
हामी अहिले जनवादी गणतन्त्र कोरियाका महान् नेता किम इल सुङको ११० औं जन्मजयन्तीको अवसरमा छौं ।
वास्तवमा प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरिया अरु बाँकी विश्वभन्दा नयाँ र अलग विश्व खडा गरेर स्थापित भएको देश हो । कमरेड किम इल सुङको जुछे विचारधाराबाट उत्तर कोरियाले समाजवादी सत्ता संचालन गरिरहेको छ । अमेरिकी साम्राज्यवाद र सिंगो विश्वबाट एक्लाउने प्रयत्न हुँदाहुँदैं पनि उसले ती सबैं चुनौतीहरुलाई सामना गरेर समाजवादको अभ्यास गरिरहेको छ ।
त्यही समाजवादी देश प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरिया (उत्तर कोरिया) बारे यस मंचमार्फत् थोरैं सूचनामूलक जानकारी गर्न खोजिएको छ ।

साम्राज्यवादका विरुद्ध जनवादी गणतन्त्र कोरिया
कोरिया सन् १९४६ मा जापानी साम्राज्यवादबाट स्वतन्त्र भयो तर ४ वर्षको छोटो दौरानमा अमेरिकी साम्राज्यवादको अर्को आक्रमणमा पर्यो । वास्तवमा उत्तर कोरियाले सन् १९५३ देखि मात्र आफ्नैं मौलिकता र विशेषतामा समाजवादको अभ्यास गर्न थालेको हो ।
सन् १९१० देखि कोरिया जापानिज साम्राज्यवादको उपनिवेशमा परेको थियो । त्यही क्रममा सन् १९२५ मा कम्युनिस्ट पार्टी कोरियाको स्थापना भएको थियो । तर त्यसले उपनिवेशवादविरुद्धको संघर्षको नेतृत्व गर्न सकेन । बरु कम्युनिस्ट पार्टी ४÷५ वटा समुहमा विभाजित भएर एकले अर्कोलाई संशोधनवादी भन्दैं आरोप प्रत्यारोप गरिरहेका थिए ।
यही क्रममा सन् १९२६ मा कमरेड किम इल सुङले ‘साम्राज्यवाद मुर्दावाद संघ’ स्थापना गरेर संघर्षको नेतृत्व गर्नुभयो । त्यही क्रममा सन् १९३४ मा कमरेड किमले ‘कोरियाली क्रान्तिकारी सेना’ निर्माण गर्नु भयो । त्यही संघर्षको दौरानमा सोभियत लालसेना दिग्विजय बन्दैं सन् १९४५ मा जापानिज साम्राज्यवादलाई लखेट्न कोरिया आइपुग्यो । कोरिया मुक्त भएको दुई महिनापछि मात्र कोरियामा केन्द्रीकृत कम्युनिस्ट पार्टी निर्माण भयो । सन् १९४६ मा मात्र वर्तमान कोरियाली श्रमिक पार्टी बन्यो ।
जापानी साम्राज्यवादसँग लडाई सकिएको ५ वर्ष बित्न नपाउँदैं सन् १९५० मा अमेरिकाले कोरियामा भीषण आक्रमण गर्यो । तीन वर्षसम्म चलेको भीषण युद्धमा ५ लाख कोरियालीहरुले वीरगति प्राप्त गरे । अन्ततः अमेरिकी साम्राज्यवाद पछि हट्न पुग्यो । जनवादी गणतन्त्र कोरियाली जनताको जित भएरैं छाड्यो ।

¶í°Ò´ÝÂØ»¶ºÏ²É°ô¼ ¼Ó°á»¥ ¼êÃÔ
कमरेड किम इल सुङ : समाजवादका निर्माता
अमेरिकी साम्राज्यवादसँगको युद्ध सकिदा कोरिया उद्योग, कृर्षि र सेवालगायत सबैं क्षेत्रमा तहसनहस थियो । अमेरिकी बम–वर्षाले छोडेको खरानीको थुप्रो पन्छाउँदैं कमरेड किमले त्यहाँ समाजवादी पुननिर्माण थाल्नु भएको थियो । सन् जापानबाट मुक्त भएपछि सन् १९४८ मा प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियाको स्थापना भयो तर उत्तर कोरियाले सन् २९५३ देखि मात्र वास्तविक समाजवादी पुननिर्माण अभियान थालेको थियो ।
६९ वर्षमा सिंगो विश्वबाट नाकाबन्दी व्यहोरेर पनि प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियाले समाजवादी बाटोबाट ठूलो चमत्कारपूर्ण प्रगति गरेको छ । कृर्षिमा आधुनिकीकरण, उद्योगमा गरिएको छलाङ, शिक्षा, स्वास्थ्यमा पुर्याएको सेवाका तमाम सुविधा । विज्ञान प्रविधिमा गरिएको अभूतपूर्व छलाङले जनवादी गणतन्त्र कोरियाले विश्वलाई नयाँ चक्मा दिएको छ ।
एक अध्ययनकाअनुसार सन् १९४५ सम्म कोरिया भोकमरीमा परेको देश थियो । त्यो बेला ५६ प्रतिशत मान्छे एक छाके गरिब किसान थिए । ती ५६ प्रतिशत मान्छेसँग ५.४ प्रतिशत भाग मात्र जमिन थियो । अनि ४ प्रतिशत जमिन्दारसँग ५८.२ प्रतिशत जग्गा थियो ।
जुछे विचारधाराबाट जमिनमा भुमिसुधार र समाजवादीकरण गरिएपछि जनवादी गणतन्त्र कोरिया आज खाद्यान्नमा पूर्ण आत्मनिर्भर देश बनेको छ । सन् १९८७–८३ को तेस्रो सप्तवर्षीय योजनापछि त्यहाँ अहिले प्रत्येक नागरिकलाई प्रत्येक दिन खाद्यान्नको अलावा १७५ ग्राम मासु, ४०० ग्राम माछा, एउटा अण्डा, ३०० ग्राम फलफूल र १०० ग्राम मिठाई भाग लगाउने स्थिति पैदा भएको छ ।

यी सबैं अभूतपूर्व परिवर्तन कमरेड किम इल सुङको समाजवादी ग्रामीण थेसिस सन् १९६४ मुताविक समाजवादी सहकारीकरण गर्ने जुछे बाटोबाट आएको हो । जमिनमा सम्पूर्ण शोषणकारी सम्वन्धहरु खत्तम गर्ने, उत्पादक शक्तिहरुलाई मुक्त पार्ने र कृर्षिमा सिंचाईकरण, यान्त्रीकरण, विद्युतीकरण र रसायनिकीकरण गर्ने र यसरी कृर्षि उत्पादनमा पूरैं आत्मनिर्भर र आधुनिक बन्ने यो बाटोलाई कमरेड किमको परिभाषामा कृर्षिमा ‘जुछे बाटो’ भनिएको हो ।
यही बाटोअन्तर्गत कोरियाका सम्पूर्ण खेतीयोग्य भूमिमा सिंचाई सुविधा पुयाईसकिएको देखिन्छ । ८० प्रतिशत भुभाग पहाडेैं पहाडले ढाकिएको ठाउँमा निकैं कठिन कार्य हो । जहाँ ४० हजार किलोमिटरभन्दा बढी नहर खनेर र २ हजारभन्दा बढी पानीका रिर्जभ्र्वायर बनाएर पहाडी टापुहरुमा समेत सिंचाइँ पुर्याइएको छ ।
अहिले जनवादी गणतन्त्र कोरियाका सम्पूर्ण खेतीपाती मेसिनद्धारा गरिन थालिएको छ । बाली रोप्नु, गोडमेल गर्नु–काट्नु वा थन्क्याउनुजस्तैं सबैंजसो खेतीपातीको काम अब मेसिनद्धारा नैं हुन्छ । खेतीपातीमा विश्वको अत्याधुनिक वैज्ञानिक उपलव्धि पुर्याउन सबैं क्षेत्रमा विज्ञान, प्रविधि र अनुसन्धान संस्थानहरु स्थापना गरिएका छन् । यी सबैंको फलस्वरुप १९८२ मैं प्रत्येक हेक्टरमा धानको उत्पादन ८ टन र मकैंको उत्पादन ७.५ टन पुगेको छ । यो विश्वकैं अत्याधिक उत्पादकत्वको रेकर्डमध्ये एक मानिन्छ ।
विद्युत उत्पादनमा पनि जनवादी गणतन्त्र कोरियाले ठूलो प्रगति गरेको देखिएको छ । सन् १९९० मैं उसले २७ अर्ब ८९ करोड किलो मेघावाट प्रतिघण्टा विद्युत उत्पादन गरिसकेको बुझिएको छ । यो परिणाम बिजुलीको सम्पूर्ण आवश्यकता धान्नका लागि काफी हुने उनीहरुको दाबी छ ।
शिक्षाको क्षेत्रमा पनि कमरेड किमको नेतृत्वमा कोरियाले हासिल गरेको प्रगति उदाहरणीय छ । सन् १९८४ मा उसले देशबाट निरक्षरता उन्मूलन गरिसकेको तथ्यांक पुँजीवादी संचार माध्यमहरुले नैं दिइरहेका छन् । त्यहाँ औसत मजदुरहरुको योग्यता नैं आईएससीसरह हुन पुगेको छ । औसत किसानहरुको योग्यता उच्च निम्न माध्यमिक उतीर्ण सरह भएकोले पूरैं श्रमिकवर्ग बुद्धिजीविकरण भइरहेको छ ।

यस मंचको आगामी कार्यक्रम
माओको निधनपछिको चीन नयाँ बाटोमा हिँडिरहेको बेला, क्युबाले आफुलाई नयाँ बाटोमा जान अग्रसर गराइरहेको बेला, लाओस र भियतनामहरु आफ्नैं पूरानो बाटो छोडेर अर्कै बाटोमा हिँडिरहँदा जनवादी गणतन्त्र कोरियाले एक्लैं जो आफ्नैं खुट्टामा उभेर समाजवादको बाटोमा निरन्तर हिँडिरहेको छ । यो निकैं ठूलो काम हो ।
जनवादी गणतन्त्र कोरियाले निकैं कठिन समयबाट समाजवादको बाटो तय गर्नु र निरन्तर विश्व साम्राज्यवादको आक्रमणको सामना गर्दै अगाडि बढिरहनु हाम्रा लागि निकैं ठूलो शिक्षा हो । हाम्रो मंच जनवादी गणतन्त्र कोरियाले समाजवादका लागि गरेको योगदान र उसका शिक्षाहरु सिक्न चाहन्छ । खासगरी समाजवादलाई नेपालको सन्दर्भमा कसरी लागू गर्ने वा संचालन गर्न के के बाटाहरु तय गर्न सकिन्छ भन्नेबारे हामी अध्ययन गर्न चाहन्छौं ।
विश्व पुँजीवाद आज ठूलो संकटबाट गुज्रिरहेको छ । त्यो विश्व पुँजीवादको नेतृत्व गर्ने अमेरिकी साम्राज्यवाद ठूलो संकट परेको छ । त्यसबाहेक सिंगो पश्चिमा पुँजीवाद पनि संकटमा छ । यसरी विश्व पुँजीवाद संकटमा परिरहँदा अबको बाटो भनेकैं समाजवादको हो । हामी क्रान्तिकारी नेपालीहरु समाजवादको पर्खाइँमा छौं । त्यतिमात्र होइन हामी समाजवादी आन्दोलनको दिशामा पनि अगाडि बढिरहेका छौं ।
यस्तो बेला हाम्रो नेपाल कोरियाली समाजवाद अध्ययन अनुसन्धान मंच जनवादी गणतन्त्र कोरियाको समाजवादबारे गहिरिएर अध्ययन अनुसन्धान गर्न चाहन्छ । हामी यसबारे अध्ययन लेखनद्धारा कोरियाको समाजवादलाई आफ्नो स्थानबाट प्रचार प्रसार गर्न प्रयत्न गर्नेछौं । नेपालस्थित जनवादी गणतन्त्र कोरियाली राजदूतावाससँग सम्पर्क र सम्वन्धमा रहेर समाजवादी शिक्षा लिन अग्रसर छौं ।
नेपाल र जनवादी गणतन्त्र कोरियाली जनताबीचको सम्वन्ध सधैं न्यानो र गहिरो बनिरहनेछ । विश्व पुँजीवाद र अमेरिकी साम्राज्यवादको पतनको बाटो निकैं नजिक छ र समाजवादको भविष्य उज्जवल छ ।

नेपाल-कोरियाली समाजवाद अध्ययन-अनुसन्धान मंचका अध्यक्ष सुदर्शन मंगोलद्धारा काठमाडौंमा हालैं आयोजित एक कार्यक्रममा प्रस्तुत अवधारणाको सम्पादित सामाग्री ।







