
आदरणीय महासचिव कमरेड,
जुझारु अभिवादन !
आदरणीय कमरेड विप्लव, तपाईंको नाममा कम्युनिस्ट पार्टीलाई, निरन्तर क्रान्तिमा दोस्रो पुस्ताको तर्फबाट मैले खुल्लमखुल्ला पत्राचार गरेको थिए ।
क. विप्लव दोस्रो पुस्ता तयार छ, क्रान्तिलाई निरन्तर अगाडि बढाउनुस् ।
आज महासचिव कमरेडसङ्ग मेरो एउटै असहमति छ ।
केपि-रामे समुह तपाईंका कार्यकर्तामाथि धर पक्कड दमन गर्ने, अनेक जालझेलका मुद्दा लगाउने र पक्राउ गर्ने, दोहोरो मुड्भेडका नाममा मारेरै सक्ने भनेर धम्की दिरहेका छ्न्, स्थायी कमिटीका ५ सदस्य मध्ये ३ पक्राउ परिसके २ जेलमोर्चा समालिरहेका छन् ।
प्रचण्ड-माधव समुह आतंककारी भन्ने, जनकलाकार लाई झुन्ड्याएर मार्न खोज्ने ,घेराबन्दी गर्ने, भेरी-कर्णालीका हाम्रो कलाकारमाथी हातपात गरेछन्, यो मुगु जिल्लामा माघ ६ गते घटेको साँघातिक प्रकृतिको घटना हो । धन्न हाम्रो साथीहरू समयमा पुगेछन् ज्यान बच्यो ।
एक दर्जन बढीको सहादत भैसकेको छ, सहिद परिवार बदला लिन पार्टी खोज्दै संघर्षकै मैदानमा छ ।
हामीले ९ गते हेरिसक्यौ, आफ्नो तागत पैसाले किनेर देखाईसके २३ गते हेर्ने उर्दी छ, सत्ताको उन्माद हेरौं हैन ?
हेरेरै बस्ने हो ? तपाईंसङ्ग सेना छन्, सत्ता छ, पार्टी छ ।
मैले बुझे अनुसार तपाईंसङ्ग त्यो प्रबिधि छ, तपाईंको एक क्लिकले अहिलेको व्यवस्था ध्वस्त हुन्छ, अन्तर्राष्ट्रिय सम्बन्ध राम्रै भएको बुझिन्छ ।
तर पनि यत्रो गिरफ्तारी र धरपक्कड, दमन सहेर तपाई के पकाउदै हुनुहुन्छ ? कि क्रान्तिको सेफल्याण्डिङ्गको तयारी बाकी भएर हो ?
यिनको मुख्यालयमा किन ड्रोन र मिसाईल खसिरहेका छैनन् ?
कि पुरानै चरित्रको सत्तामा सम्झौता गरेर जाने हो ? हैन भने यिनका छ्तमा किन खस्दैनन् तपाईंको कारखानाले बनाएको मसलेदार रोबर्ट ?
अब पनि मूल्य चुकाउनु पर्नेछ, भन्ने विज्ञेप्ती हैन कमरेड त्यसको ठाउँमा धमका मच्चाउने फायर खौलौ, तेस्रो र चौथो बरियताका नेता पक्राउ पर्ने विरोधमा बन्द हडताल र प्रेसर र सुतली बम हानेर बसे जनताले पत्याउन छोड्छ्न् ।
बन्द गर्ने काम सधैंका लागि बन्द गरौं, दलाल र साम्राज्यवादका एजेण्टको निद हराम गरौं । यिनका शास सधाका लागि बन्द गराउ । तपाईंकै नेतृत्वमा समाजवादी क्रान्ति सम्पन्न गरेर वैंज्ञानिक समाजवादी सत्ता स्थापना गरेको हेर्ने वृद्ध, जवान, केटाकेटी सबैको ईच्छा छ, त्यो जिम्मेवारी र नेतृत्व लिन हामी तयार छौँ ।
तर क्रान्ति पछाडि धकल्ने तपाईंलाई छुट छैन । हामी निरन्तर क्रान्तिका पक्षधर हौं । अभिवादन ।।
यी व्यक्त विचारहरु लेखकका नीजि विचार हुन् ।







