
विगतमा युक्रेन
नेपालको भन्दा भूगोल ४ गुणा र जनसंख्यामा डेढगुणा अधिक भएको युक्रेन आजभन्दा चार शताब्दी अघि नेपालको बाईसे चौबीसे राज्यहरुझैँ कबिला राज्यहरु भएको र निरन्तर संघर्ष र युद्धहरुबाट गुज्रेको मुलुक हो । युरोपको दोस्रो ठुलो भूगोल भएको यो राष्ट्रको प्रभाव र पकडमा क्रिमिया, लुहान्स, डोनेस्टकहरु थिए । रुसचाहिँ बडा साम्राज्य थिए, जसको अधिनमा साना साम्राज्य युक्रेन पनि थिए । तलमाथि हुने बित्तिकै जारका सेनाहरु रथ, घोडा र पैदल सेनाहरु पठाएर घमासान युद्धसंग्राम गरी त्यहाँ आफ्ना वफादार शासक स्थापना गरी फर्कन्थे, जस्तो आज पुटिन चाहिरहेछन् । सर्वसाधारण जनताको रगत, पसिना र आँसु जति बगोस् तिनले कुनै वास्ता गर्थेनन्, दुरुस्तै आज पुटिनले प्रदर्शन गरिरहेछन् ।
जोसेफ स्टालिनको नेतृत्व
सन् १९१७ मा लेनिन–स्टालिनको नेतृत्वमा रुसमा अक्टुबर क्रान्ति सम्पन्न भयो, क्रान्तिकारी नेतृत्वहरुले जारकालीन साम्राज्यवादीलाई इन्कार्दैै । जारले कब्जा गरेका र अधिनमा लिएका राज्यहरु सबै स्वतन्त्र र दुई देशबीचमा समान सम्बन्ध रहने घोषणा भयो ।
यो कुराले पूर्वी युरोपभरि हलचल भयो । भूमिगत कालमा (सन् १९०३–१९१७) जोसेफ स्टालिनले नेतृत्व गरेका जर्जिया, क्रिमिया, युक्रेन, रसियाका मजुदरहरु र किसानहरुले स्टालिनको नीति र निर्देशनलाई पालना गर्दै सन् १९२२ मा संयुक्त ‘सोभियत समाजवादी संघ’ मा आबद्ध भए जसरी बेलारुस, चेचेनिया, क्रिर्गिस्तान, उज्वेकिस्तान, अजरवैजान लगायत १३ गणराज्यहरु पनि थिए । इस्तोनिया, लात्भिया, लिथुआनिया गणराज्यहरु चाहिँ दोस्रो महायुद्धको विशिष्ट घडीमा जर्मनीका हिटलर साम्राज्यवादीबाट बच्न सोभियत संघमा आबद्ध भएका हुन् ।
स्टालिनको नेतृत्वको सोभियत संघले सबै गणराज्यहरुलाई केन्द्रमा प्रतिनिधिहरु पठाउन सक्ने तर स्थानीय शिक्षा, स्वास्थ्य, उद्योग, संस्कृति, विकास–निर्माणजस्ता कुराहरु स्वयं नीति निर्र्माण गर्न पाउने वातावरण बनायो । साथै दुई तिहाइ जनताले संघबाट छुट्टिन चाहेमा स्वतन्त्र राज्य बन्न सक्ने संविधान पनि निर्माण भयो । जहाँ रक्षा, परराष्ट्र र मुद्राचाहिँ केन्द्रको स्वीकार्नु पर्ने अनिवार्यता थियो ।
विशाल देश रुसको नेतृत्वमा १६ वटा गणराज्यहरु मिलेर संयुक्त समाजवादी सोभियत संघ ९ग्क्क्च्० निर्माण भयो र अरु राज्यहरुलाई उसको अघिको देशको नाम राखेर सम्बोधन गरिन्थ्यो । जस्तो कि युक्रेन समाजवादी सोभियत संघ । जुन सबै राज्यहरुमा उत्पादनका साधनहरु (जमिन, उद्योग, खानी, कृषि पशुपक्षी फर्म इत्यादि) सामुहिकीकरण र राष्ट्रियकरण भयो र राज्यमा मजदुर, किसानहरुको प्रभाव र पकड रह्यो । यसले त्यहाँको आर्थिक, भौतिक क्षेत्रमा अभूतपूर्व विकास भयो, जनतामा सुखशान्ति छायो ।
स्टालिनको नेतृत्वको सोभियत संघको चौतर्फी उन्नति र प्रगतिको कारणले युरोप र विश्वभरिकै श्रमिक वर्ग र महिलावर्गको आकर्षण उच्च रुपले बढ्यो । यो कुरा अमेरिका र युरोपका अल्पसंख्यक शोषक वर्गले सोभियत संघलाई कसरी पतन तुल्याउन सकिन्छ भनेर लगानी गर्न थाले । त्यसमा जर्मनीका हिटलर र इटलीका मुसोलिनी उपर्युक्त मिल्यो । त्यसैले ती मुलुकहरुमा अमेरिका, ब्रिटेन, फ्रान्सहरुले हतियार, कारखाना, बैंक र लजिस्टिक उद्योगहरु खोलेर काम गरे त अर्कोतिर सोभियत संघमा आक्रमण गर्न उक्साए ।
जर्मनी, जापान र इटलीले दोस्रो महायुद्ध (सन् १९३७–४५) सुरु गरे, सोभियत संघ र चीनमाथि आक्रमण गरेर । संसारभरि अशान्त र कोलाहल छायो । करोडौँको मृत्यु र अरु करोडौँ घाइते अपाङ्ग बने । स्टालिन नेतृत्वको सोभियत संघका लाल सेनाहरुले २ करोडले बलिदान दिएर सन् १९४५ को मेमा जर्मनीलाई धुलिसात र अगस्तमा जापानलाई आत्मसमर्पण गराउन बाध्य तुल्यायो । तब युरोप र एसियामा शान्ति छायो । त्यसपछि संसारभरि मुक्ति र स्वाधीनताको लहर चल्यो । चीनको मुक्ति, भारत, बर्माहरुको स्वाधीनता त्यसको प्रमाण हो ।

खुश्चोभ–ब्रेजनेभको नेतृत्व
सन् १९५३ मार्च ५ मा सोभियत संघको मूल नेतृत्व जोसेफ स्टालिनको निधन भएपछि त्यहाँको नेतृत्व खुश्चोभको हातमा पुग्यो, जसले सोभियत संघको नाम र पार्टी झन्डाजस्ता कुराहरु उही राखे तर नीतिगत र कर्महरुचाहिँ जारकालीन तुल्याए । पीडित मजदुर, किसान र महिलाहरुको सेवा गर्ने राज्यको नीति नोकरशाह, पुँजीपति, अधिकार जमिन्दारहरुतिर मोडियो । विश्वमा उत्पीडित जनताको मुक्ति र स्वाधीनताको ठाउँमा शासकवर्गहरुसँगको सम्बन्ध र स्वयं महासामन्त चक्रवर्ती बन्ने सपनाहरु देखे । चेकोस्लोभाकिया र अफगानिस्तानमा नाङ्गो सैन्य आक्रमण त्यसको प्रमाण हो । अनि यता ठुलो देशको घमण्डता छायो, रुसको नेतृत्व र नीति सबैले मान्नुपर्छ भन्दै शोषण र उत्पीडन गर्दै सोभियत संघभित्रका अरु १५ वटा देशहरुमाथि आर्थिक, सांस्कृतिक, राजनैतिक अत्याचारहरु गर्न थाल्यो ।
यसरी लेनिन–जोसेफ स्टालिनले बिसौँ शताब्दीको तेस्रो दशकको सुरुतिर निर्माण गरेको महान् सोभियत संघ सत्तरी र असीको दशकमा आईपुग्दा खुश्चोभ–ब्रेजनेभहरुको राक्षसी र दानवी प्रवृत्तिले सामाजिक साम्राज्यवादी सोभियत संघ भनेर संसारभरि बदनाम भयो । अझ यस्तो देशलाई समाजवादी भनेर विश्वका कैयौँ माक्र्सवादी भनिने लेखक र नेताहरुले सम्बोधन गरिरहे । कम्युनिस्ट शब्द क्रुर र ध्वंसात्मकको पर्यायवाची बन्नमा यो प्रवृत्तिले ठुलो भूमिका खेल्यो । यसरी खुश्चोभ–ब्रेजनेभहरुले माक्र्सवाद, लेनिनवादको सिद्धान्त र स्टालिन नेतृत्वमा निर्माण भएको सोभियत संघका महान् कुराहरुलाई धुलिसात तुल्याए ।
विश्वको चक्रवर्ती बन्ने अमेरिकी शासकवर्गको शक्तिलाई चुनौती दिँदै खुश्चोभ–ब्रेजनेभहरुले संसारको असली चक्रवर्ती आपूm बन्ने सपना देखे । यसको लागि सैन्यशक्तिमा वृद्धि, हतियारको विकास र आणविक बमहरुको निर्माण तीव्र गतिमा भयो । यसै सिलसिलामा सोभियत संघको युक्रेनमा चेर्नोबिललगायत ४ वटा आणविक भट्टीहरु निर्माण ग¥यो । आज रुसले युक्रेनमाथि आक्रमण गर्नुको मूल कारण यिनै आणविक भट्टीहरु हुन् । यसबारे अरु व्याख्यापछि हुनेछ ।
बिसौँ शताब्दीको छैटौँ दशकदेखि नब्बेको दशकलाई शीतयुद्धको दशक मानिन्छ । जुन अन्तरालमा अमेरिकी एकाधिकारी पुँजीवादीहरु र रुसी खुश्चोभ, ब्रेजनेभ नोकरशाही पुँजीवादीहरुबिचको अन्तरविरोधले विश्वका दसौँ लाख न्यायप्रेमी, शान्तिप्रेमी, मुक्तिकामी जनताको ज्यान र जीवन गयो भने अर्कोतिर आणबिक बम, हाइड्रोजन बम जस्ता विध्वंसकारी अस्त्रहरुको विकास र वृद्धिले यो सुन्दर पृथ्वी र प्रकृतिको अस्तित्व माथि नै प्रश्नचिन्ह लाग्यो । यसमा खुश्चोभ, ब्रेजनेभ र तिनभा पुच्छरहरु सबै मानवजातिको इतिहारभरिका सर्वाधिक कलंकित मान्छेहरु हुन् । तिनैका कर्मले आज युक्रेन युद्धको मूलकारक बन्यो, जुन युद्ध चर्कंदै गएर तेस्रो महायुद्धसम्म हुनसक्ने र त्यसले अकल्पनीय विनाश मच्चाउने प्रबल सम्भावना छ ।
सोभियत संघको पतन
असीको दशकको उत्तरार्धमा ब्रेजनेभको निधन पश्चात उत्तराधिकारी चेरेन्स्कीको पनि छोटो अवधिमै मृत्यु भयो । त्यसपछि अर्को राष्ट्रपतिको पनि मृत्यु भयो । विश्वका मुक्तकामी जनताको छटपटी, अमेरिकी र पश्चिमा शासकहरुका प्रणालीगत साम्राज्यवादी नीतिहरुसँगको जटिल र गम्भीर अन्तरविरोधहरु सम्हालिन सक्नुको डङ्गुरहरुले नै होला । कथित सोभियत संघका शीर्षस्थ नेतृत्वहरुको लगातार अवसान भयो । त्यस्तो अवस्थामा मिखाइल गोर्वाचोभ नेतृत्वमा आए, राष्ट्रपति बने । दोस्रो महायुद्धमा जर्मन फाँसीवादी विरुद्धको युद्धको मोर्चामा डटेर सफलतापूर्वक लड्ने लालसेनाका कमाण्डहरुमा यिनी पनि एक थिए । स्टालिनको नीति निर्देशक नेतृत्व पंक्तिहरु निर्माण गर्ने वरिष्ठ व्यक्तित्वमा मिखाइल गोर्भाचोभ पनि एक थिए ।
रुसी राष्ट्रपतिहरुको लगातार निधनपश्चात् सोभियत संघको राष्ट्रपति बन्न सफल गोर्भाचोभ विगतको खुश्चोभ र ब्रेजनेभकालमा भएका कुँडाकर्कटहरु सफा गर्ने र लेनिन, स्टालिनकालका महान् कुराहरुलाई ब्युँताउँदै युगानुकूल नीति निर्माणहरु गर्दै सोभियत संघको पुनःनिर्माण गर्दै, संसारभरि सैन्यशक्तिको आडमा जनताको रगत, पसिना र आँसु पिइरहेका पश्चिमा शक्ति र स्रोतहरुलाई चुनौती दिँदै मैदानमा हाजिर हुनपर्नेमा उनी ‘ग्लासनोष्ट’ र ‘पेरेस्त्रोइका’ दुई पुस्तक ग्रन्थहरु लिएर आयो ।
जुन पुस्तकको सार भनेको सोभियत संघका जनतालाई पनि पश्चिमी देशका जनतालाई भैmँ स्वतन्त्रता र उन्मुक्ति दिनु हो तब विकास र समृद्धि सम्भव छ । गोर्भाचोभको कर्मले पश्चिमी जगत् उत्साही बने तर रुसी एक पक्षका जनता रुष्ट रहे । त्यही बेला रुसी सेनाका सर्वोच्च कमाण्डरले गोर्भाचोभलाई गिरप्mतार गरी कैद गरे । यता सडकमा हजारौँ र लाखौँ जनताले सेनाको ‘कु’ विरुद्ध प्रदर्शन गर्न थाले ‘गोर्भाचोभलाई मुक्त गर’ भनेर । जनता र देशको भलो गर्ने उद्देश्य लिएको सैन्य कमाण्डरले परिस्थिति प्रतिकुल पाएपछि उनले झुन्डिएर आत्महत्या गरे । त्यसपछि गोर्भाचोभले सोभियत संघका गणराज्यहरुले स्वतन्त्र पाउन सक्ने बाटो खुलाए र प्रायः सबै राज्यहरु स्वतन्त्र बने, युक्रेनसहित । यसरी सोभियत संघको सन् १९२२ मा लेनिन, स्टालिनको नेतृत्वमा निर्माण भएको थियो भने सन् १९९१ मा गोर्वाचोभको पहलकदमीमा भनौँ कार्यकालमा विघटन भएको थियो ।
वार्सा सन्धि संगठनको पतन र नेटो सन्धि संगठनको बढोत्तरी
दोस्रो महायुद्धमा सोभियत संघका लालसेनाहरुले ५ वर्षको भीषण संग्राममा असीमित रगत बगाएर जर्मन सेनाहरुलाई ढुस्कुट पार्दैै लखेट्दै गएर बर्लिनसम्म पु¥यायो । यो अन्तरालमा पूर्वी युरोपका पोल्याण्ड, युगोस्लाभिया, रुमानिया, हँगेरी, मोल्दोभा लगायतका राष्ट्रहरु पनि मुक्त भए र त्यहाँ समाजवाद स्थापना भयो । जर्मन सेनाहरुको पतन र पराजयपश्चात अमेरिकी र ब्रिटिस सेनाहरु दुलोबाट फुत्त निस्केर जर्मनी र इटलीमा बमबाडहरु गर्न थाले जहाजबाट । हिटलरको देश जर्मनीमा प्याराट्रप्स पैदल सेनाहरु पनि पठाए । बर्लिन सहरमा पूर्वबाट गएका लालसेनाहरु र पश्चिमबाट आएका स्वेत सेनाहरु भेटे । ती दुई सेनाहरुको सीमारेखामा दुवै पक्षको सहमतिमा पर्खाल लगाउने निर्णय भयो । त्यसपछि पूर्वक्षेत्र सोभियत संघको प्रभावमा रह्यो पूर्वी जर्मनी र पश्चिमी क्षेत्र अमेरिकीहरुको प्रभावमा रह्यो पश्चिम जर्मनी भनेर । यो सीमारेखा भनौँ बर्लिन पर्खाल बन्नमा त्यसबेलाको विशिष्ट परिस्थितिको माग थियो, संसारका करोडौँ जनताको जीवनलाई युद्धमा होम्ने हिटलरको कर्मले । जर्मनीको अस्तित्व नामेट पार्ने भनेर अमेरिकी राष्ट्रपति रुजबेल्ट र ब्रिटिस प्रधानमन्त्री चर्चिलले प्रस्ताव पनि गरेको हो तर रुसका राष्ट्रपति स्टालिनले जर्मनीको बचाउ गरेका थिए ।
सोभियत संघको सर्वोच्च नेता स्टालिनले आफ्नो जीवनकालभरि भनौँ सन् १९५३ सम्म सोभियत संघका १६ वटा गणराज्य र पूर्वी युरोपका सबै समाजवादी मुलुकहरुको युद्धले ध्वस्त भएका संरचनाहरुको पुननिर्माण, आर्थिक, भौतिक विकासका पञ्च वर्षीय योजना बनाई चौतर्फी विकासतर्पm लागे । स्मरण रहोस्, विश्वमा पञ्चवर्षीय योजनाको प्रतिपादक जोसेफ स्टालिन नै थिए जसले सोभियत संघमा तीसको दशकदेखि लागु गरेको हो । यो सिद्धान्त र दर्शन संसारभरि सबै शासकहरुले अभैmसम्म अनुसरण गरिरहेछन् ।
दोस्रो महायुद्धपछि अमेरिकाले आफ्नो नेतृत्वमा पश्चिम युरोपमा ब्रिटेन, फ्रान्स, जर्मनी, इटली, क्यानडा, बेल्जियम लगायतलाई समेटेर उत्तर एटलान्टिक सन्धि संगठन ९ल्ब्त्इ० स्थापना गरे । यो सैन्य संगठन हो । आ–आफ्नो राष्ट्रको सुरक्षा गर्ने नारा दिए तापनि यो संगठन मूलतः अरु देशहरुमा सैन्य हस्तक्षेप गर्ने, हतियारको निर्माण र विकास गर्ने, गृहयुद्धहरु भड्काउने र हतियारहरु बिक्री गर्ने प्रवृत्ति प्रबल छ ।
सोभियत संघमा स्टालिनको निधनपश्चात खुश्चोभको नेतृत्वमा पूर्वी युरोपियन राष्ट्रहरुलाई संगठित गरी बार्सा सन्धि संगठन निर्माण गरे । यिनको कर्म पनि नेटोको जस्तै रह्यो । गोर्वाचोभको पालामा बार्सा सन्धि संगठनको पनि विघटन भयो, सैन्य प्रतिस्पर्धाको औचित्य छैन भनेर । अनि अमेरिका र सोभियत संघ दुवैले आणविक बमहरु नष्ट गर्ने भनेर थुप्रै सन्धि, सम्झौताहरु पनि गरे । केही ध्वंसात्मक बमहरु निस्क्रिय पनि पारे । तर त्यसले निरन्तरता पाएन । नेटो विघटन भएन । बरु सोभियत संघको पतनपश्चात नेटो पूर्वी युरोपियन राष्ट्रहरुमा बिस्तार गर्दै जाने नीति लियो अमेरिकाले । आजको युक्रेन–रुस बिचको युद्ध त्यसैको परिणाम हो ।
रुसमा पुटिनको उदय र विकास
सोभियत संघको विघनपछि रुसको राष्ट्रपति पदमा यल्तसिन चुनिए । उनको कार्यकालमा रुस आर्थिक रुपले महाविपत्तिमा धकेलियो । अमेरिका, पश्चिम युरोप र जापानको आर्थिक र भौतिक सहयोगमा रुसले आफ्नो अर्थतन्त्र धान्नु पर्ने अवस्था पनि बन्यो । रुसको गरिबी, अभाव र बिजोगपूर्णको अवस्थामा भ्लादिमिर पुटिन राष्ट्रपतिमा चुनिए । पुटिनका पिता जोसेफ स्टालिनका कुक थिए । जुन कारणले उच्च पदस्थ व्यक्तिहरुसँग उनको परिचयले आफ्ना सन्तानहरुका लागि उनले स्तरीय शिक्षा, स्वास्थ्य, खाना, आवासहरुको व्यवस्था गरे । पुटिनले आफ्नो अध्ययनपछि केजिबीमा प्रवेश पाए । सोभियत संघको विघटनको बेला उनी त्यहाँको प्न्द्य को सर्वोच्च पदमा आसिन थिए । जुन कारणले रुसको राजनीति, सैन्यशक्ति, आर्थिक र वैदेशिक सम्बन्धहरु र अवस्थाबारे उनलाई गहिरो ज्ञान थियो । सोभियत संघको विघटन पश्चात यल्तसिनको कार्यकालमा सबै क्षेत्रहरु छिन्नभिन्न भएको बेला संसदीय निर्वाचनमा उनले रुसलाई सुधार्ने र अघिको मजबुत अर्थ व्यवस्थामा फर्काउने वाचा गरे, अत्यधिक जनमतले उनलाई साथ दिए, पुटिन राष्ट्रपति बने ।
पुटिनले रुसको आर्थिक अवस्थालाई सुधार्न कृषि र पशुपालनलाई विशेष जोड दिए, त्यसरी नै पेट्रोलियम र प्राकृतिक ग्यास उत्खननमा पनि । अनि भारी उद्योगहरु पुनसञ्चालन र हतियारका कारखानाहरु पनि । जुन ध्वंसात्मक शस्त्रहरु उनले अमेरिकालेभैmँ बिक्री गर्न थाले । अनि त रुसको अर्थ व्यवस्था केही वर्षमै उचो भयो । उनी लगातार दुई कार्यकाल राष्ट्रपति पदमा निर्वाचित भएर रुसको नेतृत्व गरे, अघिल्लो एक पटक चाहिँ कार्यकारी प्रधानमन्त्री बनेर देशको नेतृत्व गरे । किनकि रुसी संविधानमा राष्ट्रपति पद २ पटकसम्म मात्र चुनिन पाउँछ । पछिल्लोपल्ट राष्ट्रपति बनेपछि सन् २०३५ सम्म भनौँ आगामी १३ वर्षसम्म पुटिन रुसको राष्ट्रपति पदमा आसिन हुन पाउने रुसी संसदको दुई तिहाइबाट अनुमोदन भएको छ । यो प्रणालीलाई पुँजीवादी र कम्युनिस्ट प्रणालीको ठिमाहा प्रणाली भन्न सकिन्छ । हुन पनि पुटिनको एकीकृत रसियन पार्टी भनौँ सामाजिक जनवादी पार्टीको सिद्धान्त अँगालेको पार्टी हो भनी उनीहरु दाबी गर्दछन् ।
रुस र चीनको मित्रता
सन् १९९२ मा युक्रेन स्वतन्त्र भएपछि त्यहाँको सत्ताले रुससँगको सम्बन्धलाई निरन्तरता दियो, यद्यपि राष्ट्रहरु फरक–फरक थिए । यता चीनले पनि रुससँगको सम्बन्ध राम्रो बनाउँदै लगेपछि पूर्वी युरोपमा पनि आफ्नो व्यापार र उद्योगको माध्यमबाट सम्बन्धहरु विस्तार गर्दै गयो अझ पूरा युरोपभरि । यसै सिलसिलामा चीनले युक्रेन सरकारसँग सन् २०१० को आसपासतिर युक्रेनको १० लाख हेक्टरमा खाद्यान्न उत्पादन गर्ने सम्झौता ग¥यो । दोहोरो पारस्परिक हित हुने यो सम्झौता मूलतः खाली चौर र उत्पादन नलिएका भूभागहरु पथ्र्यो । जहाँ चीनको दशौँ अरब डलर पूर्वाधार (पानीको स्रोत, पाइप ट्यांकी, भवन, विद्युत इत्यादि) मा लगानी भइसकेको अनुमान छ ।
युक्रेन र चीनको बिचको उपरोक्त सम्झौता अमेरिका र पश्चिमा अरु मुलुकहरुको लागि दीर्घकालमा गम्भीर खतराको विषय बन्यो । किनकि अर्थतन्त्रमा खाद्यान्नको भूमिका विशिष्ट हुन्छ । अमेरिकीहरुले युक्रेन र चीनको सम्बन्धलाई रोक्न एकमात्र उपाय देखे, सत्ता पल्टाउने । सन् २०१४ मा युक्रेनका जनताले विद्रोह गरे । यसमा पश्चिमाहरुको ठुलो लगानी छ, सञ्चार प्रचार प्रसार, गुप्तचरी र अरु लजिस्टिक कुराहरुमा । विद्रोहपछि अन्तरिम सरकार पश्चिमा समर्थक बने र संसदीय निर्वाचनमा पनि उनीहरु चुनिए । रुसी र चिनिया समर्थकहरु अल्पमतमा परे । यो घटनाले रुस र चीन पश्चिमा प्रति रुष्ट बने ।
युक्रेन तेल, प्राकृतिक ग्यास, खाद्यान्न र धातुमा सम्पन्न मुलुक हो । त्यो बाहेक युक्रेनमा सोभियत संघ कालमा भनौँ शीतयुद्धको बेला त्यहाँ ४ वटा विभिन्न ठाउँहरुमा आणविक भट्टीहरु निर्माण भएका थिए । जुन देश पश्चिमाहरुले आफ्नो प्रभावमा पार्न र नेटोको सदस्यता दिलाउन निरन्तर प्रयास गर्दै आएका हुन् । युक्रेन नेटोमा संलग्न हुनु भनेको रुसको सैन्य शक्तिको सन्तुलनमा भारी फेरबदल हुनु हो जुन कुराले रुसको अस्तित्व समाप्त पार्न सक्छ । यसको प्रमाण अमेरिका र ब्रिटेनले संसारमा के के गर्दै आए भन्ने कुरा इतिहास सबै सामु छ । यसै कुरालाई दृष्टिगत गर्दै रुसले सन् २०१४ मा पनि पूर्वी युक्रेनमा आपूmले सैन्य गतिविधिहरु गर्दै त्यहाँ स्थानीय रुसी मूलका जनतालाई विद्रोहका लागि प्रोत्साहन र प्रश्रय दिएको हो । अन्तमा युक्रेनको सुदूर दक्षिण पूर्वको क्रिमिया गणराज्य बहुसंखयक जनताको सहयोगमा रुसले आपूmमा गाभ्यो ।
१० दिन अघि रुसले युक्रेनको ३ नाकाबाट आफ्ना हजारौँ सेना र सशस्त्र बख्तरबन्द गाडी तथा ट्याङ्कहरुमार्पmत भयानक आव्रmमण गरिरहेछन् । युक्रेनको राजधानी किभ र ठुला सहर खार्तुम लगायतमा पनि क्षेप्यास्त्र र रकेट लन्चरले जुन धावा बोलिरहेछन् यसपछाडि रुसको लामो समय अघिदेखिको तयारी र आफ्नो सैन्य, आर्थिक, भौतिक, लजिस्टिक सहयोग र समर्थन गरेर अघि बढेको हो भन्न सकिन्छ । झण्डै तीन वर्षअघि रुसी ३ लाख सेना र २५ हजार चिनियाँ जनमुक्ति सेनाहरुले साइबेरियामा एक हप्ते युद्ध अभ्यास गरेका थिए । त्यसको लगत्तै नेटो सेनाले पनि स्विडेनमा लाखौँको संख्यामा सैन्य अभ्यास गरेका थिए । विश्वको प्रकृतिको सुरक्षा भनौँ समुद्र, नदी, ताल, वनजंगल, हिमालमा भइरहेको मानवीय क्रियाकलापको कारणले भारी प्रदुषणका वस्तुहरु हटाउने र पृथ्वीको संरक्षणको कर्म नगरी धर्तीमा आ–आफ्नो साम्राज्यको लागि बमगोला पड्काउने, क्षेप्यास्त्र प्रहार गर्ने र गोली चलाउने यी दुवै सेनाहरुका लक्ष्य ‘दुई राजाका घम्सान, दुनिया छोराको नोक्सान’ बाहेक केही हैन ।
यता चीनलाई ताइवान, तिब्बत, हङकङ, सिन्जियाङको सवालहरु र समस्याहरु उचालेर अमेरिका र पश्चिमाहरुले निरन्तर दुःख र हैरानी सिर्जाउँदै आइरहेछन् । यसमा चीन क्रुद्ध छ, आन्तरिक हस्तक्षेप भयो भनेर । सैन्य शक्ति सन्तुलन र आर्थिक, भौतिक सहयोग र समर्थनको लागि रुससँग मिल्नु चीनको बाध्यता छ । यद्यपि समाज र संसारभरि मानवजातिमा शान्ति र सुव्यवस्था अनि धर्तीको सुरक्षाबारे यी कुनै पनि शक्ति राष्ट्रहरुको लक्ष्य र उद्देश्यहरु छैनन् भनेर स्पष्ट हुनुपर्छ ।
रुस–युक्रेन युद्धबारे पश्चिमा नीति र रुसी प्रतिक्रिया
रुसले युक्रेनमाथि त्यस्तो बेला आक्रमण गरिरहेछ कि जुनबेला युरोपियन युनियनबाट ब्रिटेन छुट्टिएको छ । अमेरिकासँग फ्रान्स र जर्मनी क्रुद्ध छन् । तथापि रुसले युक्रेनमा सैन्य हस्तक्षेप गरेपछि पश्चिमाहरुले युक्रेनलाई हतियार दिने, जापानले १०० मिलियन डलर सहयोग गर्ने र अमेरिकाले रुसमाथि पूर्ण आर्थिक नाकाबन्दी गर्ने उद्घोष गरेको छ । रुसको रणनीतिचाहिँ नेटोको कमजोर यो मनोवैज्ञानिक अवस्थामा युक्रेनमाथि झम्टदा ठुलै कुरा प्राप्त हुने विश्वास छ । दुई दशकपछि नेटो सेना ७-८ महिनाअघि अफगानिस्तानबाट तालिवानसँग हारेर फर्केको बेला पनि छ यो ।
सन् २००१ को सेप्टेम्बर ११ पछि अमेरिकाले इराकमा आक्रमण गर्दा सद्दाम हुनेनले विषालु ग्यासले भरिएका बमहरु भएको तानाशाह भनेर आरोप लगाउँदै आणविक बमहरुले भरिएका युद्धपोतहरु पनि प्रदर्शन गरेको थियो । रुसले चाहिँ युक्रेनको राजधानी किभमा ६० कि.मि. लामो बख्तरबन्द र ट्यांकहरुले आक्रमण गर्न जाँदा अरु राष्ट्रहरुले युक्रेनमा सहयोग गरेको भनेर रुसका विदेशमन्त्रीले गर्जदै भने– हामी आणविक बमहरु पनि प्रयोग गर्न सक्छौँ र तेस्रो महायुद्धमा आणविक बमहरु धेरै प्रयोगमा आउन सक्छ … भनेर संसारलाई धम्की दिन पुगे । उनको आशय युक्रेनलाई सहोग गर्ने पश्चिमा राष्ट्रहरु र जापानसहितका देशका मूल सहरहरु सबै आणविक बम र हाइड्रोजन बमहरुले विनाश मच्चाउने र तिनको प्रतिक्रियामा आफ्नो देशका सबै सहरहरु पनि खण्डहर बनाउने अर्थ लाग्छ । यस्तो कुरा कदापि बुद्धिमानी हुन सक्दैन र विश्वमा कुनै पनि न्यायप्रेमी जनताले स्वीकार्न सक्दैन ।
के हो आजको विश्वको मूल आवश्यकता ?
कुनै पनि युगमा भनौँ समयमा एउटा कुरा ज्यादै महत्वपूर्ण हुन्छ । जसको पहेली पत्ता लगाउन अति खाँचो पर्छ, जुन साझा सवाल हुन्छ । मानवजाति जंगली युगमा भौँतारिरहँदा आगोको ज्यादै खाँचो परेको थियो । अँध्यारो रातमा राप, ताप र प्रकाश प्राप्त हुने, जनावरबाट बच्ने, जाडोमा न्यानो हुने, खाने कुरा भनौँ कन्दमूल र सिकारहरु पोलेर खानेजस्ता थुप्रै कुराहरु प्राप्त भयो आगोबाट । सम्भवतः जुन झुण्डले सर्वप्रथम आगो पत्ता लगाउने र नियन्त्रणमा लिए उक्त झुण्डको विकास र वृद्धि सम्बन्धित भेक तथा सेरोफेरोमा सर्वाधिक भयो र अरु साना र कमजोर झुण्डहरुको लोप लोप भयो । यो त भयो जंगली कबिला युगको कुरा ।
आधुनिक युगमा पनि मानवजातिले थुप्रै चुनौतीहरु सामाना गरे र गरिरहेछन् । विफरको महामारीले हरेक वर्ष विपश्वमा लाखौँ र करोडौँ मान्छेहरुको प्राण पखेरु उडाउँथे, एडबर्ड जेनरले भ्याक्सिन पत्ता लगाएपछि बिफरबाट विश्व मानव जातिले मुक्ति पाए । त्यसरी नै कोभिड–१९ ले विश्व मानव संसारलाई डगमगाई दियो, पचास लाखभन्दा धेरैको मृत्यु भयो । जुन कुराले धर्तीमा मानवजातिको अस्तित्वलाई चुनौती दिइरहेछन् । भ्याक्सिन केही देशका वैज्ञानिकहरुले पत्ता त लगाए वर्ष दिनभन्दा धेरै समय लगाएर । तर कोभिडको नयाँ नयाँ भेरिएन्ट सँग सचेत विश्व मानव समुदाय त्राहिमान छ । के कुरा निश्चित छ भने समाज र संसारभरि मानवजातिले जल, जमिन र आकाशमा पैmलाइरहेको र बढाइरहेको वातावरणीय प्रदुषणहरुलाई नियन्त्रण र न्यूनीकरण गर्दै नजाने हो भने यहाँ कोभिड–१९ भन्दा धेरै गुणा भयानक भाइरसहरु व्युत्पत्ति हुनेछन् र यो चहलपहलको मानव समाज र संसार खण्डहरुमा परिणत हुनेछन् ।
ग्लोबल वार्मिङ भनौँ हरितगृह प्रभाव (Green House Effect) ,अम्लीय वर्षाद (Acid Rain), पराबैजनी किरण (Ultra Voilet Rays) पृथ्वीका मानवजातिको गम्भीर साझा समस्या हुन् । जुन कुराहरुले धर्तीमा मानवजातिको अस्तित्वलाई चुनौती दिइरहेछन् । त्यसरी नै आणविक प्रदुषण (Nuclear Pollution) खाद्य प्रदुषण पनि भयानक कुराहरु छन् । यो युगको यी मूल मुद्दाहरु हुन्, जुन समस्याहरु हल गर्न विश्व मानव जाति सचेत, संगठित र संघर्षशील बनी सबैले आ–आफ्नो ठाउँहरुबाट जुर्मुरिएर उठ्न र आवश्यक कदमहरु चाल्न जरुरी छ ।
वर्तमान विश्वमा झण्डै २१५ वटा देशहरु छन् । यीमध्ये कुनै पनि एक देशलाई नमुना बनाएर पर्यावरणमैत्री र मानवजातिमा शान्ति छाउने दर्शन अँगालेर जाऔं भनेर प्रस्ताव गर्ने हो भने आजको विश्वको सर्वाधिक शक्तिशाली अमेरिका, चीन र रसियाले के गर्लान् ? उनीहरुका कर्म र क्रियाकलापहरुले के भन्छन् भनेर नियाल्दा अमेरिकाले भन्नेछ– ‘सबैले क्रिस्चियन धर्म मान्ने र बाइबललाई पथ दर्शन स्वीकार्नुपर्छ । अन्यथा हामीलाई मान्य हुनेछैन, सैन्यशक्ति लगाएर भए पनि नाश गर्नेछौँ त्यस्तो देशलाई ।’ त्यसरी नै चीनले भन्नेछ, ‘सबैले कन्फ्युसियस धर्म मान्ने र कन्फ्युसियसको दर्शनलाई अँगाल्ेन ! त्यसमा अलिअलि माक्र्सवादका कुराहरु पनि मिसाउने अन्यथा विघटन र विनास गर्न हामी पनि बाध्य हुनेछौँ ।’ पुटिनले चाहिँ के भन्छन् होला भन्न सकिन्न, किनकि उनले बाइबललाई छोएर रुसको संसद (दुमामा) प्रवेश गरेको देखिन्न न त स्टालिन दर्शनलाई आत्मसात गरी क्रियाकलापहरु गरेको देखिन्छ । बरु उनी त ६० कि.मी. लामो बख्तरबन्द गाडी र ट्यांकहरुमा अत्याधुनिक शस्त्रहरुले सुसज्जित भई युक्रेनको राजधानी किभ कब्जा गर्न र त्यसमा कसैले अवरोध खडा गरे आणविक बमले ध्वस्त पार्ने हुँकार पनि छोड्छन् ।
माथिका तीनवटै पथदर्शनले उनीहरुका आफ्नै देशमा शान्ति र सुव्यवस्था छैन त अरु देशहरुमा कसरी त्यो महान् शान्ति स्थापना हुन सक्छ ? नेपालका मूल राजनैतिक पार्टीहरुको जुन पार्टीहरु भित्र स्वयं भाँडभैलो छ र सधैँ तनाव छ त तिनले नेपाल सरकारको नेतृत्व गर्दा नेपाली जनतालाई के दिन्छन् ? अशान्ति, अव्यवस्था, अराजकता, असमानता, अपराधपूर्ण घटना परिघटनाहरु र यस्तै त हुन नि !
अमेरिका क्रुद्ध बन्दै हामीसँग प्रश्न गर्न सक्छन् ‘के भन्यौ हामीलाई ? “के तनि ?” हाम्रो जवाफ हुनेछ । भियननाम, लाओस र कम्युचियामा बमबाड गरी कति मान्छे मा¥यौँ ? ताइवान र दक्षिण कोरियामा सैन्य अखडा स्थापना गरी कति अशान्ति सिर्जाइरहेछौ ? जापान, जर्मनी र इटलीमा झण्डै ७५ हजार सेनाको अड्डा जमाएर के के गरिरहेछौ ? जहाँको सञ्चार माध्यममा पकड जमाई कस्तो–कस्तो कुराहरु सम्प्रेषण गरिरहेछौ र त्यहाँको सत्ता परिवर्तन र राज्यसत्तामा कतिसम्म प्रभाव र पकड जमाइरहेछौ, तिब्बत, सिन्जियाङ, हङकङ र ताइवानको सवाल र समस्याहरु उछालेर चीनलाई किन तनाव दिइरहन्छौ ? तिम्रै कर्मले भनौँ युक्रेनमा नेटोको प्रभाव र तिम्रो आफ्नो पकड राख्ने इरादा लिँदा रुसका पुटिन क्रुद्ध बने र आज युक्रेनी दशौँ लाख जनताले परपीडा र संकट र समस्याको भुमरीमा जानुप¥यो । तिम्रो कर्मले मध्यपूर्व र अफगानिस्तानका कति लाख जनताले ज्यान जीवन गुमाए ? कति लाख घाइते, अपाङ्ग बने ? कति लाख शरणार्थी बनेर परपीडाको जीवन गुजारिरहेछन् ? अझ अरु पनि तथ्यहरु बताऊँ ? पुर्खाको निरन्तर हिंसात्मक प्रवृत्ति र परम्परालाई त्यागेर १८० डिग्री फन्को मारेर अक्षरस विश्व मानवजातिमा शान्ति, सुव्यवस्था अनि प्रकृतिको सुरक्षाको मार्गमा लागी पर । तब विश्वका जनताले तिमीलाई इतिहासको रगतको खोला र आँसुको ताललाई बिर्सेर सम्मान र श्रद्धा गर्लान् ? अन्यथा दुर्गन्ध ढलको पिँधमा बग्नेछौँ । नयाँ इतिहासको समाज र संसारमा तिमी विगत र वर्तमानका अमेरिकी अधिकारीहरुसहित सामान्य पत्रकार, लेखक, सेना, प्रहरी, कर्मचारीहरु र सम्बन्धित सबै सबै जो अमेरिकी सामाजिक, आर्थिक, राजनैतिक पाले पहरेहरु थिए र छन् ।
चीनले पनि हामीसँग रिसाउँदै प्रश्न गर्न सक्छ कि ‘हामीलाई पनि अमेरिकी कोटीमै राखेको ?’‘हैन, अमेरिकी कोटीमै राख्ने समय भएको छैन तर पथदर्शनलाई नियाल्दा उस्तै हुनसक्छ’ चीनलाई हाम्रो गम्भीर जवाफ हुनेछ – कन्फ्युसियस २७ सय वर्ष अघिको दार्शनिकले चिनियाँ जनतालाई के दिए ? गरिबी, भोकमरी, महिला उत्पीडन सामन्त र दासमालिकहरुको रजाईं अनि असीमित श्रमिक वर्गको रगत, पसिना र आँसुको भेल हो कि हैन ? माक्र्सवाद, लेनिनवाद, स्टालिनवाद र माओवादको उज्यालो ज्योतिले अफिमको नशामा लट्ठिएका जनता सचेत, संगठित र संघर्षशील बनी चीनको मुक्ति र स्वाधीनता प्राप्ति भएको हो कि हैन ? कन्फ्युसियस किन सर्वोपरी मान्छौ ? त्यसमा कुनै तुक छैन बरु तिनको प्रभाव र पकड चिनियाँ कम्युनिस्ट पार्टीमा रहेछ भनेर स्पष्ट भन्न सकिन्छ । सि जिनपिङ ! तिमी स्वयं कन्फ्युसियस र गौतम बुद्धभन्दा हजारौँ गुण विशिष्ट दार्शनिक बन्ने अवसर छ, त्यसका लागि तिमीले तीनवटा कुराहरु गर्नुपर्छ–
प्रथम– चीन र विश्वको वातावरणको संरक्षणमा आफ्ना सेना र सशस्त्र शक्तिहरु लगाउनु पर्छ र आम चिनियाँ जनतालाई डो¥याउनु पर्छ । जसरी चिङकाङ शान पहाडमा माओत्से तुङ नेतृत्वका लालसेनाहरुले ९४ वर्ष अघि युद्धमा लड्ने, उत्पादनमा भाग लिने र राजनैतिक कार्यकर्ताको भूमिका पनि पूरा गर्ने गथ्र्यो ।
द्वितीय– रुसी नेता भ्लादिमिर पुटिनलाई युक्रेन नै सर्वोपरि हैन जुन भूभागको विजय र पराजयले रुसको अस्तित्व रहन्छ कि रहँदैन भन्ने कुरालाई अतिरञ्जिन रुपले विश्लेषण गर्न हुँदैन भनेर सम्झाउन जरुरत छ र आणबिक बमहरु प्रयोग गर्ने कुरा त सर्वथा गलत छ भनेर स्पष्ट पार्न पनि खाँचो छ । शान्ति वार्तामा फर्कन र युक्रेनबाट आफ्ना फौज हटाउनु पर्छ भनेर सम्प्रेषण गर्न पनि उत्तिकै आवश्यक छ । तिम्रो आड भरोसाले उसले ठुलै विनाश मच्चाउने प्रबल सम्भावना छ ।
तृतीय– अमेरिका, ब्रिटेन, जापानसहितका साम्राज्यवादी इतिहास बोकेका राष्ट्रहरुको पतन भनौँ त्यहाँका विश्वका जनद्रोही, धर्तीद्रोही, महिलाद्रोही शासकहरुका पतन निकट भविष्यमै धु्रवसत्य छ । किनकि विश्वव्यापी धर्तीको सुरक्षा, श्रमिकवर्गको मुक्ति र महिलावर्गको मुक्तिको संग्राम संसारभरि सम्हालिनसक्नुको आँधिबेहरी आउँदैछ । जुन शक्ति र सेतहरुले सबै खालका सडेगलेका विचार र व्यवहारहरुलाई धुलिसात तुल्याउने छ । अनि विश्वव्यापी सत्यम् शिवम् सुन्दरम् समाज व्यवस्था स्थापना हुनेछ । यो महान् अभियानमा आजसम्म कुनै पनि देशमाथि साम्राज्यवादी नीति लिएर फौजी हमला गरी अगाडि नबढेको चीन हाम्रो साथमै हुनुपर्छ भन्ने कामना छ ।
संयुक्त राष्ट्रसंघको अस्तित्व र भविष्यबारे
प्रथम महायुद्धले युरोपमा करोडौँ मानिसहरुको मृत्यु, घाइते, अपाङ्ग र ठुलो भौतिक, आर्थिक क्षतिले अबदेखि त्यस्तो विनाशकारी युद्ध नहोस् भनेर युरोप र अमेरिकाका नेता र विद्वान्हरुले ‘लिग अफ नेसन्स’ को जन्म दिएका थिए । यो संगठनले केही कामहरु पनि गरे । तर केही शक्ति राष्ट्रहरु युद्ध गर्न र गराउनु पर्दा पछाडिबाट अनेकौँ भूमिकाहरु खेल्दै गरे । सन् १९३५-३६ तिर जर्मनी, इटली र जापानले ‘लिग अफ नेसन्स’ को सदस्यता त्याग गरे र दोस्रो महायुद्धको रचना गरे । जुन युद्धसँगै यो संस्थाको अस्तित्व पनि विलुप्त भयो ।
दोस्रो महायुद्धमा हिटलरी जर्मनी र इटलीका मुसोलिनीको कर्मले झण्डै ५ करोड मानवहरुको ज्यान गयो अरु ८ करोड घाइते अपाङ्ग बने । सहरबजार, स्कुल, अस्पताल, कलेज, पुल पुलेसाहरु असीमित विध्वंस बने । जापानले कोरिया (मङचुरिया) मा मूल अड्डा जमाएर चीन र पूर्वी एसियामा युद्धको धावा बोल्यो । यहाँ पनि करोडौँ जनताको मृत्यु, घाइते, अपाङ्ग र अरु असीमित भौतिक संरचनाहरु विनास भयो । सन् १९४५ को मेमा र अगस्तमा क्रमशः युरोप र एसियामा शान्ति छायो । यसमा रुसी लालसेना र तिनको नेतृत्व गर्ने जोसेफ स्टालिनको विशिष्ट भूमिका रह्यो ।
दोस्रो महायुद्धपछि फेरि विश्व स्तरीय संगठन ‘संयुक्त राष्ट्र संघ’ स्थापना भयो । लिग अफ नेसन्ससँग आफ्नो फौज नभएकोले दोस्रो महायुद्ध भड्कियो भनेर संयुक्त राष्ट्र संघले आफ्नो अधिनमा फौज राख्ने नीति बनायो ‘शान्ति सेना’ विगत झण्डै ७० वर्षको इतिहासमा संयुक्त राष्ट्र संघले पनि विश्व मानव जातिमा र कैयौँ तनावपूर्ण दुई राष्ट्रहरु बिचको समस्या सिर्जदा निर्णायक भूमिका खेल्न सकेनन् । भिटो पावरबाट सुसज्जित अमेरिका, रसिया, चीन, ब्रिटेन र फ्रान्सको आक्रामक नीतिलाई शान्ति सेनाले केही गर्न सकेनन् । जस्तै– अमेरिकाको आडभरोसा पाएको इजरायलले पेलेस्टिनिहरुमाथि यो बीचमा कैयौँ पाली सशस्त्र आक्रमण गर्दा अमेरिकाले इजरायलको पक्ष लागेर अझ भिटो पावर प्रयोग गरेर तिनको रक्षा गरे । हजारौँ र लाखौँ पेलिस्तिनीहरुको मृत्यु भयो । इजरायललाई कुनै सजाय भएन । त्यसरी नै भियतनामले सोभियत संघको आड लिएर कम्पुचियामाथि आक्रमण गरी लाखौँ कम्पुचियन जनताहरुको हत्या र पोलपोट सरकारलाई जंगल लखेटे तर भियननामको पक्षमा भिटो पावर प्रयोग गर्ने रुसको कारणले उसलाई केही भएन ।
फ्रान्सले लिबियाका राष्ट्रपति कर्णेल गद्दाफीको हत्या र गृहयुद्धले लाखौँको मृत्यु भयो । अमेरिकाले ल्याटिन अमेरिका, अफ्रिका र एसियाका कैयौँ भूभागहरुमा सैन्य अखडाहरु स्थापना गरी लाखौँ विरोधीहरुको कत्लेआम र विनाश मच्चाउँदै आइरहेछ । उनलाई कसले रोक्ने ? युगोस्लाभिया र अफगानिस्तानमा सोभियत संघको नाङ्गो आक्रमण भयो, त्यसरी नै दश दिन अघि युक्रेनमा रुसी पुटिनको नेतृत्व र निर्देशनमा हजारौँ सशस्त्र शक्तिले धावा बोल्यो । हजारौँको मृत्यु र लाखौँ युक्रेनी जनताको पलायन भनौँ शरणार्थी बनिरहेछन् । पुटिन नेतृत्वको रुसी सेनाहरुलाई कसले रोक्ने ? भिटो पावरले सुसज्जित यी धुन्धुकारीहरुलाई बेलैमाथि नियन्त्रण गर्नुपर्छ अन्यथा तिनले तेस्रो विश्वयुद्ध थाल्नेछन् र आफ्नो साम्राज्यको लागि आणविक बम, हाइड्रोजन बमहरु प्रयोग गरेर यो सुन्दर संसार र मानव समाज तथा सभ्यतासमेत भस्मीभूत तुल्याउने छन् ।
यस्ता थुप्रै तथ्यहरु छन् कि लिग अफ नेसन्सको अस्तित्व लोप भएभैmँ संयुक्त राष्ट्र संघको अस्तित्व पनि लोप हुने प्रबल सम्भावना छ, तेस्रो महायुद्ध सँगसँगै । किनकि जुन शक्तिशाली देशहरु विश्वका साना तथा कमजोर राष्ट्रहरु र त्यहाँका जनताको रक्षक हुनुपथ्र्यो तिनै राष्ट्रहरु स्वयं भक्षक साबित भए । त्यस पछाडि थुप्रै कुराहरुले सक्रिय भूमिका खेल्ने भयो । जस्तो कि माथि केही वर्णन छ ।
अब संयुक्त राष्ट्र संघमा कुनै पनि देशलाई भिटोपावर (विशेषाधिकार) सुम्पन्न हुन्न । बरु संयुक्त राष्ट्र संघका सम्पूर्ण राष्ट्रहरुले आफ्नो हैसियत अनुसार संघलाई अनुदान र सहयोग गर्नु पर्छ । अनि यता संघका सम्पूर्ण कर्मचारी, सेना र पदाधिकारीहरुले सामान्य वेतन र भत्ता प्रदान गर्ने नीति अपनाउनु पर्छ । विश्वका तमाम श्रमिक वर्गहरु, महिला वर्गको आर्थिक, भौतिक उत्थानमा केन्द्रित हुनुपर्छ । युद्धखोर शासकवर्ग र राष्ट्रहरुलाई नाकाबन्दी गरी झुकाउने नीति लिनुपर्छ, सशस्त्र हातहतियारको कारोबार पूर्णतः बन्देज लगाउन पर्छ । प्रकृति भनौँ वातावरणको संरक्षणमा संसारभरिका सबै राष्ट्रका सेना, सशस्त्र बललाई जल, जमिन र आकाशमा भइरहेका प्रदुषण हटाउन र नियन्त्रण गर्ने नीतिहरु अपनाउन पर्छ । तिनलाई पृथ्वीको सुरक्षा र मानवजातिमा शान्ति र सुव्यवस्था स्थापना गर्ने सत्मार्गमा जोताउनु पर्छ । युद्ध संग्राममा होमिने वातवरणको साक्षी बसेर हैन । अनि दुई राष्ट्रहरुबीच तनाव र युद्ध सुरु भएपछि ‘शान्ति, शान्ति !’ को रटान लगाएर केही हुन्न । संयुक्त राष्ट्र संघलाई केही देशहरुले आफ्नो प्रभाव र पकडमा राखी गर्न नहुने कार्यहरु गरेका कैयौँ घटना–परिघटनाहरु छन् । अब यो गरिमामय संस्थालाई त्यसरी नै परिचालन हुन दिनु हुन्न । अन्यथा यो संस्थाको औचित्य समाप्त हुनेछ र अर्को युग सापेक्ष अन्तर्राष्ट्रिय स्तरको प्रभावशाली र शक्तिशाली संस्था स्थापना गर्न विश्वव्यापी अभियान सुरु हुनेछ ।
रुस–युक्रेन शान्तिवार्ताबारे
रुसले युक्रेनमाथि आक्रमण गरेको विगत दश दिनमा दुई पटक शान्ति वार्ता भएको छ तर युद्ध विराम गर्ने र युक्रेनमा शान्ति छाउने वातावरण अभैmसम्म बन्न सकेको छैन । यो अन्तरालमा युक्रेनी १० लाख जनता छिमेकी मुलुकहरुमा शरणार्थी बन्न बाध्य भएका छन् त हजारौँ युक्रेनी र रुसी सेनाहरुको मृत्यु भएको छ । सिङ्गो युक्रेनका ४.४१ करोड जनतामा मानवीय संकट छाइरहेको छ त लाखौँ रुसी युद्धमा प्रत्यक्ष, अप्रत्यक्ष संलग्न भई जीवन र मरणको दोसाँधमा छन् त अर्कोतिर तिनका दशौँ लाख परिवार पनि भयानक तनावमा छन् ।
दोस्रो महायुद्धमा हिटलर–मुसोलिनी शक्तिविरुद्ध २ करोड सभोयित रुसी जनताले आफ्नो र रुसको सुरक्षाका लागि लडेका थिए र त्यसमा २०–२५ लाख युक्रेनी जनताले बलिदान दिएको अनुमान गर्न सकिन्छ । आज ८१ वर्षपछि युक्रेनले आफ्नो अभिभावकभैmँ ठानेको रुसको सशस्त्र शक्तिले आक्रमण गर्दा भनौँ हिटलरी नाजी प्रवृत्ति भोग्नु पर्दा युक्रेनी जनताको मन कति धुरुधुरु रोयो होला ? यस घटना सिर्जनुमा युक्रेनी नेताहरु, पश्चिमा नेताहरु र खुद युक्रेनी नेताका पिछलग्गुहरुका पनि कम्ति भूमिका छैन । जुन विषयमा माथि केही प्रकाश पारिएको छ । अब युक्रेनमा शान्तिको लागि र विश्व बचाउनको लागि पनि निम्न दुईमध्ये एउटा पथमा डोरिनु पर्छ ।
प्रथम– रुसले युक्रेनबाट आफ्ना सशस्त्र सेनाहरु हटाउनु पर्छ र आफ्नो मागहरु स्पष्ट राख्नु पर्छ । युक्रेनले सम्भव भएसम्म तिनलाई सम्बोधन गर्नुपर्छ । युक्रेनले नेटोको सदस्यता लिई रुसलाई घेरा हाल्ने अमेरिकी रणनीतिमा फस्न हुन्न, हतियार बन्नु हुन्न । स्वतन्त्र र स्वाधीन र असंलग्न राष्ट्रको रुपमा विश्वलाई परिचय दिनु पर्छ ।
द्वितीय– युक्रेन पूर्ण रुपले आफ्नै कब्जामा हुनुपर्छ भनेर रुसले भन्छ र त्यसो नभए आणविक बमहरु प्रयोग गर्ने उसको हुँकार हुन्छ भने युक्रेन रणनैतिक रुपले पछाडि हट्नु पर्छ, युरोप र संसार बचाउनको लागि भए पनि यो कदम युक्रेनी नेताहरुको बुद्धिमत्ता ठहरिनेछ । कुनै युक्रेनी नेता तथा विद्वान्हरुले यसको विरोध गर्छ भने त्यो कदम युक्रेन, युरोप र विश्व विनाश गर्ने हर्कत भनेर बुझ्न पर्छ र तिनका विरुद्ध सर्वप्रथम युक्रेनी आम जनताले विद्रोह गर्नुपर्छ । युक्रेनमा रुसको शासन व्यवस्था केही वर्ष चलोस् न त खुद रुसभित्रै रुसी जनताले तानाशाह र विध्वंसकारीहरु विरुद्ध विद्रोह गर्नेछ । समाज र संसारलाई बचाउन पनि यो अपरिहार्य छ । यस्तो कुरा अमेरिका, चीन, ब्रिटेन, फ्रान्स, जापान, जर्मनीलगायत सम्पूर्ण देशहरुमा ज्यादै खाँचो छ । जुन विद्रोह पछि नयाँ शासन सत्ताहरुले निम्न तीन कुराहरुलाई उच्च प्राथमिकता दिएर क्रियाशील हुनुपर्छ ।
१. प्रकृति भनौँ वातावरणको संरक्षणमा उच्च प्राथमिकता ।
२. महिला भनौँ आमावर्गको चौतर्फी उत्थान र सम्पूर्ण सामाजिक व्यवस्थामा तिनलाई विशेष स्थान र तिनको नेतृत्वको स्वीकारोक्ति ।
३. श्रमिक वर्गको भनौँ मजदुर–किसानहरुको सुख–शान्ति र समृद्धिमा समर्पित ।
माथिका सूत्रहरु पालना गरेपछि पार्टी र त्यस्ता पार्टीको सरकार एउटा यस्तो चट्टानभैmँ बन्ने छ कि कुनै पनि शक्तिशाली आँधीबेहरीले पनि तिनलाई डेग चलाउन सक्ने छैनन् । विजय निश्चित छ ।
२३ फाल्गुण २०७८







