यवस्थामा राष्ट्रपतिलाई । तर, उनको तृष्णा, अहंकार र रुचि हेर्दा लाग्छ उनले श्रीपेच लगाउने राजाको शोखलाई समेत पुड्को तुल्याएकी छिन् ।

हालै केही समयअघि राष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणमा जाँदा आन्तरिक र अन्तराष्ट्रिय गरी करिब दुई सय उडान प्रभावित भएका थिए । त्यस दिन विमानस्थलले विहान १०ः३० देखि ११ः१० सम्म उडान तथा अवतरण बर्जित गरिएको नोटिस टु एयरमेन (नोटाम) जारी गरेको थियो । तर त्यस अवधिभित्र समेत राष्ट्रपतिको विमान उडेन करिब १७ मिनेट ढिला भयो । ४० मिनेटका लागि जारी भएको नोटाममा फेरी २० मिनेट थप गरियो । यो अवधिमा आन्तरिक र अन्तराष्ट्रिय सम्मका उडान पुरै अवरुद्ध भए । भिआइपीको उडान सम्बन्धी नोटाम जारी गर्नु परे परराष्ट्र मन्त्रालयले त्यसको जानकारी विमानस्थल व्यवस्थापनलाई दिन्छ । सोही आधारमा विमानस्थलले सूचना जारी गर्छ । नोटिस टु एयरमेन (नोटाम) कम्तिमा ३५ मिनेटका लागि जारी गर्नुपर्ने हुन्छ । यस अवधिमा कुनै पनि विमानलाई विमानस्थलमा नआउन भनिन्छ । नोटामको अवधिलाई ध्यान दिएर सोहीअनुसार जहाजहरुले उडान भर्छन । सामान्यतया तीन चार दिन अघि नै नोटामा जारी गरेर सम्वन्धित विमानस्थल उडान र अवतरण गर्ने विमान कम्पनीलाई पठाउने गरिन्छ । तर यसको पालना सरकारले गरेन । आपूmले बनाउने नियम कानून तथा निर्देशिकाहरु आफैले पालन नगरेपछि के सिक्छन सामान्य कार्यकता तथा जनताले ।

एक दशक भन्दा पहिले मुलुकमा फौजी हैकम थियो राजा ज्ञानेन्द्रको उनकै मति, दुष्कर्म र शक्तिको असिमित भोकले तिनको फौजी हैकम समाप्त भयो । त्यस पश्चात उक्त स्थानमा राष्ट्रपति लाई स्थापित गरियो । पहिले राजाका हंसमा विष्णु भगवानको अंश हुन्छ भनिन्थ्यो । अहिले राष्ट्रपतिका हंसमा पनि उही राजाको अंश घुसे झै लाग्छ । अतृप्त लोभ, सम्मानको असिमीत भोक, असीम अहंकार एवं चरम फासीवादी चरित्र निरंकुश राजाको पहिचान हो । यो विद्रुप पहिचानको प्रेत, मानौ राष्ट्रपतिको मतिमा सवार भएको छ । राष्ट्रपतिलाई आप्mनो धरातलको पर्वाह छैन । जनता छेउ गरेका वाचा याद छैन । हेक्का छ केवल सान सौकतको, ठाँटवाटको, रोव–रवाफको मानौ

विद्यादेवी भण्डारीलाई लाग्छ म ज्ञानेन्द्र शाही पछिकी साक्षात रानी हँु । मलाई भाग्यले दिएको पद हो यो । उनीको श्रीमान्को रहस्यमय मृत्यु नैे भाग्य हो । यीनलाई लाग्दो होला मेरो श्रीमानको रहस्यमय मृत्यु नहुँदो हो त म यो पदमा कहाँ पुग्थे होला । त्यही भएर होला उनी राष्ट्रपति पदमा पुग्दा समेत त्यो हत्याको खोजी गर्ने काममा चासो देखाइनन् । सलाम छ हाम्री राष्ट्रपति विद्यादेवी लाई । राष्ट्रपति विद्यादेवी भण्डारी देशकै सर्वोच्च पदमा दोस्रो पटक पुनः राज्यरोहण गरेकी छिन् । देशमा भ्रष्टाचारको आयातन बढीरहेको छ । बलात्कारका घटनाहरु वढीरहेका छन् । अर्थतन्त्रका परिसूचकहरु नकारात्मक दिशामा गइरहेका छन् । व्यापार घाटाको डरलाग्दो तथ्याङ्क आएको छ । समयमै पुँजीगत खर्च गर्न सरकार असफल भएको छ । रोजगारीका लागि विदेश जानेका लर्को बढ्दो रुपमा छ । स्थानिय निकायका पदाधिकारीदेखि सांसद, मन्त्री तथा प्रधानमन्त्रीहरु आप्mनो सेवा सुविधाको लागि मात्र सोचीरहेका छन् । यी सबै विषयवस्तुहरुमा राष्ट्रपति मुकदर्शक भएर वसेकी छिन । उनले सरकारलाई सचेत गर्नु पर्ने हो । त्यस्तो कार्य कहिल्यै उनले गर्न सकिनन् । राष्ट्रपति पद मूर्ति मात्र जस्तो देखिएको छ । उनलाई खाली आप्mनो सम्मानको भोक कसरी पुरा हुन्छ भन्ने कुरामा मात्र चिन्ता छ । यस्तो अवस्थामा आम सर्वसाधारण जनतालाई गणतन्त्रको के स्वाद ? विषयहरु गंभीर छन् ।

अन्त्यमा चोर साधुदेखी डरउछ । भ्रष्ट निष्कलंक देखि डराउँछ ।ठग इमान देखि डराउँछ । सत्तासीन दलहरु विद्रोहीशक्ति देखि डराउँछ । राष्ट्रपतिलाई कसको डरले वुलेट प्रुफ दरवार, वुलेटप्रुफ गाडि, सिंगो सडक र हुँदा हुँदा सिँगो आकाश समेत चाहिएको हो ? जब की यिनका श्रीमान चुनावमा साइकल चढेर प्रचारमा हिड्थे । जनताको झुपडीमा खान्थे, वस्थे, कुराकानी गर्थे । उनी जनसरह सडक पेटिमा हिड्थे । ती जननेता भण्डारी जनजनले बुभ्mने भाषा बोल्दथे । अनि यी विद्यादेवी ? राष्ट्रपति विद्यादेवी भण्डारी मदन भण्डारीको आदर्शकी अनुयायी होइनन् । अझै पनि उनले आपूmलाई सच्चाउन सक्छिन । उनले आफुलाई सच्याउन मदन भण्डारीको पथलाई हेक्का राखुन ।

नत्र नेपाली जनताको धैर्यताको सीमा फुट्यो भने उनका दुई हातहरु केपी र पीकेको पनि केहि लाग्दैन । इतिहासलाई पढ्न र बुभ्mन आवश्यक छ । तर यो पङ्तिकारलाई राष्ट्रपतिले यसो गर्लिन भन्ने कुरामा पटककै विश्वास राख्दैनन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार