हामी अहिले जनवादी गणतन्त्र कोरियाका महान् नेता किम इल सुङको १११ औं जन्मजयन्तीको अवसरमा छौं ।

वास्तवमा प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरिया अरु बाँकी विश्वभन्दा नयाँ र अलग विश्व खडा गरेर स्थापित भएको देश हो । कमरेड किम इल सुङको जुछे विचारधाराबाट उत्तर कोरियाले समाजवादी सत्ता संचालन गरिरहेको छ । अमेरिकी साम्राज्यवाद र सिंगो विश्वबाट एक्लाउने प्रयत्न हुँदाहुँदैं पनि उसले ती सबैं चुनौतीहरुलाई सामना गरेर समाजवादको अभ्यास गरिरहेको छ ।

त्यही समाजवादी देश प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरिया (उत्तर कोरिया) बारे यस मंचमार्फत् थोरैं सूचनामूलक जानकारी गर्न खोजिएको छ ।

साम्राज्यवादका विरुद्ध जनवादी गणतन्त्र कोरिया

कोरिया सन् १९४६ मा जापानी साम्राज्यवादबाट स्वतन्त्र भयो तर ४ वर्षको छोटो दौरानमा अमेरिकी साम्राज्यवादको अर्को आक्रमणमा पर्यो । वास्तवमा उत्तर कोरियाले सन् १९५३ देखि मात्र आफ्नैं मौलिकता र विशेषतामा समाजवादको अभ्यास गर्न थालेको हो ।

सन् १९१० देखि कोरिया जापानिज साम्राज्यवादको उपनिवेशमा परेको थियो । त्यही क्रममा सन् १९२५ मा कम्युनिस्ट पार्टी कोरियाको स्थापना भएको थियो । तर त्यसले उपनिवेशवादविरुद्धको संघर्षको नेतृत्व गर्न सकेन । बरु कम्युनिस्ट पार्टी ४-५ वटा समुहमा विभाजित भएर एकले अर्कोलाई संशोधनवादी भन्दैं आरोप प्रत्यारोप गरिरहेका थिए ।

यही क्रममा सन् १९२६ मा कमरेड किम इल सुङले ‘साम्राज्यवाद मुर्दावाद संघ’ स्थापना गरेर संघर्षको नेतृत्व गर्नुभयो । त्यही क्रममा सन् १९३४ मा कमरेड किमले ‘कोरियाली क्रान्तिकारी सेना’ निर्माण गर्नु भयो । त्यही संघर्षको दौरानमा सोभियत लालसेना दिग्विजय बन्दैं सन् १९४५ मा जापानिज साम्राज्यवादलाई लखेट्न कोरिया आइपुग्यो । कोरिया मुक्त भएको दुई महिनापछि मात्र कोरियामा केन्द्रीकृत कम्युनिस्ट पार्टी निर्माण भयो । सन् १९४६ मा मात्र वर्तमान कोरियाली श्रमिक पार्टी बन्यो ।

जापानी साम्राज्यवादसँग लडाई सकिएको ५ वर्ष बित्न नपाउँदैं सन् १९५० मा अमेरिकाले कोरियामा भीषण आक्रमण गर्यो । तीन वर्षसम्म चलेको भीषण युद्धमा ५ लाख कोरियालीहरुले वीरगति प्राप्त गरे । अन्ततः अमेरिकी साम्राज्यवाद पछि हट्न पुग्यो । जनवादी गणतन्त्र कोरियाली जनताको जित भएरैं छाड्यो ।

कमरेड किम इल सुङ : समाजवादका निर्माता

अमेरिकी साम्राज्यवादसँगको युद्ध सकिदा कोरिया उद्योग, कृर्षि र सेवालगायत सबैं क्षेत्रमा तहसनहस थियो । अमेरिकी बम–वर्षाले छोडेको खरानीको थुप्रो पन्छाउँदैं कमरेड किमले त्यहाँ समाजवादी पुननिर्माण थाल्नु भएको थियो । सन् जापानबाट मुक्त भएपछि सन् १९४८ मा प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियाको स्थापना भयो तर उत्तर कोरियाले सन् २९५३ देखि मात्र वास्तविक समाजवादी पुननिर्माण अभियान थालेको थियो ।

७० वर्षमा सिंगो विश्वबाट नाकाबन्दी व्यहोरेर पनि प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियाले समाजवादी बाटोबाट ठूलो चमत्कारपूर्ण प्रगति गरेको छ । कृर्षिमा आधुनिकीकरण, उद्योगमा गरिएको छलाङ, शिक्षा, स्वास्थ्यमा पुर्याएको सेवाका तमाम सुविधा । विज्ञान प्रविधिमा गरिएको अभूतपूर्व छलाङले जनवादी गणतन्त्र कोरियाले विश्वलाई नयाँ चक्मा दिएको छ ।

एक अध्ययनकाअनुसार सन् १९४५ सम्म कोरिया भोकमरीमा परेको देश थियो । त्यो बेला ५६ प्रतिशत मान्छे एक छाके गरिब किसान थिए । ती ५६ प्रतिशत मान्छेसँग ५.४ प्रतिशत भाग मात्र जमिन थियो । अनि ४ प्रतिशत जमिन्दारसँग ५८.२ प्रतिशत जग्गा थियो ।

जुछे विचारधाराबाट जमिनमा भुमिसुधार र समाजवादीकरण गरिएपछि जनवादी गणतन्त्र कोरिया आज खाद्यान्नमा पूर्ण आत्मनिर्भर देश बनेको छ । सन् १९८७–८३ को तेस्रो सप्तवर्षीय योजनापछि त्यहाँ अहिले प्रत्येक नागरिकलाई प्रत्येक दिन खाद्यान्नको अलावा १७५ ग्राम मासु, ४०० ग्राम माछा, एउटा अण्डा, ३०० ग्राम फलफूल र १०० ग्राम मिठाई भाग लगाउने स्थिति पैदा भएको छ ।

गत वर्ष नेपाल कोरिया समाजवाद अध्ययन अनुसन्धान मंचद्धारा आयोजित एक कार्यक्रममा मंचका अध्यक्ष सुदर्शन मंगोललगायत कोरियाली दुतावासका अधिकारीहरु

यी सबैं अभूतपूर्व परिवर्तन कमरेड किम इल सुङको समाजवादी ग्रामीण थेसिस सन् १९६४ मुताविक समाजवादी सहकारीकरण गर्ने जुछे बाटोबाट आएको हो । जमिनमा सम्पूर्ण शोषणकारी सम्वन्धहरु खत्तम गर्ने, उत्पादक शक्तिहरुलाई मुक्त पार्ने र कृर्षिमा सिंचाईकरण, यान्त्रीकरण, विद्युतीकरण र रसायनिकीकरण गर्ने र यसरी कृर्षि उत्पादनमा पूरैं आत्मनिर्भर र आधुनिक बन्ने यो बाटोलाई कमरेड किमको परिभाषामा कृर्षिमा ‘जुछे बाटो’ भनिएको हो ।

यही बाटोअन्तर्गत कोरियाका सम्पूर्ण खेतीयोग्य भूमिमा सिंचाई सुविधा पुयाईसकिएको देखिन्छ । ८० प्रतिशत भुभाग पहाडेैं पहाडले ढाकिएको ठाउँमा निकैं कठिन कार्य हो । जहाँ ४० हजार किलोमिटरभन्दा बढी नहर खनेर र २ हजारभन्दा बढी पानीका रिर्जभ्र्वायर बनाएर पहाडी टापुहरुमा समेत सिंचाइँ पुर्याइएको छ ।

अहिले जनवादी गणतन्त्र कोरियाका सम्पूर्ण खेतीपाती मेसिनद्धारा गरिन थालिएको छ । बाली रोप्नु, गोडमेल गर्नु–काट्नु वा थन्क्याउनुजस्तैं सबैंजसो खेतीपातीको काम अब मेसिनद्धारा नैं हुन्छ । खेतीपातीमा विश्वको अत्याधुनिक वैज्ञानिक उपलव्धि पुर्याउन सबैं क्षेत्रमा विज्ञान, प्रविधि र अनुसन्धान संस्थानहरु स्थापना गरिएका छन् । यी सबैंको फलस्वरुप १९८२ मैं प्रत्येक हेक्टरमा धानको उत्पादन ८ टन र मकैंको उत्पादन ७.५ टन पुगेको छ । यो विश्वकैं अत्याधिक उत्पादकत्वको रेकर्डमध्ये एक मानिन्छ ।

विद्युत उत्पादनमा पनि जनवादी गणतन्त्र कोरियाले ठूलो प्रगति गरेको देखिएको छ । सन् १९९० मैं उसले २७ अर्ब ८९ करोड किलो मेघावाट प्रतिघण्टा विद्युत उत्पादन गरिसकेको बुझिएको छ । यो परिणाम बिजुलीको सम्पूर्ण आवश्यकता धान्नका लागि काफी हुने उनीहरुको दाबी छ ।

शिक्षाको क्षेत्रमा पनि कमरेड किमको नेतृत्वमा कोरियाले हासिल गरेको प्रगति उदाहरणीय छ । सन् १९८४ मा उसले देशबाट निरक्षरता उन्मूलन गरिसकेको तथ्यांक पुँजीवादी संचार माध्यमहरुले नैं दिइरहेका छन् । त्यहाँ औसत मजदुरहरुको योग्यता नैं आईएससीसरह हुन पुगेको छ । औसत किसानहरुको योग्यता उच्च निम्न माध्यमिक उतीर्ण सरह भएकोले पूरैं श्रमिकवर्ग बुद्धिजीविकरण भइरहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार