
चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सी चिनफिङले भन्नुभएको छ,“चिनियाँ कम्युनिस्ट पार्टी चिनियाँ जनताको भलो र मानव जातिको प्रगतिको लागि काम गरिरहेको छ ।”
एक शताब्दीभरि नदेखिएका ठूलठूला परिवर्तनहरू आज संसारले भोगिरहेको छ । कोभिड–१९ को विश्वव्यापी महामारीबीच केही देशहरू भने आफ्नै ढिपीमात्र कस्ने, आफ्नै उद्योग व्यापारमात्र जोगाउन खोज्ने, अरुलाई होच्याउने र राजनीतिकरूपमा अपमान गर्ने काम गरिरहेका छन् । त्यस्तै देशहरूको कारण संसारभर सुशासन, विश्वास, शान्ति र विकासको अभाव भइरहेको छ, जसले अस्थिरता र अन्योल बढाउने कारणहरू मौलाइरहेका छन् । तथापि, हाम्रो आजको समयको मूल जिम्मेवारी शान्ति र विकास नै हुनुपर्छ । आपसी सम्मान र सबैको जीत हुने सहकार्य नै अहिलेको अपरिहार्य कार्यशैली हो ।
इतिहासको सही ठाउँमा उभिएको चिनियाँ कम्युनिस्ट पार्टी आज चिनियाँ जनताको हितको लागिमात्र कटिबद्ध छैन । चिनियाँ कम्युनिस्ट पार्टी चिनियाँ जनताको भलोलाई मात्र जोड दिइरहेको छैन । बरु, शान्ति र साझा विकास प्रबद्र्धनको लागि मानवजातिको साझा भविष्यको लागि साझा समुदाय निर्माण गर्न दत्तचित्त भएर लागिपरेको छ । चिनियाँ कम्युनिस्ट पार्टीले शीतयुद्धकालीन मानसिकता त्यागिसकेको छ । विश्व शान्ति र विकासको बृहत् सिद्धान्तप्रति चिनियाँ कम्युनिस्ट पार्टी प्रतिबद्ध रहेकोले उसले शक्ति राजनीतिको विरोध गर्दछ ।
चिनियाँ कम्युनिस्ट पार्टीः ‘जनता प्रथम’ र ‘जीवन प्रथम’ सिद्धान्तमा प्रतिबद्ध पार्टी
महासचिव सी चिनफिङले चिनियाँ जनताको खुशी खोज्नु, दुःख र सुख आपसमा बाँड्नु र जनतासँग नजिकको सम्बन्ध कायम राख्नु नै पार्टीको मूल भावना र दीर्घकालीन लक्ष्य भएको बताउनुभएको छ । जनवादी गणतन्त्र चीन स्थापना भएको सात दसकभन्दा बढी समय व्यतित भइसकेको छ । यो अवधिमा चिनियाँ कम्युनिस्ट पार्टीले चिनियाँ जनतालाई तीब्र आर्थिक विकास र दिगो सामाजिक स्थायित्वतर्फ नेतृत्व ग¥यो । त्यसैकारण चीनमा संसारमै दुर्लभ चमत्कार सम्भव भयो । चिनियाँ जनतामा सन्तोष, खुशी र सुरक्षाको भावना लगातार बढिरहेको छ । सन् २०२० को वर्ष चीनको लागि ऐतिहासिक वर्षमा गनिनेछ किनभने यो वर्ष चीनलाई हरेक हिसाबले मध्यम ढङ्गले समृद्ध समाज बनाउने काम पूर्ण हुनेछ । कमरेड सी चिनफिङको मूल नेतृत्वमा चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको सशक्त नेतृत्वअन्तर्गत चीनले गरिबीमाथिको युद्धमा यो वर्ष सफलता प्राप्त गर्दैछ । हजारौँ हजार वर्षदेखि चिनियाँ राष्ट्रको अड्चनको रूपमा रहेका सबै निरपेक्ष गरिबी सधैँ सधैँको लागि यो वर्ष उन्मूलन हुनेछ । गरिबी निवारणमा चीनले हासिल गरेका उपलब्धिलाई संसारभरका राजनीतिक दलका विशिष्ट व्यक्तित्वहरूले ‘मानव विकासको इतिहासमा चमत्कार’ को संज्ञा दिएका छन् ।
हालै कोभिड–१९ को महामारी रोकथाम र नियन्त्रणको लागि चीनले गरेका कामले जनतालाई नै अग्रस्थानमा राख्ने चिनियाँ कम्युनिस्ट पार्टीको शासन सिद्धान्त र जनताको सेवामा दिलोज्यानले लाग्ने मूलभावनाबारे धेरै कुरा प्रस्ट भएको छ । सङ्कटको समयमा कुनै पनि राजनीतिक पार्टी र राजनीतिक शक्तिको प्रकृति र विशेषताको मूल्याङ्कन टड्कारो विषयवस्तुलाई उसले दिने प्राथमिकतामा निर्भर हुने गर्छ । अचानक फैलिएको महामारीको प्रतिरोध गर्न महासचिव सी चिनफिङ स्वयम् रोकथाम र नियन्त्रणका योजना बनाउने र कार्यान्वयन गर्नेमा सक्रिय हुनुभयो । चिनियाँ कम्युनिस्ट पार्टीले धेरै अघिदेखि नै जनताको स्वास्थ्य र सुरक्षालाई प्राथमिकतामा राख्ने ‘जनता प्रथम’ र ‘जीवन प्रथम’ को सिद्धान्तलाई अङ्गीकार गर्दै आएको छ । महामारीको बेला हरेक र सबै बिरामीको उपचार र जीवन रक्षाको लागि उपलब्ध सबै स्रोत साधनको पूर्णरूपमा परिचालन गरियो । ३ करोड ९० लाखभन्दा बढी चिनियाँ कम्युनिस्ट पार्टीका सदस्यहरू प्रतिरोधको अग्रमोर्चामा अथकरूपमा लडे । देशका विभिन्न भागबाट हुपेई प्रान्तमा सहायताका लागि गएका ४० हजारभन्दा बढी स्वास्थ्यकर्मीहरूमध्ये ५६.१ प्रतिशत पार्टीका सदस्यहरू थिए । जनताको स्वास्थ्य र सुरक्षाको लागि लड्दा लड्दै झण्डै ४ सय जना पार्टी सदस्यले आफ्नो ज्यान बलिदान गरे । विभिन्न देशका राजनीतिक दल र नेताहरूका शब्दमा चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा कोभिड–१९ विरुद्ध चिनियाँ प्रतिरोधबाट जनताप्रति चिनियाँ कम्युनिस्ट पार्टीको अगाढ भावना र मानवतावादी विचार उजागर भएको छ ।

लेखक ।
इतिहास र आजको वास्तविकताले पनि पटक–पटक चिनियाँ कम्युनिस्ट पार्टी चिनियाँ जनतासँग हरेक दुःख सुखमा साथमा रहेको र आपसमा निकटको सम्बन्ध कायम राखेको देखाएको छ । यसको मूल्याङ्कन गर्ने सबभन्दा आधिकारिक ठाउँमा चिनियाँ जनता छन् । जनसम्पर्कबारे अध्ययन गर्ने संरा अमेरिकाको एउटा प्रतिष्ठित संस्थाले जनविश्वाससम्बन्धी पछिल्लो समय सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार चीन सरकारप्रति चिनियाँ जनताको विश्वास ९५ प्रतिशत छ । संसारभर विभिन्न देशमा गरिएको सर्भे नतिजामध्ये चीनप्रति चिनियाँ जनताको विश्वास सबभन्दा माथि देखियो । चिनियाँ कम्युनिस्ट पार्टी र चिनियाँ जनताबीचको सम्बन्ध नङ र मासुजस्तै अन्योन्यास्रित छ । पार्टीको बदनाम गर्ने वा पार्टी र जनताबीच फाटो ल्याउने कुनै पनि प्रयास असफल हुनेछ । जनतालाई पहिलो प्राथमिकतामा राख्ने र जनताको दिलोज्यानले सेवा गर्ने चिनियाँ कम्युनिस्ट पार्टीका सबभन्दा विशिष्ट परिचय र महत्वपूर्ण विशेषता हुन् ।
महासचिव सी चिनफिङले जोड दिनुभएको छ, “चिनियाँ जनताको अथक प्रयासले नै चीन आजको अवस्थामा पुगेको हो ।”चिनियाँ जनतालाई एकगठ बनाएर यो विशेष यात्रामा नेतृत्व गर्ने क्रममा हाम्रो पार्टीले आत्मनिर्भरता र कडा मिहिनेत, आफ्नो जिम्मेवारी पूरा गर्ने बलियो कटिबद्धता र ‘भित्ता छामेर अडेस लगाउने’ सजग भावनाको असल परम्परामा विश्वास ग¥यो । यसैबीच चीनको आन्तरिक विकासमा समन्वय गर्दै बाहिरी विश्वको लागि चिनियाँ ढोका खुला गर्ने, संसारको विकासलाई चीनको विकाससँग एकाकार गर्ने र चिनियाँ जनता एवम् संसारका अन्य देशका जनताको साझा हितलाई जोड दिंदै हाम्रो पार्टीले विश्व अर्थतन्त्र र विश्वव्यापी विकासमा महत्वपूर्ण योगदान गरेको छ । चिनियाँ कम्युनिस्ट पार्टीले चिनियाँ जनता र संसारभरका जनताको हितको लागि काम गरिरहेको कुरा संसारका राजनीतिक पार्टीहरूबीच स्थापित छ । सुधार र खुलापन नीतिले चीनको परिस्थितिमा परिवर्तन निम्त्यायो । त्यो नीतिले क्षेत्रीय र वास्तवमा संसारको विकासमा टेवा पु¥यायो । यो नीतिले आज समग्र मानव जातिको कल्याण गरिरहेको छ ।
सबैको हित हुने सहकार्यमा आधारित खुलापनको रणनीतिप्रति प्रतिबद्ध चिनियाँ कम्युनिस्ट पार्टीले खुला विश्व अर्थतन्त्रको लागि सक्रियतापूर्वक काम गरिरहेको छ । आजको विश्वले सामना गरिरहेको सबभन्दा ठूलो असन्तुलनकै हिस्साको रूपमा रहेको असन्तुलित विकास समाधान गर्न चिनियाँ कम्युनिस्ट पार्टीले बृहत् सरसल्लाह, साझा योगदान र साझा लाभमा आधारित बेल्ट एन्ड रोड सहकार्यको पहल र प्रवद्र्धन ग¥यो । यो परियोजना आज सबै देशलाई आपसी हित र साझा विकासको महत्वपूर्ण दबु बनेको छ । सबै सम्बन्धित पक्षको होस्टे हैँसेले बेल्ट एन्ड रोड परियोजना आज ऐक्यबद्धतामार्फत चुनौतीहरूको सामना गर्ने सहकार्यको एउटा ढाँचा बनेको छ । बेल्ट एन्ड रोड परियोजना आज जनताको स्वास्थ्य रक्षा र भलाइ गर्ने विश्वव्यापी कार्यक्रम बनेको छ । यो परियोजना आर्थिक र सामाजिक गतिविधि पुनःस्थापना र विकासको सम्भावना खोल्ने आर्थिक वृद्धिको साझा सञ्जाल बनेको छ । धेरै देशका राजनीतिक नेतृत्व र आम सर्वसाधारणले बेल्ट एन्ड रोड परियोजनाको उच्च प्रशंसा गरेका छन् । बेल्ट एन्ड रोड परियोजनाबारे केही राजनीतिक नेताहरूले ‘प्रभावको परिधि बढाउने’ वा ‘ऋणको जालो थोपर्ने कूटनीति’ भनी चित्रण गर्ने प्रयास गरे । तर, संसारका धेरै राजनीतिक नेतृत्व र सर्वसाधारणले बेल्ट एन्ड रोड परियोजनाबारे यस्तो चित्रणलाई खारेज गरेका छन् । बरु, यो परियोजना साझा समृद्धितिर सबैलाई डो¥याउने पारदर्शी बृहत् परियोजना भएको र यसले संसारभरका जनताको साझा भलाइ गर्ने बताएका छन् । यो परियोजनाले ‘एक्काइसौँ शताब्दीको सबभन्दा ठूलो विकास परियोजना’ को रूपमा ख्याति कमाएको छ ।
सधैँभरि माछा भाग लगाउनुभन्दा माछा मार्न सिकाउनु बुद्धिमानी हो । विकासको सन्दर्भमा पनि यो कुरा लागु हुन्छ । चिनियाँ कम्युनिस्ट पार्टीले मानव समाजको विकासक्रमको नियम खोज्न आफ्नै अनुभवलाई आधार बनाउनुका साथै आफूले सिकेका कुरा अरू देशसँग आदानप्रदानलाई पनि विशेष जोड दिएको छ । चिनियाँ कम्युनिस्ट पार्टी चीनमा आफूले शासन गर्दा बटुलेको अनुभव अरू देशका राजनीतिक दलसँग साट्न प्रतिबद्ध छ । अठारौँ महाधिवेशनयता चिनियाँ कम्युनिस्ट पार्टीले विभिन्न देशका राजनीतिक दलका दसौं हजार प्रतिनिधिहरूलाई चीन भ्रमणमा आमन्त्रण गरिसकेको छ । त्यस्ता भ्रमणमा संसारभरका राजनीतिक पार्टीहरूसँग विभिन्न माध्यमबाट आपसमा छलफल र अनुभव आदानप्रदान गर्ने गरेको छ । समुदायस्तरमा पार्टी सङ्गठन विस्तार, भ्रष्टाचारको विरोध, गरिबी निवारण, पर्यावरणीय संरक्षण, आर्थिक विकास र जनजीवनमा सुधारजस्ता विषयमा राजनीतिक दलहरूबीच गहिराइमा छलफल र अनुभव आदानप्रदान हुने गरेको छ । धेरै देशका राजनीतिक पार्टी र नेताहरूले त्यस्ता भ्रमणको क्रममा चिनियाँ कम्युनिस्ट पार्टीले संसारसँग आर्थिक विकासका अनुभवमात्र साट्ने गरेको छैन बरु बिना कुनै सन्देह विचार र सिद्धान्तबारे पनि छलफल गर्ने गरेको बताएका छन् । यसले विशेषतः विकासशील देशहरूलाई आफ्नो देशको परिस्थितिअनुकूल विकासको बाटोको खोजी गर्न मद्दत पु¥याएको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीः सभ्यताहरूबीच खुलापन, समावेशिता र आपसी सिकाइको पक्षधर
महासचिव सी चिनफिङले भन्नुभएको छ, “कुनै पनि दुई राजनीतिक प्रणाली पूर्णतः एउटै हुनसक्दैन र कुनै पनि राजनीतिक प्रणालीलाई सामाजिक र राजनीतिक परिस्थितिको लेखाजोखा नगरी अमूर्त ढङ्गले मूल्याङ्कन गर्न सकिन्न ।” चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्व र चिनियाँ विशेषतासहितको समाजवादी व्यवस्था चीनको इतिहास र चिनियाँ जनताको छनौट हो । स्थापनाकालदेखि हाम्रो पार्टीले प्रस्टरूपमा एउटा माक्र्सवादी राजनीतिक पार्टीको भूमिका खेल्दै आएको छ । माक्र्सवाद नै चिनियाँ विशेषतासहितको समाजवादको बाटो, सिद्धान्त, प्रणाली र संस्कृतिप्रति हाम्रो पूर्ण आत्मविश्वासको वैज्ञानिक जग र आधार हो । हामी हाम्रो बाटोप्रति प्रतिबद्ध छौँ । हामी कुनै पनि देशको राजनीतिक प्रणाली ‘आयात’ गर्न चाहँदैनौं न त हामी चिनियाँ राजनीतिक प्रणाली नै अरू देशमा ‘निर्यात’ गर्न चाहन्छौँ । चिनियाँ अभ्यास जस्ताका तस्तै पछ्याउन कुनै पनि देशलाई हामीले भन्ने सम्भावनाबाहिरको कुरा हो । अन्तर्राष्ट्रिय व्यवहार गर्दा सिद्धान्तमा कुनै लक्ष्मणरेखा नकोर्ने हाम्रो अभ्यासप्रति संसारभरका राजनीतिक पार्टीहरूबाट व्यापक समर्थन पाएको छ ।
धेरै देशका राजनीतिक पार्टीका नेताहरूले मानव जातिको उत्तम भविष्यको लागि सभ्यता, संस्कृति र सामाजिक प्रणालीबीच सद्भावपूर्ण सहअस्तित्व, आपसी सम्बन्ध र एकअर्काबाट सिक्नुपर्ने अभिमत व्यक्त गरेका छन् । देशहरूबीचको विवादलाई सभ्यता र प्रणालीहरूबीचको भेदमा पु¥याउने, ‘विचार मिल्ने’ हरू एक ठाउँमा उभिएर फरक विचारलाई टाढा पठाउने, आपसी भिन्नताको दुरूपयोग गर्नु र बलियोले कमजोरलाई हेलाहोचो गर्ने छुट दिनुले विद्यमान अन्तर्राष्ट्रिय बन्दोबस्तलाई गम्भीर क्षति पु¥याउनेछ । अझ यसले भिन्न सभ्यतालाई प्रतिकूलता र द्वन्द्वमा समेत धकेल्ने जोखिम हुन्छ ।
सधैँभरि माछा भाग लगाउनुभन्दा माछा मार्न सिकाउनु बुद्धिमानी हो । विकासको सन्दर्भमा पनि यो कुरा लागु हुन्छ । चिनियाँ कम्युनिस्ट पार्टीले मानव समाजको विकासक्रमको नियम खोज्न आफ्नै अनुभवलाई आधार बनाउनुका साथै आफूले सिकेका कुरा अरू देशसँग आदानप्रदानलाई पनि विशेष जोड दिएको छ । चिनियाँ कम्युनिस्ट पार्टी चीनमा आफूले शासन गर्दा बटुलेको अनुभव अरू देशका राजनीतिक दलसँग साट्न प्रतिबद्ध छ । अठारौँ महाधिवेशनयता चिनियाँ कम्युनिस्ट पार्टीले विभिन्न देशका राजनीतिक दलका दसौं हजार प्रतिनिधिहरूलाई चीन भ्रमणमा आमन्त्रण गरिसकेको छ । त्यस्ता भ्रमणमा संसारभरका राजनीतिक पार्टीहरूसँग विभिन्न माध्यमबाट आपसमा छलफल र अनुभव आदानप्रदान गर्ने गरेको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीले सधैँ खुला दिमाग र बृहत् सोचका साथ भिन्न संस्कृतिका उपलब्धिलाई पनि स्वीकार्दै र तिनबाट सिक्दै आएको छ । हामीले सांस्कृतिक असमझदारी, द्वन्द्व र आफूलाई अब्बल ठान्ने बुझाइलाई आपसी सम्बन्ध, सिकाइ र सहअस्तित्वको भावनाले जित्नु महत्वपूर्ण छ । पछिल्ला वर्षमा चिनियाँ कम्युनिस्ट पार्टीले आपसी मतभेदलाई थाँती राखेर साझा बुझाइ फराकिलो बनाउने र आपसी सम्मान तथा सिकाइ प्रवद्र्धन गर्ने पार्टी–पार्टीबीच नयाँ प्रकारको सम्बन्ध विकासका उपायको सक्रियतापूर्वक खोजी गरेको छ । हामीले १६८ देश र क्षेत्रका झन्डै ६ सय राजनीतिक पार्टी र सङ्गठनसँग निकटको सम्बन्ध कायम राखेका छौँ । हामीले पार्टी–पार्टीमा आपसी सम्बन्ध र सहकार्यको लागि विभिन्न प्रकार र तहका अन्र्ताष्ट्रिय सञ्जालको विकास गरेका छौँ । चिनियाँ कम्युनिस्ट पार्टीको अगुवाइमा विश्वका राजनीतिक पार्टीहरूबीच उच्चस्तरको बैठकको सफलतापूर्वक आयोजना भयो । सो कार्यक्रमको अन्तर्राष्ट्रिय समुदायले प्रशंसा ग¥यो । सो कार्यक्रमले हाम्रो पार्टीको बृहत् राजनीतिक समावेशिता र नैतिक उचाइ प्रदर्शन गरेको छ । विश्वको राजनीतिक सभ्यताको विकासमा त्यसले महत्वपूर्ण योगदान गरेको छ ।
महासचिव सी चिनफिङले जोड दिनुभएको छ, “चिनियाँ कम्युनिस्ट पार्टी संसारकै सबभन्दा ठूलो राजनीतिक पार्टी हो । त्यसैले हामीले आफ्नो यो परिचयअनुसारको व्यवहार गर्नुपर्छ ।” स्थापनाको शतवार्षिकी मनाउने तयारीमा रहेको एउटा प्रमुख राजनीतिक दल चिनियाँ कम्युनिस्ट पार्टीले ‘नयाँ युगको लागि चिनियाँ विशेषतासहितको समाजवादबारे सी चिनफिङ विचारधारा’ लाई आफ्नो दिशानिर्देशकको रूपमा अङ्गीकार गरेको छ । चिनियाँ राष्ट्रलाई पुनःजागरण गर्ने महत्वपूर्ण रणनीतिक कार्यभारका साथै एक शताब्दीमा एक पटक संसारमा हुने परिवर्तनलाई विचार गरेर चिनियाँ कम्युनिस्ट पार्टीले विश्व शान्ति, अमनचयन, मानव जातिको साझा विकास र सभ्यताहरूबीच आपसी आदानप्रदान र सिकाइमा सधैँ महत्वपूर्ण योगदान गर्नेछ ।
संसारभरका राजनीतिक पार्टीहरूसँग सहकार्य गरी चिनियाँ कम्युनिस्ट पार्टी मानव जातिको साझा भविष्यको समुदाय र समग्र विश्वको लागि उत्तम भविष्य बनाउन अथाह ऊर्जा जम्मा गर्न लागिपरेको छ ।
(लेखक चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति अन्तर्राष्ट्रिय विभागमा प्रमुख हुनुहुन्छ ।)नेपाली अनुवाद ः सुशिला







