सुरज नेपाली, काठमाडौं

महेश आरोही आफैं एक जनयुद्धका होनहार योद्धा थिए । दश वर्षे जनयुद्धमा उनले धेरैं आँशु र पसिना बगाएका छन् । कलिलो उमेरमैं जनयुद्धमा पूर्णकालीन, सैन्य फर्मेसन र सांस्कृतिक मोर्चाहुँदैं थुप्रैं क्षेत्रमा अनुभव संगालेका आरोहीले हालैं क्रान्तिकारी म्युजिक भिडियो बजारमा ल्याएका छन्, ‘गोली लाग्यो नी ।’

दश वर्षे जनयुद्धमा झण्डैं दशहजार होनहार योद्धाहरुले बलिदान गरे । हजारौं घाइते र अपांग बने । कयौंले आफन्त गुमाए । जनयुद्धको बलमा उठेको ०६२-६३ को जनआन्दोलनले राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना भएपनि जनयुद्धको मुख्य लक्ष्य पूरा हुन सकेन ।

खासगरी जनयुद्धका मुख्य कमाण्डर प्रचण्डले नैं जनयुद्धका उपलव्धिहरुलाई केही थान सत्ताको कुर्सीसँग मोलतोल गरेपछि हजारौं क्रान्तिकारी नेता-कार्यकता र योद्धाहरु आफुले पाउने मुक्तिबाट विमुख भए । प्रचण्ड र बाबुराम त पालैपालो प्रधानमन्त्री बन्न बाहेक धेरैं क्रान्तिकारी योद्धाहरुले जनयुद्धमा खर्चेको रगत, पसिना र बलिदानको मूल्य पाएनन् ।

युद्ध कति निर्मम र कहालिलाग्दो हुन्छ भन्ने कुरा त्यही युद्धमा होमिएका सिपाहीहरुलाई मात्र थाहाँ हुन्छ । हो महेश आरोही तिनैं भोगी योद्धा हुन् । उनले जनयुद्धमा भोगेको र देखेको वास्तविक कथालाई क्रान्तिकारी म्युजिक भिडियोमार्फत् प्रतिबिम्वित गर्ने चेष्टा गरेका छन् ।

आफ्नैं कथा, पटकथा र आफ्नैं निर्माणमा बनेको क्रान्तिकारी म्युजिक भिडियोमार्फत महेश आरोहीले दश वर्षे जनयुद्धको इतिहासलाई जीवन्त रुपमा पस्किने गरेका छन् ।

आरोहीको आफ्नैं रचना र संगीत रहेको यो भिडियोमा अभिनय गर्ने कलाकारहरुमा ममता खड्का र अमरजित पुनलगायत कलाकारहरुको अभिनय रहेको छ ।

यो म्युजिक भिडियो मगराँक्त युट्युव च्यानलनबाट सार्वजनिक गरिएको छ ।

बाँकी म्युजिक भिडियो –

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार