पुरानो नेपाली उखान चरितार्थ भएको छ। खाने मन भए पनि नभए पनि खानै पर्छ। मीठो होस् वा नहोस् ७ दिनको बासी रोटी होस् वा मकैको च्याँख्ला। खानैपर्छ। नखाईकन सुखै छैन। अमेरिकी परियोजना एमसीसीमा पनि यस्तै भएको छ। नेताहरुले डलर खाने जनताले मान्दिनु पर्ने? नेताहरु दास भए भनेर जनताहरु पनि दास बनिदिनु पर्ने हो?

राष्ट्रियता, राष्ट्रिय स्वाधीनता, अखण्डता र स्वतन्त्रताको लागि घातक छ एमसीसी। अगि अगि एमसीसी पछि पछि अमेरिकन साम्रज्यबाद हो एमसीसी। नेपालीलाई पशु बनाएर हरियो घाँस देखाईरहेको छ एमसीसी। सारा नेपालीले बुझेका छन् एमसीसी। एमसीसी अमेरिकन बाज हो। यो निर्दयी क्रुर तानाशाही हो। दक्षिण एशीयाली देश नेपालमा अमेरिका बिकासको नाममा एमसीसी लिएर आउँदैछ। बंगलादेश र श्री लंकाले एमसीसी मानेका छैनन्। तर नेपालका दलालहरुले साम्रज्यबादको नाईके अमेरिकालाई ल्याएर नेपाललाई अफगानिस्तान बनाउँदैछन्। एमसीसी उपाध्यक्ष फतिमा सुमार नेपाल आएर धोती नटोपी भएर रित्तो हात अमेरिका फर्केको अवस्था छ। अहिले अमेरिकालाई प्रथम गासे मक्षिका जस्तै भएको छ। एमसीसीको बिरोधमा चौतर्फी आँधिबेरी आएकोले फतिमा त फर्किईन् तर उनका चाकरहरुले नेपालमा बसेर सेवागरिरहेका छन्। चाकरी पनि कस्तो चाकरी? यो देशका प्र मले एमसीसीको बिरोध गर्नेहरुलाई जेलहालिन्छ भनेर डरत्रास देखाउन पछिपरेनन्।

लिपुलेक , लिम्पिीयाधुरा काला पानीमा भारतीय शेना परेड खेलिरहेका छन्। सयौं हेक्टर जमिन सुस्तामा भारतबाट मिचिएको अवस्था छ। हजारौं हेक्टर जमिन भारत पक्षबाट मिचिएको अवस्थालाई नजरदन्दाज गरी चिनसँगको सीमा जाँचगर्ने भनेर भद्दा नाटक प्रहशन गरेको छ। दार्चुलाको जयसिंह धामी हत्या प्रकरणमा सरकार मौन बस्नुले सरकारले कस्को सेवागरिरहेको छ? भन्ने प्रश्न उठेको छ। बीष हालेको लड्डू दिएर खानैपर्छ भन्ने? अहिले अमेरिकी साम्राज्यबादले यस्तै गराएको छ। अनुदान वा सहयोग खुसीले दिने खुसीले लिने हो। कुनैले तिमीलई घर बनाउन एक करोड दिन्छु तर त्यो घर मेरो अधीनमा हुनेछ। भाडामा दिन मेरो अनुमती लिनुपर्नेछ। बेच बिखनगर्दा मसँग सोध्नुपर्नेछ भन्यो भने के त्यो घरमा उसको अधिकार रहन्छ? अहिले एमसीसी सम्बन्धमा पनि अमेरिकाले त्यस्तै गराएको छ। ५६ अरबको अनुदान दिने भनेकोछ तर एम सीसी परियोजनाको लेखा अमेरिकाको मात्र हुनेछ। नेपालको कानुनसँग बाझिएमा पनि एमसीसी नेपालको संबिधान कानुनभन्दा माथि हुनेछ। एमसीसी परियोजना समाप्ती पछि पनि यसकाृ अफिस नेपालमा रहिरहनेछ भन्ने कुरा उल्लेख छ। सबभन्दा डरलाग्दो र खतरनाक कुरा त यो परियोजना ईन्डो प्यासिफिक रणनीति हो। जसलाई छोटकरीमा आईपीएस भनिन्छ। यो रणनीति अनुसार अमेरिकी सेना नेपालमा आई क्याम्प बनाएर बस्नेछन्।

नेपालमा हीरा मोति भएको र चिनलाइ पनि हिर्काउन पाइने हुदा एमसीसी लागूगरिने ४९ औं देशमा नेपाललाई रोजेको छ अमेरिकाले। अहिले अमेरिका,बृटेन र अस्टे«लिया मिलेर इन्डोप्यासिफिक स्ट्राटेजी थप मजबुत बनाउँदैछन्। पाण्डूबी जहाजको तयारी गरिरहेका छन्। नेपाल पसेर चिनलाई घेराहाल्ने अमेरिकाको रणनीति हुदै आएको छ। नेपाललाई अमेरिकाले अफगानिस्थान बनाउन चाहिरहेको छ। यसैको लागि अमेरिकाले एमसीसी भिराउन कोशिस गरिरहेको छ। एमसीसीको उपाध्यक्ष फातिमा जेड सुमारले नेपाललाई चिनले पैसादिएर एमसीसीको बिरोधगर्न लगाएको छ भन्ने नकारात्मक टिप्पणी गरेको सुन्दा साम्राज्यबादले कतिसम्म तलगिरेर मिथ्या प्रचारगर्ने रहेछ भन्ने कुरा प्रमाणित हुन्छ। नेपाली जनता स्वयं सजग छन्। अमेरिका के भेष बदलेर नेपाल आउँदैछ भन्ने कुरामा नेपाली स्पष्टछन्। एमसीसीको बीषख भरेकोे थैलो लिएर अमेरिका नेपाल पस्दैछ। नेपाल रण मैदानमा परिणत हुनेछ। नेपाले एमसीसी चाहिदैन भन्दा अमेरिका लिसोजस्तै लागिरहेको छ। अमेरिकालाई साथ दिन यहाँका दलालहरु न्वारान देखिको बल लगाईरहेछन्। एनसेलको कमिशन खाएर पल्केका दलालहरुले एमसीसीको ६ अर्ब त उडाई सकेका छन्। त्यसैले एमसीसी देशको हीतमा छ भनेर उफ्रिरहेका छन्। उता अमेरिकाले नेपाले एमसीसी पास नगरेमा नेपालमा नाकाबन्दी लगाउने धम्कीदिएको सुनिन्छ।

एमसीसी कुनै हालतमा लागू हुनसक्दैन। ने क पाले जारिराखेको एकीकृत जनक्रान्तिले यसलाई निस्तेज पार्नेछ। एमसीसी समर्थनगर्ने दलालहरुलाई जनताले घरघर बाट थुतेर कालो मसो धसी जुत्ताको माला लगाईदिएर गाउँगउँमा घुमाउनेछन्। पैसानै चाहिएको हो भने चिनले नेपालको बिकासको लागि यसको डवल दिने छौं तर एमसीसी बहिस्कार गर्नुपर्छ भनेको छ। यसैले पूर्खाको इज्जत राख्न र नेपालको स्वाभीमान उचो गराउन एमसीसीको सशक्त बहिस्कार गर्नुपर्छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार